थप ८० अर्ब अमेरिकी अनुदान
०३ वैशाख २०७९
•
४ मिनेट पाठ
थप ८० अर्ब अमेरिकी अनुदान
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत करिब ६० अर्ब अनुदान सहयोग गर्ने निर्णय गरेको अमेरिकाले करिब ८० अर्ब रूपैयाँ थप अनुदान दिने भएको छ।




नेपालको शिक्षा, स्वास्थ्य, स्वास्थ्य, मानवीय विकास, प्राकृतिक सम्पदाको संरक्षणलगायत क्षेत्रको विकासका लागि अनुदान दिन लागिएको हो। अमेरिकाले विगतदेखि नै युएसएआइडीमार्फत अनुदान सहायता उपलब्ध गराउँदै आएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसएआइडी) मार्फत ६ सय ५९ मिलियन डलर (७९ अर्ब ७१ करोड रूपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। सन् २०२२ देखि २०२७ सम्म विभिन्न कार्यक्रमका लागि यो रकम खर्च हुनेछ।

मानवीय विकाससहित विभिन्न क्षेत्रमा खर्च गर्नेगरी अनुदान लिन लागिएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्यालले बताए। ‘यो फ्रेमवर्क एग्रिमेन्ट हो,’ अर्यालले भने, ‘पाँच वर्षका लागि अमेरिकी सरकारले ६ सय ५९ मिलियन डलर अनुदान उपलब्ध गराउने भएको छ।’ यो रकम बजेट प्रणालीबाट खर्च हुने अर्यालले बताए। विभिन्न मन्त्रालयसँगको समन्वयमा आगामी आर्थिक वर्षको बजेटबाट रकम खर्च हुने उनले बताए।

अर्यालका अनुसार युएसएआइडी मार्फत बजेट प्रणालीबाट खर्च गर्नेगरी लिन लागेको यो ठुलो अनुदान रकम हो। ‘खर्च गर्ने क्षेत्र पहिचान भएको छ,’ अर्यालले भने, ‘आगामी वर्षबाट परियोजना कार्यान्वयन सुरु हुन्छ।’ विभिन्न मन्त्रालयसँगको समन्वयमा प्राथमिकताका आधारमा बजेट खर्च गर्ने अर्थ मन्त्रालयले जनाएको छ। विगतमा युएसआईडीको केही सहयोग अनुदान बजेट प्रणालीबाहिरबाट पनि खर्च हुने गरेको थियो।

नयाँ सहयोग सरकारको बजेट प्रणालीभित्रबाटै परियोजनाका लागि रकम विनियोजन गर्ने बताइएको छ। विगतमा यस्तो रकम लेखापरीक्षण नहुने गरेकोमा अब लेखापरीक्षण पनि हुने अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका अनुसार यो सहयोग अझ बढ्ने सम्भावना छ। ‘१ हजार मिलियन डलरसम्म पुर्‍याउने सम्भावना छ,’ अर्थमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘अझै ३ सय ४१ मिलियन थपिन सक्छ।’  

अमेरिकाले २०१९/२० मा करिब १५ अर्ब ३७ करोड रूपैयाँ , २०१८/१९ मा करिब ९ अर्ब ५२ करोड रूपैयाँ, २०१७/१८ मा करिब १३ अर्ब ४३ करोड रूपैयाँ सहयोग उपलब्ध गराएको थियो।

संसद्बाट एमसिसी अनुमोदन भएपछि अमेरिकाले नेपालमा विद्युत् र सडक परियोजनाका लागि ५ सय मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउँदैछ। अमेरिकारले युएसएआइडीमार्फत एमसिसीभन्दा १ सय ५९ मिलियन डलर बढी अनुदान दिन लागेको हो। एमसिसी परियोजनामा ५० करोड डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर गरी ६३ करोड डलर खर्च गर्ने योजना छ।

अमेरिकाले शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ। युएसआइडीमार्फत साझेदारी संघीयता, पोषण अभिवृद्धिका लागि सुआहारा, स्वच्छता, मातृशिशु स्वास्थ्यसम्बन्धी स्वास्थ्य प्रणाली सबलीकरण, लागुऔषध सेवनकर्ताको सामाजिक पुनःस्थापनाका लागि जीवनयापन कार्यक्रम, शारीरिक पुनःस्थापनालगायत विभिन्न कार्यक्रमका लागि सहयोग गर्दै आएको छ।

यता प्रतिनिधिसभाबाट एमससिसी अनुमोदन भएसँगै परियोजना कार्यान्वयन गर्न नुवाकोटमा सबस्टेसन निर्माणका लागि अधिग्रहण गरिएका घरजग्गा खाली गराउने प्रक्रिया अघि बढेको छ। ४ सय केभी रातमाटे सबस्टेसनका लागि अधिग्रहण गरेर मुआब्जा वितरण गरिएको घरजग्गा खाली गर्न अनुरोध गरिसकेको छ। अधिग्रहण भइसकेको करिब ३ सय ८५ रोपनी क्षेत्रफलमा स्थानीयले खेतीपाती गर्दै आएकाले सो हटाउन लागेको हो। सबस्टेसन निर्माणका लागि ३ सय ९८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ।

अहिलेसम्मको इस्टिमेटअनुसार यो परियोजनाअन्तर्गत ८ सय ६० वटा टावर निर्माण गर्नुपर्ने हुन्छ। परियोजनाअन्तर्गतको प्रसारण लाइन १० वटा जिल्लामा पर्छ। एमसिसी परियोजनाअन्तर्गत ४ सय केभी क्षमताको ३ सय १५ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।

त्यसैगरी, दाङको भालुवाङबाट बाँकेको शिवखोलासम्मको ७७ किलोमिटर सडक अत्याधुनिक प्रविधिमा आधारित सडक निर्माण गरिनेछ। सो सडकको चौडा भने १४ मिटरको बनाउने योजना छ। यो परियोजना बनेसँगै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली छिमेकी मुलक भारत तथा बंगलादेश निर्यात गर्न उपयुक्त माध्यम बन्नेछ।

यो परियोजनाअन्तर्गत तीनवटा ४ सय केभी क्षमताका सबस्टेसनसमेत निर्माण गरिनेछ। यो प्रसारण लाइन आयोजनामा काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ।
अर्को समाचार
एमसिसीमा सात अर्ब अनुदान थप
०४ मंसिर २०८२
•
३ मिनेट पाठ
एमसिसीमा सात अर्ब अनुदान थप
अमेरिकी सहयोग नियोग (युएसएआइडी) बाट अनुदान दिन रोकेको अमेरिकी सरकारले बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत एमसिसी नेपालका लागि करिब सात अर्ब रुपैयाँ अनुदान थप गरेको छ। नेपालमा एमसिसी परियोजना कार्यान्वयनका लागि अमेरिकाले थप पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) दिने घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।




डोनल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशी अनुदान सहयोगमा अमेरिका कठोर बनेका थियो। ट्रम्प प्रशासनले केही समय एमसिसी परियोजना  स्थगन गरेको थियो। ट्रम्प प्रशासनले एमसिसीलाई गत साउनमा निरन्तरा दिने घोषणा गरेको थियो।

दूतावासका अनुसार एमसिए नेपालसँगको सम्झौताअन्तर्गत अनुदान रकम यसअघि ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) थियो। जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ। एमसिसी नेपाललाई अमेरिकाले सुरुमा ५० करोड डलर अनुदान दिने सम्झौता भएकोमा पछि पाँच करोड डलर थपेर ५५ करोड डलर पुर्‍याइएको थियो। अहिले पाँच करोड डलर थप भएपछि अमेरिकी अनुदान ६० करोड डलर पुगेको छ।

थप स्रोतले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने र नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने जनाइएको छ। ‘यसबाट क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउने सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत मिल्ने छ,’ दूतावासले भनेको छ, ‘यसले ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा पनि सहयोग पुर्‍याउने छ।’

ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवर्धन गर्ने अपेक्षा राखिएको दूतावासले जनाएको छ। उक्त सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरहरूको विस्तार पनि गर्छ।

यो आर्थिक सहयोगले अमेरिका र नेपालबिच रहेको चिरस्थायी साझेदारी प्रतिविम्बित गर्ने पनि दूतावासले जनाएको छ। एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत इतिहासलाई निरन्तरता दिएको छ।

एमसिसी सहयोगले निरन्तरता पाउँदा परियोजना कार्यान्वयनमा धेरै सजिलो भएको अर्थ मन्त्रालयको भनाइ छ । एमसिसीको अनुदान नआएको भए सरकारलाई प्रसारण लाइन बनाउन बजेट व्यवस्थापनमा कठिनाइ हुने थियो। एमसिसी एमसिए नेपालले कार्यान्वयन गर्दै आएको छ।

एमसिसीअन्तर्गत चार केभी क्षमताका तीन सय १५ किलोमिटर लामा चार वटा प्रसारण लाइन, चार सय केभी क्षमता दरका तीन वटा सवस्टेसन निर्माण र पूर्व–पश्चिम राजमार्गको दाङस्थित ४० किलोमिटर सडक विस्तार गर्ने कार्यक्रम छ। परियोजनाअन्तर्गत प्रसारण लाइनतर्फ एक सय १७ किलोमिटरको लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा, ९० किलोमिटरको रातमाटे–न्यु दमौली, ९० किलोमिटरको न्यु दमौली–न्यु बुटवल र १८ किलोमिटरको न्यु बुटवल–नेपाल/भारत सीमा प्रसारण लाइन बन्नेछन्।

एमसिसी परियोजनाअन्तर्गत दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति परियोजना निर्माण गर्ने सम्झौतामा उल्लेख छ। नेपालमा एमसिसी परियोजना सुरु गर्ने बेलामा निकै ठुलो विवाद भएको थियो। १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी नेपाल कम्प्याक्ट संसद्बाट अनुमोदन भएको थियो।

सरकारले अपेक्षाकृत रूपमा राजस्व संकलन गर्न नसकेर मुलुकको विकासमा स्रोतको अभाव भइरहेको अवस्थामा अमेरिकाले अनुदान वृद्धि गर्दा राहत भएको छ। पछिल्ला चार वर्षमा वैदेशिक सहायता करिब ६१ अर्ब रूपैयाँले घटेको छ। सहायतामा सहुलियत दरको ऋण र अनुदान दुवै घटेको छ। सरकारको खर्च गर्ने क्षमतामा कमी, आयोजना कार्यान्वयन पक्ष फितलोलगायत कारणले अन्य वैदेशिक सहायतामा कमी आए पनि एमसिसीमा अनुदान बढेको छ।

सरकारले सडक, सिँचाइ, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा विदेशी सहायता प्रयोग गर्दै आएको छ। आठौं पञ्चवर्षीय योजनादेखि पन्ध्रौंसम्म आइपुग्दा वैदेशिक सहायता प्राप्ति उपयोग २०.७ प्रतिशतले घटेको छ। आठौं योजना अवधिमा राजस्व, अनुदान र ऋणसहितको कुल वैदेशिक सहायता प्राप्तिको हिस्सा वार्षिक औसत ३३.४ प्रतिशत रहेकोमा पन्धौं योजना अवधिमा आइपुग्दा यस्तो हिस्सा १२.७ प्रतिशतमा झरेको अर्थ मन्त्रालयले जनाएको छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस