मदन भण्डारी राजमार्गः ९५ प्रतिशत निर्माण सम्पन्न
१५ वैशाख २०७९
•
३ मिनेट पाठ
मदन भण्डारी राजमार्गः ९५ प्रतिशत निर्माण सम्पन्न
निर्माणाधीन धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको पश्चिम खण्ड अन्तर्गत सदरमुकाम सिन्धुलीमाढीको अस्पताल रोडमा कालोपत्रे हुँदै। तस्बिरः अनिल/नागरिक
निर्माणाधीन धरान—चतरा—सिन्धुली—हेटौँडा(मदन भण्डारी) राजमार्गको निर्माणकार्य करिब अन्तिम चरणमा पुगेको छ। सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग( धरान—चतरा—सिन्धुली—हेटौँडा वैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भएपछि निर्माणले गति लिएको हो। राजमार्गको पश्चिम  खण्डको काम तीव्र गतिमै भइरहेको र हालसम्म ९५ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको राजमार्गको पश्चिम खण्ड आयोजना कार्यालयले जनाएको छ।




सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको राजमार्गको पश्चिम खण्ड अन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौँडासम्मको झन्डै ९५ प्रतिशत सडक निर्माणको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। 'सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ,' मदनभण्डारी राजमार्ग आयोजना पश्चिम खण्डका इन्जिनियर निरन्जन थापाले भने, 'बागमतीको पुल समेत सुचारु भइसकेकाले सवारी आवतजावतमा समेत सहज हुँदै गएको छ।

सिन्धुलीको सदरमुकाम स्थित कमलामाई नगरपालिका ४ खट्टारदेखि धुराबजारसम्मको ६ किलोमिटर सडक निर्माणमा लामो समयदेखि राजमार्ग अन्यन्त्रैबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो। राजमार्गको नक्साङ्कनको विषयलाई लिएर झन्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो।  

राजमार्ग निर्माण गर्दा कमालमाई नगरपालिका ६ धुराबजारका बासिन्दा विस्थापित हुनुपर्ने भन्दै अन्यन्त्रबाट विकल्प खोजेर राजमार्ग लैजान माग गर्दै स्थानीयले अवरोध गर्दा चार वर्षदेखि विवादित थियो। हाल धुराबजारको सिरानदेखि खट्टारसम्म राजमार्गको चौडाइ घटाएर सोही स्थानबाट निर्माण गर्ने सहमति भएसँगै बजार क्षेत्रमा कालोपत्रे सुरू भएको छ। मदनभण्डारी राजमार्गको पश्चिम खण्ड अन्तर्गत सिन्धुली सदरमुकामस्थित धुराबजारदेखि खट्टार क्षेत्रसम्मको ६ किलोमिटर चौडाई घटाएर ९ मिटरमात्रै कालोपत्रे गर्ने सहमति अनुसार काम भइरहेको छ। यस राजमार्गको अन्य  क्षेत्रमा नालाबाहेक पिच मात्रै ११ मिटर कायम गरिएको छ।

धुराबजारबाट लोकतान्त्रिक चोक हुँदै अस्पतालरोडबाट विपी राजमार्गको शान्तिनगरचोकमा जोडिने गरी राजमार्गको काम भइरहेको पश्चिम खण्ड आयोजनाका इन्जिनियर निरन्जन थापाले जानकारी दिए। 'सामान्य विवाद अझै आइरहेको छ,' उनले भने, 'काम गर्नेक्रममा विवाद समाधान गरेरै काम गर्छौ।' पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्मको कुल ११५ किलोमिटर सडक पर्छ। २०७३ साल कार्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समयमा समयावधि थप भइ २०७७ साल फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोनाका कारण निर्माणको अवधि पुनः थप गरी काम भइरहेको आयोजनाले जनाएको छ।

राजमार्गको निर्माणको जिम्मा पश्चिम खण्डमा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले र पूर्वी खण्डको जेट आइ.इसी शर्मा एण्ड लामा जेभीले निर्माणको जिम्मा लिएको छ। ११ मिटर चौडाइ रहेको उक्त सडक दुई पत्रमा पिच भएको छ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच भएको र त्यसमाथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच भएको आयोजनाले जनाएको छ। 
अर्को समाचार
मदन भण्डारी राजमार्गः ८५ प्रतिशत निर्माण सम्पन्न, सिन्धुली सदरमुकाममा अन्यौलता कायमै
१२ फागुन २०७७
•
३ मिनेट पाठ
मदन भण्डारी राजमार्गः ८५ प्रतिशत निर्माण सम्पन्न, सिन्धुली सदरमुकाममा अन्यौलता कायमै
निर्माणधीन धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको पश्चिम खण्डमा काम हुँदै । तस्बिर: अनिल/ भण्डारी
निर्माणधीन धरान—चतरा—सिन्धुली—हेटौँडा(मदन भण्डारी) राजमार्गको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग( धरान—चतरा—सिन्धुली—हेटौँडा बैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भएपछि निर्माणले गति लिएको हो। राजमार्गको पूर्वी र पश्चिम दुबै खण्डको काम तीव्र गतिमै भइरहेको र हालसम्म ८५ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको राजमार्गको पूर्वी र पश्चिम आयोजना कार्यालयले जनाएको छ।  




सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको राजमार्गको दुबै खण्डमा करिब ८५ प्रतिशत सडक निर्माणको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। सडक तर्फकोे काम ८५ प्रतिशत बढी प्रगति भइसकेको छ, आयोजनाका पश्चिम खण्ड प्रमुख अर्जुन अर्यालले भने, 'हामीले काम तीव्र गतिमा गरिहेका छौ।' उनले बागमतीमा एउटा पुल निर्माणधीन रहेको र सिन्धुली सदरमुकाममा ६ किलोमिटर सडक निर्माणमा हालसम्म अवरोध आएकाले सिन्धुलीको ग्वाङ खोलामा एउटा पुल निर्माण गर्न बाँकी रहेको बताए। 'सिन्धुलीको सदरमुकाम स्थित कमलामाई नगरपालिका ४ खट्टारदेखि धुराबजारसम्मको ६ किलोमिटर सडक निर्माणमा अवरोध कायमै छ,' उनले भने 'त्यो भन्दा बाहेक अन्य धेरै ठाउँमा सडक कालोपत्रे गर्ने काम नै सम्पन्न भइसक्यो।' पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्मको कुल ११५ किलोमिटर सडकमध्ये सिन्धुली सदरमुकाममा ६ किलोटिरमा विवाद कायमै छ। निर्माण कार्यको प्रगति पछिल्लो समय निकै अगाडी बढेको छ, आयोजना प्रमुख अर्यालले भने सिन्धुलीखण्डमा ६ किलोमिटर बाहेक अन्य स्थानमा एक महिनाभित्रै सबै काम सम्पन्न हुन्छ।  

यस्तै पुल तर्फको ९० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए। यद्यपी सिन्धुलीको धुराबजारदेखि खट्टारसम्म कहाँबाट सडक लैजाने अन्यौलनै छ। २०७३ साल कार्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समयमा समयवधि थप भइ २०७७ साल फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोनाका कारण निर्माणको अवधि पुन ६ महिना थप भएको दुबै आयोजनाले जनाएका छन्। यस्तै राजमार्गको पूर्वी खण्डमा ८५ प्रतिशत सडक निर्माणको कार्य र ९५ प्रतिशत पुल निर्माणको कार्य सम्पन्न भएको आयोजनाका पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी इन्जिनियर शंकर पौडेलले बताए। 'पुलतर्फ यस खण्डमा तीन चरणमा ठेक्का सम्झौता भइ काम भएको हो,' उनले भने 'जसमध्ये पहिलो चरणमा ठेक्का लागेका ४४ ओटा मध्ये कमला नदीको एउटा बाहेक ४३ ओटा निर्माण सम्पन्न भइसकेका छन्। पूर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १ सय ३४ किलोमिटर सडक मध्ये १ सय सात किलोमिटर कालोपत्रे भइसकेको छ।'  

तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखेर निर्माण थालिएको उक्त राजमार्गको निर्माणको जिम्मा पश्चिम खण्डमा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले र पूर्वी खण्डको जेट आइ.इसी शर्मा एण्ड लामा जेभीले निर्माणको जिम्मा लिएको छ। ११ मिटर चौडाई रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यस माथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच हुने जनाइएको छ। पश्चिम खण्डको सिन्धुली सदरमुकामस्थित ६ किलोमिटर विवादको समस्या समाधान गर्न आफूहरु जुटिरहेकाले छिट्टै समस्याको समाधान हुने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस