३ वर्षदेखि अवरुद्व फोक्सिन्टार पुलको काम सुचारु
०६ चैत्र २०७८
•
५ मिनेट पाठ
३ वर्षदेखि अवरुद्व फोक्सिन्टार पुलको काम सुचारु
पुलको आर्क बनाउन फर्मा लगाउदै कामदारहरु। तस्बिर: महेश्वर/नागरिक
तीन वर्षदेखि काम छाडेर अलपत्र परेको सुनकोसीस्थित फोक्सिन्टार पुलको अवरुद्व काम सुचारु भएको छ। उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम मदिक्तेललाई जोड्ने ‘सगरमाथा लोकमार्ग’को मुख्य नाका मानिएको सो पुल ३ वर्षदेखि काम रोकिएर अलपत्र थियो।  




कोभिड कहरलगायत अनेक बहाना गर्दै निर्माण कम्पनीले काम नगरेपछि पुलको काम अलपत्र परेको थियो। पछिल्लो पटक स्थानीयको कडा विरोध र जनप्रतिनिधिहरुको दवाबपछि कम्पनीले काम सुचारु गरेको हो। लगभग डेढ महिनायता सुचारु भएको काम अनुसार अहिले नदी वारपारका दुई पिल्लरलाई जोड्ने गरी आर्क निर्माणका लागि फर्मा ठोक्ने काम भईरहेको छ।  

उदयपुरतर्फ रौतामाई र खोटाङतर्फ खोटेहाङ गाउँपालिकाकोबीचमा पर्ने फोक्सिन्टारस्थित सुनकोसीमा झण्डै १० वर्षअघि निर्माण सुरु भएको पुल अलपत्र अवस्थामा थियो। सम्झौता अनुसार ४ वर्षमा सक्नुपर्ने आर्क डिजाइनको पुल नौ वर्षसम्म पनि बनिनसकेपछि ठेकेदारमाथि कारबाही हुनुपर्ने माग चर्केको थियो। पुल नबन्दा उदयपुर र खोटाङ आउजाउ गर्न समस्या परेको भन्दै जनगुनासो व्यापक भएपछि ठेकेदारमाथि प्रशासन र दलहरुले दबाब दिए अनुसार काम अघि बढेको बताइएको छ। पुल नहुँदा त्यहाँ वर्षेनी करोड हाराहारी खर्चमा बेलिब्रीज लगाउनु परेको अर्को समस्या पनि छ।  

जनतालाई आवतजावत गर्न र दैनिक खाद्यान्न ढुवानीमा सहज बनाउन उक्त पुल छिटो बन्नुपर्ने दबाब छ। पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी पार्वती–वाईपी जेवीले पुलको काम छाडेर लथालिङ्ग बनाएको आरोप स्थानीयको छ। गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउँपालिका ९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका ५ आपटारको सीमामा पर्ने फोक्सिङटार पुल १ सय २० मिटर लामो छ। २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने पुल अहिलेसम्म ४० प्रतिशतभन्दा बढी हुन सकेको छैन।

पटकपटक म्याद थप गर्दै आए पनि निर्माण कम्पनीले काम भने नगरी म्याद गुजार्दै आएको गिाईघाटदेखि खोटाङ सदरमुकाम मदिक्तेल जोड्ने सगरमाथा लोकमार्गमा थयो। पहिलो ४ वर्षे म्याद गुजारेको जेभीले क्रमशः २०७५ चैत ३० गतेसम्म दोस्रो, २०७७ पुस १३ गतेसम्म तेस्रो म्याद थपेको थियो। तर, ती म्याद पनि काम नगरी बितेको थियो। पछिल्लो समय कोभिडका कारण  २०७८ चैत ३० गतेसम्मको म्याद थप भएको छ। सो म्यादभित्र जसरी पनि पुल सक्नुपर्ने सरकारी र स्थानीयबासी दुवैतर्फको दबाब अनुसार काम भईरहेको हो।  

उक्त पुल सडक विभागको १९ करोड ६० लाख ९ हजार ९ सय ४१ रुपैयाँ लगानीमा निर्माण गर्नेगरी ठेक्का लागे पनि ९ वर्ष बित्दासम्म ४० प्रतिशत भौतिक प्रगति गरेको छ भने वित्तीय प्रगति ३६ प्रतिशत मात्रै रहेको छ। कोभिड बहानामा  ठेकेदारले पुलको कामै नगरे पनि सम्बन्धित निकायहरु भने मौन बसेको स्थानीयीको गुनासो छ।  

खोटाङलगायत पहाडी जिल्लाहरुलाई उदयपुरलगायत तराई भेगसँग जोड्ने मूल नाकाको रुपमा रहेको फोयिक्सन्टारमा पुल बनाउन ढिला हुनुको रहस्य भने कसैले पत्ता लगाउन नसकेको स्थानीय बताउँछन्। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईले उक्त पुल उदयपुरलगायत तराई जिल्लालाई पहाडसँग जोड्ने मुख्य नाका भएको बताए। तर, त्यस्तो महत्वको पुल बनाउनमा ढिला हुँदा पनि स्थानीय प्रशासन, राजनीतिक दल, सरोकारवालाहरु ठेकेदारलाई केही भन्न नसकेको देख्दा अचम्म लागेको वडाध्यक्षि राईले बताए।  

नियामक निकायले ठेकेदारलाई काम नगरी ९ वर्ष बिताउँदासम्म चुपचाप लाग्नुको रहस्य पत्ता लगाउन नसकिएको उनको भनाई छ। अहिले सुचारु भएको पुलको काम ९वर्षमा ६० प्रतिशत सकिएको निर्माण कम्पनीका साइट इन्चार्ज मदन मगरल बताए। अहिले आर्क आकारको ढलान गर्नका लागि फर्मा ठोक्ने काम भईरहेको छ। 

अब छिट्टै फर्मा बनाईसकेर आरसिसी ढलान भएपछि पुलले आकार लिने पुल आयोजना सेक्टर नं. १ सुनसरीले जनाएको छ। सेक्टरका ईन्जिनियर अजयकुमार साहले आर्कको फर्मा ठोक्ने काम अन्तिम चरणमा पुगिसकेकाले अव काम छिटो गतिमा हुने अपेक्षा गरिएको बताए। उनका अनुसार सबभन्दा समय र खर्च आर्कमै लाग्ने गरेको छ। आर्क बनाईसकेपछि अन्य काम गर्न धेरै समय नलाग्ने साहले बताए।  

आर्क निर्माणका लागि फर्मा ठोकिसकेको अवस्था भएकाले छिट्टै ढलान गर्नुपर्ने बाध्यता निर्माण कम्पनीलाई रहेको पनि साहले बताए। फर्मामा ढलान नगरे आउँदो वर्षाको बाढीले बगाईदिने भएकाले तत्काल ढलान गर्नुपर्ने बाध्यता रहेको ईन्जिनियर साहले बताए।  ‘अव त जसरी पनि ढलान गर्नैपर्ने हुन्छ, नत्र बाढीले बगाईदिन्छ’ इन्जिनियर साहले भने ‘त्यसैले फर्मा सकिनेबित्तिकै ढलानको काम गर्नुपर्ने हुन्छ।’  

पुलको काम नदीको दुवैतर्फ २० मिटर अग्ला पिल्लर फाउण्डेसन उठाईसकिएको छ भने बीचमा आर्क र स्ल्याब ढलान पनि गरिसकिएको जेभीका ईन्जिनियर नरेश भगतले बताए। अव ढलानका लागि आवश्यक सबै सामान पनि तयारी अवस्थामा रहेकाले छिटै काम अघि बढ्ने उनको भनाई छ। आर्क निर्माणमा डेढ महिना लाग्ने र त्यसलगत्तै ढलान गरेपछि पुलको आकार लिन धेरै समय नलाग्ने भगत बताउँछन्।

आर्कमाथि ८० मिटर लामो स्ल्याब ढलान गर्नुपर्ने प्राविधिक इस्टीमेट छ। त्यति काम गरेपछि पुलको काम सकिने उनले बताए। त्यसपछि पुलवारी २ सय ५० मटिर र पारी २ सय ५० मिटर एप्रोच सडक पनि बनाउनुपर्ने हुन्छ। एप्रोच सडकका लागि दुवैतर्फ काम भईरहेको हुनाले अव यही वर्ष फोक्सिन्टारको पुल निर्माण सकेर आउजाउ चल्ने इन्जिनियर भगतको अनुमान छ।

जेभीले लिएको ठक्का आफुले नगरी अर्कैलाई सहायक राखेकाले काम ढिला भएको पत्ता लागेको छ। तर, यसबारे याथर्थ कुरा बुझ्न जेवीका प्रतिनिधि रामकुमार थापासँग सम्पर्क गर्दा हुन सकेन। अधिकतर योजनाको ठेक्का लिएर निर्माण व्यवसायीले कमिशन खाई अरुलाई सहायकको जिम्मेबारी दिदा एकातिर काम ढिला हुने समस्या छ भने अर्कातिर बजेट दुरुपयोग हुने गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस