भवन अभाव खेप्दै आएको स्थानीयतहहरुले धमाधम प्रशासनिक भवन बनाउँदै छन्। यसै सिलसिलामा अन्यजस्तै उदयपुरको रौतामाई गाउँपालिकाको प्रशासनिक भवन पनि छिट्टै सक्नेगरी काम भईरहेको छ। गाउँपालिका मुकाम भुट्टारस्थित साविक कार्यालय नजिकै आफ्नै स्वामित्वको ५ रोपनी क्षेत्रफल जमिनमा निर्माणाधीन भवनको भौतिक प्रगति ७० प्रतिशत सकिएको जनाइएको छ।
सभाकक्षसहित ३५ कोठा रहेको ३ तले अत्याधुनिक सुविधासम्पन्न भवनको अन्तिम तलाको ढलान भर्खरै सकिएको छ। ढलान सकिएपछि बाँकी काम पनि धमाधम सुरु भएको गाउँपालिकाका सवइन्जिनियर दीपेन्द्र श्रीवास्तवले बताए। उनका अनुसार संरचनाको काम सकिएकाले अव प्लास्टर, वाईरिङ, प्लम्बिङ र झ्यालढोका लगाउने काममा कामदारहरु खटाउन थालिएको छ।
गाउँपालिका र निर्माण कम्पनीबीच ०७७ असोज ११ गते सम्झौता भएर थालिएको भवन ३ वर्षभित्र बनाईसकेर हस्तान्तरण गर्नुपर्ने छ। तर, काम छिटोछिटो भईरहेकाले २ वर्षभित्रै भवन सम्पन्न हुने अध्यक्ष गजेन्द्र खड्काले बताए। आफ्नो कार्यकालमै प्रशासनिक भवन बनाईसक्ने लक्ष्यका साथ काम थाल्ने योजना बनाएकोमा कोविड कहरलगायत बिभिन्न कारणले बाधा आईपरेपछि भवन बनाउन अलि समय लागेको उनले बताए। तर, अव बढीमा ३ महिनाभित्र भवन बनिसक्ने अध्यक्ष खड्काको अनुमान छ। संरचना निर्माण भईसकेकाले प्लास्टर र झ्यालढोका लगाउन बढीमा ३ महिना भए पुग्ने उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङका अनुसार लिफ्ल (विद्युतीय भर्याङ) सहितको आधुनिक भवन ६ करोड ६९ लाख ८५ हजार ६ सय ५० रुपैँयामा निर्माणको जिम्मा दिइएको छ। त्यसका लागि संघीय सरकार राष्ट्रिय योजना आयोगबाट ३ करोड ४६ लाख बजेट सुनिश्चित भएको र बढीजसो हिस्सा निकासा आईसकेको छ। केही रकम भने अझै निकासा हुन बाँकी छ। ७ करोड २९ लाख प्राविधिक इस्टीमेट रहेको भवन निर्माणका लागि गाउँपालिकाले आव्हान गरेको टेण्डरमा ठेकेदार कम्पनीहरुबीच प्रतिस्प्र्धा हुँदा ५९ लाख १४ हजार ३ सय ५० रुपैँया कम मूल्यमा ठेक्का लागेको प्रमुख गुरुङले बताए।
गाउँपालिकाका लेखापाल भुपध्वज रायमाझीले भवनको भौतिक प्रगति ७० प्रतिशत भईसकेको तथा वित्तीय प्रगति ६५ प्रतिशत भएको बताए। उनका अनुसार भवन निर्माणमा लाग्ने बजेटमध्ये राष्ट्रिय योजना आयोगबाट साढे ३ करोडबाहेक बाँकी रकम गाउँपालिकाले बेहोरेको छ। रायमाझीले निर्माण कम्पनी रौताहा–धुलीखेल–रेग्मी जेवीले भवनको कवोल रकममध्ये हालसम्म ३ करोडभन्दा बढी भुक्तानी लगिसकेको बताएका छन्।
सुरुवाती चरणमा भवन अभावले विद्यालय, स्वास्थ्य चौकी र व्यक्तिगत घर, टहराहरु भाडामा लिएर गाउँपालिका कार्यालय सञ्चालन गर्नुपरेको थियो। त्यो अभाव कम गर्न गाउँपालिकाले थालेको नयाँ भवन पहिलो कार्यकालको अन्तिमसम्ममा निर्माण भईसक्ने उपाध्यक्ष कुमारी राना ज्युठकुरीले बताईन्। संघीयता र गणतन्त्र आएपछि स्थानीयतह पुनर्संरचना हुँदा बनेका गाउँ तथा नगरपालिकालाई १५ विशेषसहित २२ वटा अधिकार भए पनि सुरुमा त्यसको कार्यान्वयन धेरै पेचिलो भएको उपाध्यक्ष ठकुरीको अनुभव छ।