संवैधानिक व्यवस्था अनुसार देशभरका स्थानीय तहले हरेक वर्षको असार १० गते भित्र चालू वर्षका लागि आफ्नो पालिकाका लागि बजेट, नीति र कार्यक्रम प्रस्तुत गरिसक्नुपर्ने हुन्छ।
प्रस्तुत भएको बजेट, नीति र कार्यक्रम सम्बन्धित पालिकाले तालुकका निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने दायित्व पनि स्थानीय तहको हुन्छ। तर मधेस प्रदेशका १२ र बागमती प्रदेशका १ गरी १३ स्थानीय तहले अहिलेसम्म पनि बजेट पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।
सो वेबसाइटमा बजेट पेश नभएका स्थानीय तहको रुपमा मधेस प्रदेशका सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिराहका क्रमशः औरही र नहरा गाउँपालिका, धुनषाको जनकपुर उप–महानगरपालिकाको नाम उल्लेख छ।
वेबसाइटमा सबैभन्दा बढी रौतहटका ५ स्थानीय तहको नाम बजेट पेश नगर्ने स्थानीय तहको रुपमा उल्लेख गरिएको छ। जसअनुसार गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाइ नगरपालिका र बृन्दावन नगरपालिकाको नाम उल्लेख छ।
यस्तै बाराको सिम्रौनगढ नगरपालिका र विश्रामपुर गाउँपालिका र पर्साको पोखरिया नगरपालिकाको नाम पनि बजेट पेश नभएका स्थानीय तहको रुपमा उल्लेख गरिएको छ। यस्तै बागमती प्रदेश अन्तर्गत रामेछापको लिखु तामाकोशी गाउँपालिकाले समेत बजेट पेश नगरेको भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।