विराटनगर महानगरपालिका–८ की अन्जना कोइरालाले छोराको उपचारका लागि २०७८ मंसिर तेस्रो साता विराटनगर–८ कै रुशी एल खानमसँग २ लाख सापटी लिइन्। सापटी लिएको रकम पटक–पटक गरेर ५ लाख ६० हजार रुपैयाँ तिरिसक्दा पनि अझै ५ लाख ६० हजार रुपैयाँ तिर्न बाँकी देखाए पछि उनी तनावमा छिन्।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी अन्जनाले सापटी लिएको रकम उनले पटकपटक गरी ५ लाख ६० हजार रूपैयाँ बुझाएको बताइन्। तर खानमले उनीसँग अझै ६ लाख रुपैयाँ मागिरहेकी छन्। ‘छोराको उपचारका लागि दुई लाख लिएर ५ लाख ६० हजार रुपैयाँ तिरिसिकेँ,’ मंगलबार उनले भनिन्,‘ अझै ६ लाख र ब्याज तिर्नु भन्दैछन्।’ खानमले घरमै आएर पैसाको ताकेता गर्दै धम्की दिने गरेको उनले बताइन्।
कोइरालामात्रै हैन अनौपचारिक क्षेत्रबाट मिटरब्याजमा ऋण लिएकी विराटनगर–८ की सरिताकुमारी महतोलाई पनि त्यस्तै समस्या आइपरेको छ। उनले पनि २०७७ फागुन २१ गते जग्गा पास गर्नका लागि खानमसँग सात लाख रुपैयाँ लिएकी छन्। एक वर्षमा उनले सहकारी र व्यक्तिबाट ऋण लिएर खानमलाई ४० लाखभन्दा बढी बुझाइसकेकी छन्। तर खानमले अझै उनीसँग ३० लाख रुपैयाँ माग गरिरहेकी छन्। ‘३० लाखको जबरजस्ती कागज गरेर मलाई पैसा तिर्न धम्की दिइरहेका छन्,’ उनले भनिन्,‘ ऋण तिर्ने बाटो छैन।’
पैसा माग गर्दै खानमले बारम्बार धम्की दिइरहको उनले बताइन्। खानमबाट अरु पनि धेरै ठगिएको तर, उनीहरू बोल्न नसकिरहेको महतोले बताइन्। ‘गाउँमा हामीजस्ता धेरैलाई थोरै ऋण दिएर धेरै पैसा लिएकी छन्,’ सरिताले भनिन्,‘ मान्छेहरु बोल्न डराइरहेका छन्।’
खानमले दुई जनाको कागज विराटनगर महानगरपालिका ८ बाट प्रमाणित गराएकी छन्। कोइरालालाई ६ लाख दिएको कागजमा सरिताकुमारी महतो र पुलुकी कामतलाई साक्षी राखिएको छ। महतोले आफूले कतै साक्षीका लागि हस्ताक्षर नगरेको बताइन्। ‘म कतै साक्षी बसेको छैन, तर मेरो नाम साक्षीमा रहेछ,’ उनले भनिन्,‘ वडा कार्यालयमा झुटो कागज बनाएका छन्।’
दुई जनालाई ऋण लगानी गर्ने ४४ वर्षीया महिला खानम खानेपानी संस्थान विराटनगरको खरदार सरहको कर्मचारी हुन्। खानमले भने अफ्ठ्यारो परेको बताएपछि ऋण दिएको बताइन्। समस्यामा परेका बेला आफूले सहयोग गरेको बताउँदै उनले ऋण तिर्न ताकेता गर्दा आफूमाथि विभिन्न आरोप लगाएको दाबी गरिन्। उनले आफूले जति दिएको त्यति नै रकम कागज गरेको बताउँदै उनले आफू अन्यायमा परेको बताइन्। ‘मैले जति दिएको छ, त्यति नै रकमको कागज गरेको छु,’ उनले भनिन्,‘ म आफै पनि अन्यायमा परेकी छु।’
ऋण नतिरेपछि आवेशमा आएर अन्जना कोइरालालाई गाली गरेका कारण आफूमाथि झुटा आरोप लगाएको दाबी गरिन्।