निर्माण व्यवसायी महासंघ प्रदेश १ ले मंगलबारदेखि कन्स्ट्रक्सन होलिडेको घोषणा गर्दै काम बन्द गरेका छन्। उनीहरुले विभिन्न माग राख्दै मंगलबार मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा प्रदर्शन गर्दै धर्ना दिएको हो।
निर्माण कार्यसँग जोडिएको सामाग्रीको मूल्य पछिल्लो समय आकासिँदा काम गर्न समस्या परेको भन्दै व्यवसायीहरुले यसअघि समस्याबारे सरकारको ध्यानाकषर्ण गराइ सकेको बताएका छन्। बढ्दो महँगीका कारण विभिन्न परियोजनाको निर्माण कार्य गर्न धेरै समस्या भएको र समयमा काम पूरा नहुँदा थप नोक्सानीको व्यभार व्यहोर्नु परेको व्यवसायीहरु बताउँछन्।
सरकारलाई निर्माण व्यवसायीले खेप्दै आएको समस्या जानकारी गराए पनि कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रनु परेको प्रदेश १ का अध्यक्ष कमल गौतमले बताए। आकासिएको मूल्य वृद्धिले निर्माणजन्य कार्यलाई अघि बढाउन नसकिएको हुँदा कन्स्ट्रक्सन होलिडे गर्न बाध्य भएको बताउँदै, अध्यक्ष गौतमले भने, ‘मूल्य समायोजन मार्ग दर्शन दुई जारी गर्नुपर्ने लगायतका माग राख्दै देशभर संघले विरोध कार्यक्रम सुरु गरेको छ।’
विभिन्न क्षेत्रमा काम सम्पन्न भए पनि रकम भुक्तानी हुन बाँकी रहेको र खरिद ऐन ११ औ लाई संशोधन गर्दै नयाँ संशोधित ऐन जारी गर्नुपर्ने लगायतका माग रहेको छ। मूल्य वृद्धिका कारण पुरानो मूल्यमा काम गर्ने वातावरण नभएको उनीहरुले बताए।