उदयपुरको ताप्ली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ। गाउँसभाबाट पारित वार्षीक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उदेश्यले छुट अनुदानमा ट्याक्टर वितरण गरिएको हो।
बिहीबार गाउँपालिका केन्द्र रुपाटारमा आयोजित एक कार्यक्रममा अध्यक्ष उद्धवसिंह थापाले १५ थान हाते ट्याक्टर वितरण गरे। बिभिन्न वडामा क्रियासिल किसानहरु संलग्न कृषि समूह तथा कृषि सहकारीहरुलाई ट्याक्टर वितरण गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाका अनुसार वडा कार्यालयको सिफारिसमा बिभिन्न ठाउँका उद्यमी कृषकहरुको कृषि प्रबद्र्धन तथा आयआर्जनमा वृद्धि गर्ने उदेश्यले गाउँपालिकाले आफै खरिद गरेर ट्याक्टर वितरण गरिएको हो।
ट्याक्टर वितरण गर्दै अध्यक्ष थापाले ताप्लीका जनतालाई कृषिबाटै करोडपति बनाउने योजना अनुरुप ५० प्रतिशत छुट अनुदानमा ट्याक्टर वितरण गरिएको बताए। जसका लागि गाउँसभाबाटै नीति तथा कार्यक्रम बनाएर गरेको बजेट बिनियोजन अनसार कृषकलाई सहुलियत मूल्यमा ट्याक्टर दिइएको उनको भनाई थियो।
बिगत वर्षहरुदेखि नै ट्याक्टर वितरण गर्ने योजना भए पनि कोविडका कारण बजेट बचाउन नसकेकाले चालु वर्षदेखि छुट अनुदानमा ट्याक्टर बिटरण गर्न थालिएको उनले बताए। यसबाट गाउँका कृषकहरुलाई व्यवसायिक रुपमा मकै, धान, कोदोलगायत अन्न उब्जाउन तथा कृषि बाली र मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सहयोग पुग्ने अध्यक्ष थापाले बताए। कृषि उद्यममार्फत उत्पादन वृद्धि गर्न सके आयआर्जनमा सहयोग पुग्ने भन्दै उनले यसले वैदेशिक रोजगारीका लागि युवाहरु विदेश पलायन हुनबाट रोक्ने अध्यक्ष थापाको अपेक्षा छ।
ट्याक्टर पाउने किसान समूहहरुमा वडा नं. ५ का सगरमाथा फलफुल व्यवसाय कषि फार्म, रामपुर तरकारी उत्पादन तथा फलफुल फारम, नमूना कृषक समूह, रीता एकीकृत कृषि तथा पशुपन्छी फारम, शितल एकीकृत कृषि पशुपालन तथा पोल्टीफारम, प्रगतिशील कृषक समूह, दिग्दर्शन एकीकृत कृषि तथा पशुपालन केन्द्र रहेका छन्।
त्यस्तै एलिस एकीकृत कृषि तथा पशुपालन केन्द्र, नमूना पशुपन्छी तथा मत्स्य कृषि समूह, आहान एकीकृत कृष समूह र सुनौलो कृषि समूह रहेका छन्। ट्याक्टर पाउने अन्य समूहहरुमा पुलटार एकीकृत कृषि समूह ताप्ली २, लेकबेँसी कृषि सहकारी संस्था ताप्ली २ र कन्चन एकीकृत कृषि तथा पशुपालन समूह रहेको गाउँपालिका कृषि शाखाले जनाएको छ। कृषि शाखाका अनुसार एउटा ट्याक्टर पाउनका लागि कृषक समूहहरुले ३८ हजार रुपैंया सहभागी लगानी गर्नु परेको छ। बाँकी ३८ हजार गाउँपालिकाले बेहोरेर ट्याक्टर खरिद गरी बितरण गरिएको हो।
जस अनुसार १५ वटा ट्याक्टरमा १५ कृषक समूहबाट ५ लाख ७० हजार जम्मा भएको र बाँकी रकम गाउँपालिकाले बेहोरेर बितरण गरिएको लेखापाल टीकाराम विकले बताएका छन्।