आजबाट पोखरामा सडक महोत्सव
३० चैत्र २०७८
•
४ मिनेट पाठ
आजबाट पोखरामा सडक महोत्सव
होटल संघले आयोजना गर्ने ‘सडक महोत्सव’ बुधबारदेखि पोखरामा सुरु हुँदैछ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरी आयोजना गर्न लागेको ‘सडक महोत्सव’ बुधबारदेखि सुरु हुन लागेको हो।




पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना गर्ने ‘सडक महोत्सव’ भोलिदेखि पोखरामा शुरु हुन लागेको हो। महोत्सव आयोजक होटल संघ पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

होटल संघ पोखराले रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव आयोजना गर्दैछ। रेवान पोखराले हरेक अंग्रेजी नयाँ वर्षमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ। सोही थिममा होटल संघ पोखराले पनि सडकमै खानाका परिकार पस्केर सडकमै नाच्दै, रमाइलो गर्नेगरी महोत्सव आयोजना गरेको छ ।

महोत्सवको उद्घाटन पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गर्ने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए। महोत्सव उद्घाटन अघि लेकसाइडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको र्‍याली निस्किनेछ। दुबैतर्फको ¥याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने संघका अध्यक्ष सुबेदीले जानकारी दिए। उनका अनुसार झाँकीसहितको र्‍यालीमा स्थानीय आमा समूह, क्लव, जातीय संघसंस्थादेखि स्थानीयको सहभागिता रहनेछ।

बुधबार र बिहीबार हुने महोत्सवको मुख्य आकर्षण खानाका विभिन्न परिकार, विविध सांस्कृतिक झाँकी, ख्याति प्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्ट आदि रहने जनाइएको छ। लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरूले होटल बाहिर नै निकालेर स्टल राख्नेछन् भने त्यहाँ दर्शकले अवलोकन गर्नुका साथै आफूले चाहेअनुसारको स्वाद लिन सक्नेछन् ।

महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठूला स्टेज बनाएर दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य तथा साँझमा लाइभ पप कन्सर्ट आयोजना गरिनेछन्। त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्कालगायतका कार्यक्रम हुने जनाइएको छ ।

सडकमा महोत्सव हुने भएकाले लेकसाइडका बाटोमा दुई दिन सवारी आवतजावतमा रोक लगाइने आयोजकले जनाएका छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीका अनुसार पूर्वमा सहीदचोक र नारेश्वर क्षेत्रबाटै सवारी प्रवेशमा रोक लगाइनेछ। भित्री बाटोबाट स्थानीय र पर्यटकका गाडीलाई भने आवतजावत गर्न दिइने अध्यक्ष सुबेदीले बताए। आएका सवारी साधनका लागि डिहिकोपाटन, क्याम्पिङचोक र बसुन्धरा पार्कमा पार्किङ क्षेत्र छुट्याइएको छ ।

महोत्सवको अवसरमा होटल संघले आफू मातहतका होटलहरूमा ३० प्रतिशत छुट दिने बताएको छ। संघका अध्यक्ष सुबेदीले संघमा आबद्ध होटलहरूबाट छुट दिने व्यवस्था मिलाइएको बताए। उनका अनुसार महोत्सवको अवसरमा स्थानीय अन्नपूर्ण केवलकारले १० प्रतिशत छुट दिने घोषणा गरेको छ।

संघले महोत्सव अवधिभरका लागि रात्रीकालीन बस तथा ट्याक्सी सेवा दिने प्रबन्ध मिलाएको जनाएको छ। जस अनुसार रातीसम्मै बस र ट्याक्सीले सेवा दिनेछन्।

होटल संघले यस वर्ष महोत्सवमा टिकट काट्नुपर्ने बाध्यता हटाएको छ। कोभिडका कारण सबै क्षेत्रमा असर परेकाले सहजै प्रवेश पाउने व्यवस्थाका लागि आफूहरूले प्रवेश निःशुल्क गरेको संघका अध्यक्ष सुबेदीले बताए ।

लेकसाइडका होटलहरूको अकुपेन्सी २५ प्रतिशत

महोत्सवको अवसरमा पोखराको लेकसाइड क्षेत्रका होटलहरूमा पर्यटक आगमन बढेको छ। कोभिडको पहिलो, दोश्रो र तेश्रो लहरका कारण सुनसान बनेको लेकसाइडमा अहिले पर्यटकहरूको चहलपहल बाक्लिन थालेको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले हाल आन्तरिक तथा बाह्य दुबै पर्यटक बढेको बताए ।

होटल संघ पोखराका अनुसार अहिले पोखराको अकुपेन्सी २५ प्रतिशत पुगेको छ। एक हप्ता अघिसम्म लेकसाइडमा अकुपेन्सी २० प्रतिशत मात्र थियो। अध्यक्ष सुबेदीका अनुसार हाल पोखरा आएका पर्यटक मध्ये तेश्रो मुलुकका ४० प्रतिशत, भारतीय २० प्रतिशत र आन्तरिक पर्यटक ४० प्रतिशत छन् ।

महोत्सवको पहिलो दिन बुधबारका लागि लेकसाइडका होटलहरूको क्षमताको आधा अर्थात् ५० प्रतिशत होटलका कोठाहरू बुकिङ भइसकेका छन्। बाँकी पनि बुकिङ भएर अकुपेन्सी शतप्रतिशत हुने अपेक्षा गरिएको संघका अध्यक्ष सुबेदीले बताए ।

महोत्सवका कारण पर्यटक बढेको होटल संघ पोखराका निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए। उनका अनुसार महोत्सव अवधिभर होटलको अकुपेन्सी ह्वात्तै बढ्नेछ। ‘पर्यटक आकर्षित गर्न केही न केही गतिविधि चाहिन्छ। महोत्सव त्यसैको एउटा पाटो हो। यसले पर्यटक आगमनमा वृद्धि गर्नेछ’– उनले भने ।

शून्यबाट उठ्न थालेको पर्यटनमा अहिले पर्यटकको आगमन बढेपछि केही राहत महसुस भएको संघका अध्यक्ष सुबेदीले बताए ।
अर्को समाचार
होटल संघका सदस्यलाई यती एयरलाइन्सको टिकटमा छुट
२६ भदौ २०८१
•
१ मिनेट पाठ
होटल संघका सदस्यलाई यती एयरलाइन्सको टिकटमा छुट
यती एयरलाइन्सले पोखराका होटल व्यावसायीलाई हवाई उडानमा छुट दिने भएको छ। होटल संघ पोखरा र यती एयरलाइन्सबीच संघका सदस्यलाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउने विषयमा हालै समझदारी भएको छ।  




नेपालभित्र आधा दर्जन भन्दा बढी हवाई रुटका टिकटमा चारसय रुपैयाँदेखि छ सय रुपैयाँसम्म छुट प्रदान गर्ने समझदारी गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। यति एयरलाइन्सको मोवाइल एप्स र वेबसाइटबाट टिकट खरिद गर्ने होटल संघ पोखराका सदस्यले यस्तो सुविधा पाउने यतिका पोखरास्थित स्टेशन म्यानेजर रामप्रसाद लामिछानेले जानकारी दिए। संघका अध्यक्ष सुवेदी र यतिका स्टेशन म्यानेजर लामिछानेले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका थिए।    
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस