गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग संचालनमा
०८ वैशाख २०७९
•
३ मिनेट पाठ
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग संचालनमा
भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग ‘रन वे’ बिहीबारदेखि संचालनमा आएको छ। लामो सयमको प्रतिक्षापछि बिहीबार विहान यति एयरलाइन्सको विमानले पहिलो पटक धावन मार्गबाट उडान सुरुवात गरेको थियो। त्यसलगत्तै काठमाडाैंबाट आएको बुद्ध एयरको विमान अवतरण गरेको थियो।  




बुधबार रातीदेखि पुरानो धावन मार्ग बन्द गरेर नयाँ धावनमार्ग संचालनमा ल्याइएको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले जानकारी दिए। बिहीबार गरिएका उडान अवतरणमा कुनै प्राविधिक समस्या नदेखिएको उनले बताए। पुरानो धावनमार्ग अब ट्याक्सी वेकोरुपमा सञ्चालन हुने दाहालले बताए।यस अघि गत फागुनमा यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सफलता पूर्वक गरीएको थियो। अन्तर्राष्ट्रिय बिमानस्थलको धावनमार्ग ३ हजार मिटर लामो र ४५ मिटर चौडाइँको छ। यहाँबाट साना ठुला सबै विमानले उडान अवतरण गर्न सक्ने दाहालले जानकारी दिए।

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भएपछि  काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा विकल्पको रुपमा जहाज अवतरण गर्न सक्नेछन्। यो विमानस्थल संचालनमा आएपछि आपतकालिन अवस्थामा जहाजहरु भारत या बगंलादेश डाइर्भट गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा लिइएको अधिकारीहरुले बताएका छन्। विमानस्थल बिहान ६ बजेदेखि राती १२ बजेसम्म खुल्ला रहने छ।  

बिहीबारदेखि नयाँ रनवेबाट आन्तरिक उडान सुरु गरीएपनि अन्तराष्ट्रिय उडान भने जेठ २ गते गर्ने तयारी छ। जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर कुवेतको जजीरा एयरलाइन्सले पहिलो पटक यो बिमानस्थलमा जहाज अवतरण गर्ने कार्यतालिका बनाइएको विमानस्थलका अधिकारीहरुले बताएका छन्। अन्तर्राष्ट्रियरुपमा व्यवसायिक उडान सुरु भएपछि जजिरा एयलाइन्सले यहाँबाट नियमित रुपमा एउटा उडान भर्ने गरी अनुमती लिने प्रक्रियामा रहेको बताइएको छ। त्यस्तै थाइ स्माइल एयरलाइन्स,श्रीलकाको श्रीलकंन एयरलाइन्स, कतारको कतार एयरलाइन्स र ओमनको सलाम एयरलाइन्सले पनि भैरहवाबाट हवाइ उडान सञ्चालनका लागि चासो देखाइरहेको विमानस्थलका अधिकारीहरुले बताएका छन्।

२०७१  सालको माघमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गरेको विमानस्थल ३ वर्ष भित्रै निर्माण गर्ने भनिएपनि ८ वर्षपछि अहिले निर्माण सम्पन्न भएको हो। विमानस्थलमा आठ तले कन्ट्रोल टावर, अन्तराष्ट्रिय ट्रमिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ,बिद्युत सवस्टेशन,सुरक्षाकर्मी आवास गृह,चेकिङ काउण्टर, अफीस,अध्यागमन,कार्गो भवन लगायतका संरचना बनेका छन्।

तीन हजार मिटर लामो धावनमार्गसहित ५ वटा विमान पार्किङ क्षमताको एप्रोन तयार छ। १ हजार ९ सय मिटरको ट्याक्सी वे, धावनमार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक,खानेपानी ट्यांकी,बगैंचाहरु लगायत आवश्यक पूर्वाधार छन्।

सुरुमा २८७ बिगाहामा संचालित बिमानस्थल अहिले ८१० बिगाह क्षत्रेफलमा बिस्तार भएको हो। अन्तराष्ट्रिय नागरिक उड्यन संगठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट  एयर वस ३३०, बोइङ ७७७–२०० सिरिज, लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरु सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरुले जनाएका छन्। विमानस्थलको क्षमता प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ। अत्याधुनिक उपकरण जडित बिमानस्थलको रनवे र ट्याक्सी वेको संरचना त्रिभुवन बिमानस्थलको भन्दा उत्कृष्ट रहेको दावी विमानस्थलका अधिकारीहरुको छ। अधिग्रहण गरिएको जग्गाको मुआब्जासहित यो बिमानस्थलको लगानी अहिलेसम्म करिब ३२ अर्ब पुगेको बताइएकाे छ।

बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब २२ किलोमिटरको दुरीमा रहेको यो बिमानस्थलले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसंग सिधा हवाई सम्पर्क स्थापित गर्ने छ। जसले लुम्बिनीसहित पश्चिम नेपालको पर्यटन विकासमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ।

अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस