महिलालाई उद्यमी बन्न सघाउँदै सुन्दरहरैंचा
१७ वैशाख २०७९
•
४ मिनेट पाठ
महिलालाई उद्यमी बन्न सघाउँदै सुन्दरहरैंचा
सिप सिकेर स्वरोजगार बनी सुन्दरहरैंचाका महिलाहरूले फुर्सदको समय सदुपयोग गरेर राम्रो आम्दानी गरिरहेका छन्। तीन वर्ष पहिले सुन्दरहरैचा नगरपालिकाले दिएको सिप विकास तालिममा सहभागी भएकी हरैंचा–३ गछिया चोककी नैनकला भण्डारी यतिबेला कृष्टलको गहना बनाएर राम्रो आम्दानी गर्न थालेकी छिन्। स्थानीय स्तरमै खपत हुने भएकाले उनले बनाएका गहना बेचनका लागि  बजारको कुनै खाँचो छैन।  




धेरैजसो गहना स्थानीय स्तरमै खपत हुने गरेको उनले बताइन्। पहिलो लकडाउनमा क्रिष्टलको गहना बनाउने १५ दिने कोर्षको सिप सिकेकी उनले लकडाउनको समयमा गहना बनाएर राम्रो आम्दानी गरेको बताइन्। आफूले बनाएको गहना बेच्नका लागि गछिया चोकमै उनले पसल पनि खोलेकी छिन्। पसलमै बसेर पनि फुर्सदको समयमा उनले गहना बनाउने गरेकी छिन्। पहिलो वर्ष गहना बनाउने बेच्ने मात्रै गरेकी उनले दोस्रो वर्षदेखि सिप पनि सिकाउने गरेको बताइन्। क्रिष्टलका गहना बनाउन सिक्न चाहनेलाई उनले पसलमै सिप पनि सिकाउने गरीकी छिन्।

सामान्य गहना बनाउने १५ दिनको तालिमले यतिबेला उनलाई आत्मनिर्भर बनाएको छ। ‘क्रिष्टलका गहना बनाएर घरमै बसेर राम्रो आम्दानी गरिरहेकी छु,’ भण्डारीले भनिन्। उनका अनुसार सबै खर्च कटाएर मासिक कम्तीमा पनि २५ हजार रुपैयाँ आम्दानी भइरहेको छ।

सिप सिकेर सिपको उपयोग नगर्दा केही पनि नहुने तर, सिप अनुसारको काम गरे रोजगारीसँगै आम्दानी पनि हुने उनले बताइन्। धेरै वटा संस्था र सरकारी निकायहरूबाट जे पनि तालिम लिने, तर, काम नगर्ने प्रबृत्तिले सिपविकास तालिमका लागि गरिएको लगानी बालुवामा पानी हुने गरेको उनले बताइन्। सिप सिकेर स्वरोजगार बन्न चाहनेहरूलाई मात्रै तालिम दिनुपर्ने उनको भनाई छ। नैनकलाले भनिन्, ‘सिपको सदुपयोग नगर्नेलाई दोहोर्‍याएर तालिम नदिने व्यवस्था गरे तालिमको सदुपयोग हुने थियो,’ उनले भनिन्।

गहनाको बजारका लागि उनले प्रविधिको पनि प्रयोग गरेकी छिन्। अनलाईनबाट पनि विभिन्न जिल्लाका ग्राहकलाई अर्डर अनुसार गहना पठाइदिने गरेको उनले बताइन्। आफूले बनाएका गहना मात्रै नभई अरुले बनाएका गहनाको पनि बजारको व्यवस्था गरिरहेको उनले बताइन्। कसैले गहना बनाएर ल्याए किनेर पसलमा राख्ने गरेको भण्डारीले बताइन्। साधारणखालका भन्दा आकर्षक डिजाइनका गहना ग्राहकले धेरै रुचाउने गरेकाले ग्राहकको अर्डर र नयाँ डिजाइनका गहना चाँडै बिक्ने गरेको उनको अनुभव छ।

भण्डारी मात्रै हैन सुन्दरहरैंचा–४ बलियाकी सुस्मा थापाले पनि क्रिष्टलका गहना बनाएर स्वरोजगार बनेकी छिन्। चार वर्ष पहिले वडा कार्यालयले दिएको तालिममा सहभागी भएकी उनले बेसिक तालिम वडामा पाइन्। पछि काठमाण्डौं गएर एड्भान्स तालिम पनि लिएपछि उनले घरमा गहना बनाउने मात्रै नभई विभिन्न संघ संस्थाले आयोजना गर्ने तालिमहरूमा प्रशिक्षक भएर पनि काम गर्दै आएकी छिन्। मासिक २५–३० हजार रुपैयाँ आम्दानी गरिरहेकी उनले नेपालमा मात्रै नभई विदेशमासमेत गहान पठाउने गरेकी छिन्।

घरमा फुर्सदको समयमा थापाले ग्राहकको रोजाई र अर्डर अनुसार गहना बनाउने गरेको बताइन्। उनले भनिन्,‘ग्राहकहरू घरैमा अर्डर दिन आउने भएकाले क्रिष्टलका गहनाको बेच्न बजार चाहर्दै हिड्नु पर्दैन।’ सिप सिक्ने तर, त्यसको प्रयोग नगर्ने प्रबृत्ति बिकृतिका रुपमा रहेको बताउँदै उनले सिपको सदुपयोग गर्नेलाई मात्रै तालिममा सहभागी गराउनुपर्ने बताइन्। थापाले क्रिष्टलका गहना बनाएर आम्दानी गर्न थालेपछि गाउँका अरु महिलाहरू पनि क्रिष्टलका गहना बनाउन सिक्न आफूकहाँ आउने गरेको उनको भनाई छ।  

सुन्दरहरैंचा विकासको बगैंचा भन्ने नारा लिएको सुन्दरहरैंचा नगरपालिकाले आयआर्जनका लागि मात्रै नभई संस्कृति र कलाको संरक्षण गर्न चाहने महिलाहरूलाई पनि प्रोत्सहन गर्ने नीति लिएको सुन्दरहरैंचा नगरपालिकाकी समाजिक विकास शाखा प्रमुख शान्ता घिमिरेले बताइन्। उनका अनुसार स्थानीय कला, संस्कृति र परम्परागत पञ्चे बाजाको संरक्षणका लागि अग्रसरता देखाउने महिलाहरूलाई पनि नगरपालिकाले सहयोग गरेको जानकारी दिइन्। नगरपालिकाको सहयोगमा सुन्दरहरैंचाका महिलाहरूले पञ्चेबाजा संरक्षणका लागि समूह बनाएर बाजा बजाउने काम समेत गरिरहेका छन्।

परम्परागत रुपमा पुरुषहरूले मात्रै बजाउने गरेको पञ्चे बाजालाई सुन्दरहरैंचाका महिलाहरूले व्यवसायिक रुपमा समूह बनाएर बजाउन थालेको नौमति बाजा संरक्षण समिति सुन्दरहरैंचाका अध्यक्ष दुर्गा थपलियाले बताए। सुरूमा पुरुषहरूको मात्रै समूहले नौमति बजा बजाउने गरेको भए पनि पछि महिलाहरूसमेतले चासो देखाउन थालेपछि वडा कार्यालय र सुन्दरहरैंचा नगरपालिकाको कार्यालयबाट सहयोग लिएर बाजा र ड्रेसको कपडा किनेको थपलियाले जानकारी दिए।

नौमति बाजा विशेष गरी शुभ कार्यहरूमा प्रयोग हुने गरेका कारण शुभ कार्यमा बाजा बजाउन माग आउने गरेको उनले बताए। हाल एउटा पुरुष र एउटा महिलाको समूहले नौमति बाजा व्यवसायीक रुपमा बजाइ रहेको छ। अब, थप अरु समूहहरू पनि बनाउने योजना आफूहरूको रहेको थपलियाले बताए। एउटा शुभ कार्यमा बाजा बजाएबापत २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म आफूहरूले लिने गरेको उनले बताए। बाजा बजाउने सिपले गाउँमै महिलाहरूलाईसमेत रोजगारी मिलेको थपलियाले बताए। नौमति बाजा बजाउने पेशा अंगाल्दा संधै काम पाइरने नभए पनि सिजनल रुपमा पाएको कामले पनि राम्रो आम्दानी हुने गरेको उनको भनाई छ।  

यता सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाल सुन्दरहरैंचा नगरपालिकामा गर्न चाहनेहरूलाई नगरपालिकाले सिपको व्यवस्था गरेको बताउँछन्। स्वरोजगार बन्न चाहनेहरूले सिप सिक्नका लागि सहयोग मागे नगरपालिकाले त्यस्ता व्यक्तिहरूलाई सिप सिक्ने व्यवस्था गरेको नगरप्रमुख ढकालले बताए। उनले नगरपालिकाले ५ वर्षको अवधिमा नगरपालिकाका सबैजसो  वडामा सिप विकासका कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिए।

नगरपालिकाले सञ्चालन गरेका सिप विकास तालिममा सहभागी भएर धेरैले गाउँ घरमै विभिन्न पेशा अपनाएर  स्वरोजगार बनेको मेयर ढकालले जानकारी दिए। उनले सिप सिकेर स्वरोजगार बन्न चाहनेहरूलाई संधै सहयोग गर्न नगरपालिका तत्पर रहेको स्पष्ट पारे।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
८ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस