वीरगन्जमा एक जना महिला उद्यमीले घर, कार्यालय, व्यवसायस्थल जस्ता ठाउँ सजावटमा प्रयोग हुने आधुनिक र सुन्दर प्रकारका गमलाहरुको शोरुम सुरु गरेकी छिन्। आदर्शनगर वडा नम्बर १० नगरसभागृह सडकमा बुधवार ‘द होम एसेन्स’ शुभारम्भ गरिएको हो। फुलका बोट र सजावटका लागि लगाइने अन्य बोटबिरुवाका लागि उपयुक्त हुने यहाँ २५ रुपैयादेखी १३ हजार रुपैयासम्म पर्ने करिब तीन सय प्रकारका गमलाहरु राखिएका छन्।
वीरगन्जमा पहिलेदेखि कसैले नगरेको नयाँ खाले व्यवसाय ३४ वर्षिय जयश्री लाठले सुरु गरेकी हुन्। ‘इन डोर’ र ‘आउट डोर’ (घरभित्र र बाहिर) राखिने फुलका बोट र सजावटका लागि लगाइने अन्य बोटबिरुवाका लागि आफूहरुले एउटै छानाभित्र ठुलो ‘रेन्ज’को ‘कलेक्सन’ राखेको लाठले बताइन्। उनका अनुसार यसको प्रकारहरु भविश्यमा अझ थपिदै जाने हो। धातु, प्लास्टिक, सेरामिक, फाइबर र काठका अलगअलग प्रकारका गमलाहरु शोरुम र संगै रेहको ‘स्टोर’मा राखिएका छन्। ति सुन्दर देखिएपछि उद्घाटनमा आएका मानिसहरुले गमलाहरु राखिएका ठाउँ अगाडि तस्विर र सेल्फी समेत खिचे।
‘आकर्षक छन् र बजारमा भेंटिने समान्यभन्दा नयाँ प्रकारका छन्, गमलाहरु,’ शोरुम हेर्न आएका प्रध्यापक कुमार सच्चितानन्दले २ वटा गमला किन्दै प्रतिक्रिया दिए। ‘मैले आफैँले बजारमा साम्भाब्यता आँकलन गरेर यो व्यवसाय गर्न निधो गरेँ, परिवारले साँथ दिएको छ, अनि सुरु गरियो,’ शिक्षाको हिसाबले एमबिए गरेकी जयश्रीले नागरिकसंग भनिन्, ‘सुरुको पहिलो दिनमैं राम्रो प्रतिक्रिया पाएकी छु, यसले मलाई हौस्याएको छ।’ शोरुम बनाउन र त्यसका फर्निचर तथा सजावट बाहेक बिक्रीका लागि मगाइएको बस्तुको लागि १० लाख रुपैयाँ लगानी गरेको र कुल लागत २० लाखभन्दा अधिक रहेकोउनले बताइन्। गमलाहरु भारतबाट आयात गरिएको उनले जानकारी गराइन्।
पारिवार पनि उद्योग र व्यापार क्षेत्रमा रहेकोले जयश्रीको लागि नयाँ व्यवसाय थलानीमा सहयोग मिलेको छ। श्रीमान आशिष लाठले यस व्यवसाय थलानीमा सघाएका छन्। ‘यो व्यवसाय आफैँमा नौलो छ, सम्भावना ठिकै लागेको छ,’ जयश्रीका ससुरा उद्योग वाणिज्य महासंघका मधेश प्रदेशका अध्यक्षसमेत रहेका गणेशप्रसाद लाठले भने, ‘मेरो लागि निकै खुसीको विषय के हो भने पढेलेखेकी मेरो बुहारी गृहणी बनेर बसेकी थिइन् अब भने उनको सिप र क्षमताको सार्थक उपयोग हुने भयो।’