विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा १० लाख रुपैयाँको नयाँ छात्रवृत्तिको स्थापना गरेका छन्।
मंगलबार विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै गोयलले सो को घोषणा गरेका हुन्। यसअघि सोही विद्यालयमा उनी संरक्षित सुमनदेवी गोयल छात्रवृत्तिमा ४ लाख रुपैयाँको अक्षयकोष रहेको थियो।
स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट २२ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरियो। कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितीय तथा तृतीय स्थान ल्याउने छात्रछात्रालाई संरक्षक दीनबन्धु गोयल र मनोज गोयलले विद्यार्थीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे।
त्यसैगरी, विद्यालयको आन्तरिक स्रोतबाट १५ जना उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । कक्षा ११ का व्यवस्थापन, कानुन, इलेक्ट्रिसियन र शिक्षा संकायमा प्रथम हुने विद्यार्थीहरुलाई ६ हजार रुपैयाँदेखि १७ हजार ५ सय रुपैया“सम्म छात्रवृत्ति प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै समाजसेवी एवं स्व. सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषका संरक्षक गोयलले कक्षा ६ देखि ११ सम्मका ७ जना छात्राहरुका ११ हजारका दरले छात्रवृत्ति प्रदान गर्नका लागि १० लाख रुपैयाँको नयाँ छात्रवृत्ति कोषबाट स्थापना गर्ने घोषणा गरे। उनले सोही विद्यालयमा अध्ययन गरेकी स्व. बुहारी सुमनदेवीको स्मृतिमा सो छात्रवृत्ति घोषणा गरेका हुन्।