परीपरीका टोपी र परीपरीका साढी–चोली। गलबन्दी, दौरा–सुरुवाल, सर्ट, इस्टकोट। इलाम नगरपालिका–७ की तीला लिम्बूले सदरमुकामको ठूलो टुँडिखेलमा ढाकाका उत्पादन बेचेको ४ दिन भयो। ‘पहिलो दिन त सुनसानजस्तै भो, त्यसयताको बिक्री राम्रो छ,’ उनले भनिन्, ‘८ दिनमा २ लाख रुपैयाँजतिको ढाका बेच्ने लक्ष्य छ।’
चैत २५ देखि इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव चलिरहेको छ। मेची क्षेत्रका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका विभिन्न स्थानीय उत्पादन महोत्सवको आकर्षण बनेका छन्। इलाम सदरमुकामकै सम्झना ढाका उद्योगकी व्यवसायी लिम्बू कुनैबेला आफ्नो स्टलमा ग्राहकको भिड लागेको र कुनैबेला भने सुनसान पनि भएको बताउँछिन्। ‘महोत्सव सुरु भएको आज (सोमबार) चार दिन भयो, सुरुको दिनबाहेकका ३ दिनको व्यापार राम्रो छ,’ उनले भनिन्, ‘व्यापार त हुने नै हो, त्योभन्दा ठूलो मौका चाहिँ हाम्रो उत्पादन यस्तो छ है भनेर धेरै मानिसलाई एकैपटक देखाउन पाइएको छ।’
इलाममात्र होइन, महोत्सवमा ताप्लेजुङदेखिका व्यवसायीले स्थानीय उत्पादनको स्टल राखेका छन्। ढाका, अल्लोका कपडा, अचार, दूधका परिकारलगायत स्थानीय उत्पादनले महोत्सवमा बजार पाएको छ। त्यतिमात्र होइन, चारै जिल्लाका उत्पादनमा आगन्तुक लोभिएका छन्। इलाममा उत्पादित अकबरे खोर्सानी, स्थानीय उत्पादनको अचारका दर्जनौ परिका महोत्सवको एकै स्टलमा छन्।
सदरमुकामकै नमुना कलेक्सन अचार उद्योगकी सीता बाँस्कोटाले महोत्सवमा खोर्सानी, खोर्सानीको पेस्ट, टिमुर, कागतीको अचार, लसुन, आँपलगायतको अचारका परिकारको स्टल राखेकी छिन्। उनको पनि व्यापार बढ्दोक्रममा छ। ‘हिजो (आइतबार) स्टल सुरु गरेकामा सुरुको दिन हावा–हुन्डरीले बाधा गर्यो, आजदेखि व्यापार राम्रो भएको छ,’ उनले भनिन्, ‘यहाँ नकिनी पछिलाई अर्डर गरेर जाने ग्राहकहरू पनि आउँदैहुनुहुन्छ।’ उनले महोत्सवको समापनसम्ममा व्यापार आसलाग्दो नै रहने सम्भावना देखिएको बताइन्। ‘मेलाहरूमा आफ्ना उत्पादनको प्रचारसमेत हुने भएकाले व्यापारलाई मात्र फाइदा हेरिँदैन,’ उनले भनिन्, ‘यहाँ यस्तो उत्पादन पाइन्छ भन्ने थाहा हुनु पनि व्यापार हो।’
इलामको ठूलो टुँडिखेलमा जारी महोत्सवमा अचारको स्टल।ताप्लेजुङको फुङलिङकी आशा आङ्बुहाङले अल्लो, खाँडीका कपडा, ब्याग, ढाकाको बथान, चोलीलगायत उत्पादनको स्टल राखेकी छिन्। उनले महोत्सवमा कारोबार राम्रै भइरहेको बताइन्। ‘कारोबार पनि भइरहेकै छ, हामीले उत्पादन गरेका सामानको प्रचार पनि भएको छ,’ आङ्बुहाङले भनिन्, ‘एक सय ६० देखि ७ हजार रुपैयाँ प्रतिगोटासम्मका कपडा बिक्रीमा राखेकी छु।’
महोत्सवमा ७० स्टल तयार गरिएका छन्। अब १२ वटा भरिन बाँकी छ। यी स्टल पनि पाँचौं दिनदेखि भरिने सम्भावना रहेको आयोजक बताउँछन्। अहिले महोत्सवमा इलामको चिया, छुर्पी, बम्बइसन, ललीपप, घिउदेखि फूलका बिरुवासम्म स्टलमा अटाएका छन्। मेची क्षेत्रका जिल्ला–जिल्लाबाट आफ्नो स्थानीय उत्पादन मेलामा स्टल राखिएको महोत्सवको मूल आयोजक केचना–कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली बताउँछन्। ‘पर्यटकीयस्थलको प्रचारका सामग्रीसमेत स्टलमा रहने छन्,’ उनले भने, ‘महोत्सवका माध्यमबाट मेची क्षेत्रको पर्यटक प्रवर्द्धन गर्नु हाम्रो उद्देश्य हो।’
महोत्सवअन्तर्गत नै फिल्म क्षेत्रबाटसमेत यहाँको पर्यटन प्रवर्द्धन प्रयास गरिँदैछ। यस क्षेत्रका युवाका लागि फिल्म उत्पादनबारे कार्यशालासमेत आयोजना गरिएको छ। कार्यशालामा १ नम्बर प्रदेशस्थित नेपाल चलचित्रकर्मी संघले युवालाई अभिनय, निर्देशन र क्यामेराबारे सिप सिकाउँदै छ। फिल्म निर्माता केबल तामाङले पर्यटन प्रवर्द्धनका लागि फिल्मको ठूलो भूमिका हुने भएकाले कार्यशाला राखिएको बताए।
महोत्सवमा प्रत्येक साँझ विभिन्न चर्चित कलाकारको प्रस्तुतिले दर्शक–स्रोता आकर्षित गरिरहेको छ। महोत्सवमा कलाकारहरू रचना रिमाल, तुल्सी घिमिरे, दीपकराज गिरी, दीपाश्री निरौला, उत्तम प्रधान, पूजा शर्मालगायत सहभागी हुँदैछन्।
लामो समयदेखिको कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र र अन्य व्यवसाय उकास्न महोत्सव आयोजना गरिएको हो। केचना–कञ्चनजंघा पर्यटन विकास समिति, होटल एसोसिएसन, इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिकाअन्तर्गतको पर्यटन समितिलगायत दर्जन हाराहारी संघ–संस्थाको सहकार्यमा इलाममा महोत्सव आयोजना गरिएको हो।
महोत्सवले चारै जिल्लाको कृषि, स्थानीय कला, संस्कृतिलगायतको प्रवर्द्धन गर्दै बजारीकरण गर्न महोत्सवले सघाउने आयोजक मूल समिति संयोजक धौरालीले बताए। महोत्सवमा पालिकाहरूबीच व्यापारिक समन्वयका लागि अन्तर्क्रियासमेत राखिएको छ। कार्यक्रममा चार जिल्लाका ४२ पालिकाका प्रमुख र व्यवसायीहरू भेला भइ पर्यटन, कृषि, कला, संस्कृतिलगायतको आदानप्रदान गर्नेछन्। ‘महोत्सवमा पालिकाहरूले आ–आफ्ना पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नेछन्,’ धौरालीले भने, ‘बी टु बी (बिजनेस टु बिजनेस) छलफलले व्यवसायीलाई व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्छ।’
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...