३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल
३० चैत्र २०७८
•
१ मिनेट पाठ
३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल
कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने जनाइएको छ।  




अहिले विमानस्थलको टावर, भवन , वरपर माटो काट्ने  र नाला बनाउने काम सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए। 'आगामी वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे सुरु गर्ने गरी काम भइरहेको छ। उनले भने, 'लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्षमा द्रुत गतिमा काम भएको हो।'

विमानस्थलसम्म सडक  नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम कछुवाको गतिमा भएको थियो। यस आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई प्राधिकरणले समयसीमा दिएको छ। धावनमार्ग ६९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने  छ।  विसं २०४२ देखि हालसम्म विमानस्थल निर्माणमा  रु ३९ करोड खर्च भइसकेको जनाइएको छ।  

विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीलाई समस्या भएको  गौरी पार्वती श्याम एण्ड शङ्कर  जेभीका प्रतिनिधि कलम केसीले जानकारी  दिए। 'कच्ची, अप्ठे्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ।' उनले भने, 'हामीले वैशाखको पहिलो हप्ताबाट धावनमार्ग कालोपत्रे गर्ने तयारी गरेका छौँ। असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।'

सो कम्पनीले कालोपत्रे गर्न, नाला र माटो काट्न  रु १३ करोड ८१ लाख ठेक्का लिएको तथा भवन र टावर निर्माणका लागि पिआर इन्फ्रास्टक्चरले रु तीन करोड ४७ लाख ७४ ठेक्का लिएको जनाइएको छ।
अर्को समाचार
कहिले आउला सुनथरालीमा ‘चिलगाडी’
१३ भदौ २०८०
•
३ मिनेट पाठ
कहिले आउला सुनथरालीमा ‘चिलगाडी’
सुनथराली विमानस्थल
सात वर्षअघि कालिकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान सफल हुँदा स्थानीय मनबहादुर विष्टका आँखा खुशीले रसाएका थिए । विमानस्थल बनाउन खटिएका धादिङकको जोगीमाराका १७ जनासहित ३५ जनाको चिहानमाथि ‘चिलगाडी’ बस्ला बन्ने कल्पना उनले गरेका थिएनन् । ‘मेरा लागि यो विमानस्थलसँगको साइनो गज्जवको छ, यहाँ काम गर्दै गर्दा सेनाले हेलिकोप्टरबाट खसालेको बमको छर्रा लागेर घाइते भएँ,’ उनले भने, ‘पछि माओवादीको लडाकु बनेर यहीँबाट सेनाको प्रतिकार गरेँ, सेनाले हत्या गरेकाहरुलाई यहीँ विमास्थलभित्र चिहान खनेर गाड्ने काम पनि गरेँ, त्यहीँ चिहानमाथि चिलगाडी बसेको आफ्नै आँखाले देख्दा मलाई कस्तो भयो होला ?’  




२०७३ माघ २९ गते पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा सुनथराली विमानस्थलमा परीक्षण उडान हुँदै थियो । सुनथरालीमा चिलगाडी आउने खवरले नजिकका गाउँबाट हजारौं स्थानीयहरु भेला भएका थिए । अवतरणसँगै हजारौं मानिसहरुले तारा एयरको विमानलाई घेरे । यहाँका नागरिकले नजिक विमानलाई नियाल्न पाएँ । विमान उडाएर ल्याउने चालक दलका सदस्य र सँगै गएका यात्रुहरुलाई फुलमालाले स्वागत गरे ।  

 २०७३ माघ २९ गते सुनथराली विमानस्थलमा गरिएको परीक्षण उडानका क्रममा विमान हेर्न आएका स्थानीयहरु
विष्ट परीक्षण उडान सफल भएकाले नियमित चिलगाडी आउने आशामा थिए । सात वर्ष भयो, सुनथरालीमा चिलगाडी नबसेको । २०७४ र त्यसपछि भएका निर्वाचनहरुमा राजनीतिक दलहरुको प्रमुख चुनावी अजेण्डा विमानस्थल सञ्चालन गर्ने हुन्छ । कालिकोटबाट गठबन्धन दलकातर्फबाट २०७९ मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महेन्द्रबहादुर शाहीले आफ्नो चुनावी अजेण्डाको पहिलो बुँदामा पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याउने उल्लेख थियो ।  

चुनावका बेला गरेको बाचा अनुसार नियमित नभएपनि दोस्रो पटक परीक्षण उडान आफू निर्वाचित भएको पहिलो वर्षमै गर्ने लक्ष्य शाहीको छ । पटक–पटक परीक्षण उडानका लागि उनले प्रधानमन्त्रीदेखि सरोकारवालाहरुसँग भेटे । परीक्षण उडानको विभिन्न मिति उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरे । अन्तिम पटक भदौ १३ गते सुनथराली विमानस्थलमा परीक्षण उडान हुने कुरा थियो । अन्तिम समयमा आएर त्यो पनि स्थगित भएपछि उनले फेसबुकमार्फत परीक्षण उडान गर्न नसकेकोमा ‘आफू निक्कै लज्जित’ भएको लेखेका छन् ।

‘प्रधानमन्त्रीको चाहना र कालिकोटका जनताको प्रतिक्षा थियो, ३८ वर्षे इतिहास बोकेको सुनथराली विमानस्थलमा जहाज देखियोस्, कोटबाडाको आकाशमा जहाज उडोस्,’ उनले लेखेका छन्, ‘तर अफसोच अन्तिम घडिमा भाद्र १३ गतेको त्यो सपना पूरा भएन् ।’ उनले सम्पूर्ण तयारी पूरा हुँदा पनि परीक्षण उडान गर्न नसकेकोमा स्थानीयहरुसँग क्षमा पनि मागेका छन् । शाहीले चैतयता सुनथराली विमानस्थलमा पटक–पटक जहाजको परीक्षण उडान गर्ने बताउँदै आएका छन् ।    

शाहीले फेसबुकमा स्टाटस लेखेको केही बेरमै उनकै पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किरातीले पनि स्टाटस लेखेका छन्। उनले आफ्ना बुवाको निधनका साथै अन्य तयारी पनि पूरा नभएकाले भदौ १३ गते तय गरिएको परीक्षण उडान स्थगित गरिएको बताउँछन्। उनले अव असोज १३ गते कालिकोटको सुनथराली विमानस्थलसँगै डोल्पाको मसिनेचौर विमानस्थलको एकै दिन परीक्षण उडान गर्ने जानकारी पनि फेसबुकमार्फत दिएका छन्।

स्थानीयहरु भने एक पटक परीक्षण उडान भइसकेकाले फेरि कति पटक परीक्षण उडान गर्ने हो भन्दै प्रश्न गरिरहेका छन् । ‘सात वर्षअघिनै परीक्षण उडान सफल भइसकेको हो, अहिले फेरि परीक्षण उडान मात्रै गरेर जनताको आँखामा छारो हाल्न पाइन्न,’ मदन ऐडीले भने, ‘नियमित उडानमा पहल गर्नु आवश्यक छ ।’

नेपाली कांग्रेसका नेता दमन शाहीले नियमित उडानतर्फ सबैको पहल हुनुपर्ने बताए । २०७३ मा परीक्षण उडान हुँदा उनी तत्कालीन मन्त्रीको सचिवालयमा कार्यरत थिए । परीक्षण उडानमा उनी पनि सँगै थिए । परीक्षण उडानको फोटो शेयर गर्दै उनले लेखेका छन्, ‘अव सबैको एउटै बुझाई, नियमित उडान हुने गरी जहाज अवतरण गर्नेतर्फ लागौं ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस