सरकारले बाढीपहिरोले क्षतिग्रस्त मेलम्चीको अस्थायी संरचना पुनर्निर्माण गरेर मेलम्चीको पानी उपत्यकामा ल्याउने वातावरण तयार पारेको छ। सरकारले साढे ३६ करोड रूपैयाँ खर्चिएर बाढीपहिरोले पुरिएको मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्र्यान पञ्छाएर मेलम्चीको पानी फेरि उपत्यकामा ल्याउन लागेको हो।
मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको हेडवक्र्स अम्बाथानको मुख्य सुरुङको पोर्टल अगाडि थुप्रिएको झण्डै एक लाख ३० हजार घनमिटरभन्दा धेरै ढुंगा बालुवासहितको गेग्र्यान र लेदो पञ्छाएर फेरि सुरुङमा पानी पथान्तरणको तयारीमा जुटिरहेको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले मेलम्चीको अस्थायी संरचनाबाट सुरुङमा पानी पथान्तरण गर्न आवश्यक पर्ने सम्पूर्ण संरचना तयार भइसकेको बताए। ‘मेलम्चीको पानी अस्थायी बाँधमार्फत पथान्तरणको लागि आवश्यक पर्ने सम्पूर्ण संरचना तयार भइसकेको छ,’ उनले भने, ‘मंगलबारदेखि मेलम्चीको सुरुङमा अस्थायीबाँधबाट पानी डाइभर्सन गर्न सक्ने बनाएका छौं।’
प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दरीजलस्थित स्वर्गीय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण र मेलम्चीको अस्थायीबाँधबाट सुरुङमा पानी पथान्तरणको कार्यक्रम सँगसँगै अघि बढाउने योजनाको कारणले पनि मेलम्चीको सुरुङमा पानी भर्ने काम एकै दिन गर्ने तयारी खानेपानी मन्त्रालयले गरिरहेको छ।
‘प्रधानमन्त्रीज्यूले सुन्दरीजलस्थित पूर्वप्रधानमन्त्री किसुनजीको शालिक अनावरण गर्ने कार्यक्रम मंगलबार तय गरिएको छ,’ खानेपानी मन्त्रालयको उच्च स्रोतले भन्यो, ‘शालिक अनावरण र मेलम्चीको अस्थायी बाँधबाट पानी पथान्तरणको शुभारम्भ एकै दिन गर्ने कार्यक्रम तय गरिएको छ।’ स्रोतका अनुसार निर्वाचन आचारसंहिता नलागेको खण्डमा प्रधानमन्त्री देउवाले मंगलबार उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। टनेलमा पानी भर्दै जादाँ कस्तो अवस्था आउँछ सोही अनुसार नै थाहा हुने गर्छ। मुख्य गेटहरूमा केही समस्या देखिएकाले आवश्यक मर्मतसम्भार गरेको उनले बताए। समितिका कार्यकारी निर्देशक पौड्यालले अबको केही दिनभित्रै मेलम्चीको पानी सुरुङमा पथान्तरण गरिने बताए। ‘अहिले पनि सुरुङको गेट मिलाउने काम भइरहेको छ,’ उनले भने, ‘एकाध दिनभित्रै मेलम्चीको सुरुङमार्गमा पानी पथान्तरण गरिनेछ।’
मन्त्रीको बाचा पूरा भएन
खानेपानी मन्त्री उमाकान्त चौधरीले चैत मसान्तभित्रै मेलम्चीको पानी अस्थायी रूपमा उपत्यका ल्याउने घोषणा गरेका थिए। मन्त्रीको वाचा अनुसार मेलम्चीको अस्थायी संरचना बने पनि पानी भने उपत्यकामा आउन सकेन। यद्यपि मेलम्चीको पानी सुरुङमा पथान्तरण गरेको कम्तिमा एक सातादेखि उपत्यकामा मेलम्चीको पानी आउनेछ।
गत माघको दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स अम्बाथानस्थित बाढीपहिरोले क्षतिग्रस्त तथा पुरिएको गेग्र्यान हटाउने काम गरिएको थियो। समितिका कार्यकारी निर्देशक पौड्यालले चैत मसान्तभित्रै मेलम्चीको पानी उपत्यका ल्याउने गरी काम गरे पनि एकाध दिन ढिलो भएको बताए। ‘कुनै पनि काम गर्दा निश्चित लक्ष्य निर्धारण गरेर गर्ने गरिन्छ,’ उनले भने, ‘केही दिनमात्रै ढिलोसुस्ती भएको हो। काम गर्दै जाँदा केही समस्या आउने गर्छन्, तिनलाई समाधान गर्दै अघि बढ्दा ढिलोचाँडो हुन गएको हो।’
समितिका कार्यकारी निर्देशक पौड्यालले मेलम्चीको अस्थायी संरचनाबाट प्रतिसेकेन्ड २६० लिटरका दरले पानी सुरुङमा पठाउने गरी योजना बनाइएको बताएका छन्। ‘एक्कासी धेरै पानी सुरुङमा हाल्दा सुरुङमा क्षति पुग्ने जोखिम हुन्छ। त्यसैले प्रतिसेकेन्ड २६० लिटरको दरले पानी सुरुङमा पठाउने गरिन्छ,’ उनले भने, ‘सुरुङ भरिन कम्तिमा एक सातादेखि १२ दिन लाग्नेछ।’
समितिले सुरुङ भरिएसँगै सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्र भरिएपछि पानी वितरण कार्यलाई अघि बढाउनेछ। समितिले गत असार १ गते र साउन १५ गते मेलम्ची नदीमा आएको बाढीपहिरोले थुपारेको करिव एक लाख ३० हजार घनमिटरभन्दा धेरै गेग्र्यान पञ्छाएको हो। यो पञ्छाउन करिव तीन महिना लागेको थियो।