विद्युत नियमित नभए प्राधिकरणमा ताला लगाउने चेतावनी
१४ वैशाख २०७९
•
३ मिनेट पाठ
विद्युत नियमित नभए प्राधिकरणमा ताला लगाउने चेतावनी
नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा आयोजना गरेको छलफलमा सहभागिहरू। तस्बिरः विनोद/नागरिक
अनियमति रुपमा विद्युत कटौतीले उद्योग सञ्चालनमा समस्या भएपछि सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले विद्युत सेवा भर पर्दो र व्यवस्थित नबनाए नेपाल विद्युत प्राधिकरणमा तालावन्दीलगायतका आन्दोलनका कार्यक्रम सुरू गर्ने चेतावनी दिएका छन्। 




विद्युत समस्या समाधानका विषयमा विराटनगरमा आयोजित छलफलमा उद्योगीहरूले  अनियमित विद्युतका कारण उद्योगीहरूले भोग्दै आएको समस्याको  प्राधिकरण र सरकारले सुनुवाइ नगरे प्राधिकरणमा तालाबन्दीलगायतका आन्दोलन अघि बढाउने चेतावनी  दिएका हुन्।  

नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा उद्योगी व्यवसायी र प्राधिकरणका प्रदेश १ क्षेत्रका प्रमुखहरूसँग गरेको छलफलमा उद्योगीहरूले प्राधिकरण जिम्मेवार नबने आन्दोलन थाल्न बाध्य हुने बताए। 

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अनियमित विद्युत अपूर्तिका कारण उद्योगी व्यवसायीले धेरै नोक्सानी वेहोरीसकेका कारण थप नोक्सानी बेहोर्न नसक्ने बताए। उनले विद्युत अभाव छ भने कुन समयमा विद्युत कटौती हुने हो त्यसबारे उद्योगीहरूलाई पूर्व जानकारी गराउनुपर्ने बताए। ‘प्राधिकरण लोडसेडिङको तालिका पनि दिंदैन’ उनले भने‘ अनियमित रुपमा दिनहुँ विद्युत कटौती गर्छ। अनियमित रुपमा विद्युत कटौती भइरहे हामी प्राधिकरणमा तालाबन्दीलगायतका आन्दोलनका कार्यक्रम गर्न बाध्य हुन्छौं।’ 

अनियमित रुपमा विद्युत कटौतीका कारण उद्योगको उत्पादन विग्रेर ठूलो नोक्सानी भइरहेको उद्योगीहरूको गुनासो छ। ‘विद्युत दिन नसक्ने भए यतिघण्टा दिन सक्दैनौं भन्नुपर्‍यो’ उद्योगी अशोक मुरारकाले भने‘पूर्व जानकारी नगराई मनोमानि विद्युत कटौती गर्नुभएन।’ कार्यक्रममा नेपाल उद्योग परिसंघले विद्युत्को समस्या समाधानका लागि ९ बुंदे माग राख्दै नेपाल विद्युत प्राधिकरणलाई  ज्ञापनपत्र बुझाएको छ। 

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले नेपाल विद्युत प्राधिकरण प्रदेश १ कार्यालयका प्रमुख राजन ढकाललाई उद्योगीका तर्फबाट ९ बुंदे मागसहितको ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमा अविलम्ब लोडसेडिङको सेड्युल सार्वजनिक गर्न, ट्रिपिङ र लोडसेडिङको समस्या तत्काल समाधान गर्न, डिमाण्ड शुल्क अन्यायपूर्ण भएकाले खारेज गर्न र लोभोल्टेज र हाइ भोल्टेजका कारण उद्योगमा कुनै क्षति भएमा नेपाल विद्युत प्राधिकरणले जिम्मेवारी लिनुपर्नेलगायतका माग राखिएको छ। 

यता नेपाल विद्युत प्राधिकरण प्रदेश १ कार्यालयका प्रमुख राजन ढकालले १ महिनासम्म विद्युतको समस्या समाधान हुन नसक्ने बताए। उनले विद्युतको आपूर्ति र खपतवीच सन्तुलन मिल्न नसक्दा लोडसेडीङ भइरहेको बताए।  ‘विद्युतको माग आपूर्तिमा सन्तुलन मिल्न नसक्दा विद्युतको समस्या देखिएको हो’ उद्योगीलाई सम्बोधन गर्दै ढकालले भने‘अझै एकमहिना समस्या समाधान हुने संभावना नभएकाले एक महिना धैर्य गरिदिनुहोस्।’  

ढकालले नेपालीमा अरुलाई आरोप लगाउने संस्कार रहेको भन्दै असन्तुष्टी पनि व्यक्त गरे। उनले विद्युतको समस्या  प्राधिकरणको मात्रै समस्या नभएर सबैको समस्या हो भन्ने बुझेर कम्तीमा एक महिना सहयोग गरिदिन आग्रह  उद्योगीहरूलाई ढकालले आग्रह गरे। ढकालले नेपालमा गत बर्षको तुलनामा चालु आर्थिक वर्ष  ४० प्रतिशतले विद्युतको माग बढेको जानकारी दिए। उनका अनुसार हाल नेपालमा विद्युतको माग बढेर ३५ हजार मेघावाट आवर पुगेको छ। हाल  भारतबाट ९ हजार मेघावाट आवर विद्युत आयात भइरहेको छ। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
८ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस