सिक्टा सिँचाइः १८ अर्ब खर्च भयो, काम लाग्ने संरचना बनेन
०४ चैत्र २०७८
•
३ मिनेट पाठ
सिक्टा सिँचाइः १८ अर्ब खर्च भयो, काम लाग्ने संरचना बनेन
२०७५ साउनमा परीक्षण गर्दैमा भत्केको सिक्टा सिँचाइको मूल नहर। फाइल तस्बिरः नागरिक
सरकारले पछिल्लो १७ वर्षमा सिक्टा सिँचाइ आयोजनामा १८ अर्ब रूपैयाँ खर्च गर्‍यो। सिक्टाको मूल नहर बाँकेको पश्चिमतर्फ अगैयाँसम्म ४५ किलोमिटर तयार भएको छ। तर मूल नहरमा क्षमता अनुसार पानी लैजान सकिएको छैन। मूल नहर ५० क्युसेक पानीको बहाव थेग्ने गरी बनाएको भनिएको छ। तर परीक्षणका क्रममा २५ क्युसेक पानी हाल्दै भत्किएको थियो। संरचनागत त्रुटिले नहरको क्षमता अनुसार पानी लैजान सक्ने अवस्था छैन।




कमजोर संरचनाकै कारण मूल नहर बारम्बार भत्किने गरेको छ। १४ असार ०७३ मा मूल नहर परीक्षण गर्न २५ क्युसेक पानी हाल्दा धेरै क्षति भएको थियो। सिक्टा सिँचाइ आयोजनाका निर्देशक सन्तोष कैनीले मूल नहरको बहाव क्षमता ५० क्युसेक भए पनि अहिले ८–१० क्युसेक पानी छाडिरहेको बताए। ‘आयोजनाको निर्माण सम्पन्न भइसकेको छैन,’ उनले भने, ‘अहिले आवश्यकता पर्दा ८–१० क्युसेक क्षमताको मात्रै पानी छाड्दै आएका छौं।’  

आयोजनाका अनुसार अहिलेसम्म यसको समष्टिगत भौतिक प्रगति ७० प्रतिशत पुगेको छ। बाँके जिल्लाको पश्चिमतर्फ ३३ हजार सात सय ६६ र राप्तीपूर्व बायाँतर्फ ९ हजार गरी जम्मा ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित सरकारले सिक्टा सिँचाइ आयोजना सञ्चालन गरेको थियो। यो आयोजना ०६१/६२ सालमा सुरु गरिएको हो। सरकारले पहिलो चरणमा उक्त आयोजनाको सम्पूर्ण पूर्वाधार निर्माण एक दशकभित्र (आव ०७१/७२ भित्र) सक्ने लक्ष्य राखेको थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र अनियमितताका कारण निर्माणले गति लिन सकेन।  

प्रारम्भिक लक्ष्यअनुसार आयोजना निर्माण हुन नसकेपछि आर्थिक वर्ष ०७६/७७ मा सम्पन्न हुने गरी म्याद थपियो। थपिएको म्यादभित्र पनि काम सकिएन। निर्माण ढिला हुँदा लागत बढेर दोब्बरभन्दा माथि पुगिसकेको छ। सरकारले आयोजना निर्माण सुरु हुँदा १२ अर्ब ८० करोड रूपैयाँ लाग्ने अनुमान गरेको थियो। संशोधित कार्यतालिका बमोजिम यसको लागत दोब्बरभन्दा माथि पुगेको छ। संशोधित लागत अनुमान २५ अर्ब २ करोड हो। एक दशकमा सकिने भनिएको आयोजना निर्माण सुरु भएको १७ वर्ष बित्दा ३० प्रतिशत काम बाँकी छ। आयोजनाका अधिकारीमाथि भ्रष्टाचार मुद्दा लागेको छ। ढिलासुस्ती र अनियमितताले आयोजना नै बदनाम भइसकेको छ।  

आयोजना निर्देशक कैनीले यसको समष्टिगत निर्माण ७० प्रतिशत सकिएको बताए। ‘अहिलेसम्म करिब ७० प्रतिशत काम भएको छ,’ उनले भने, ‘गत पुससम्ममा समष्टिगत वित्तीय प्रगति ७२.१० प्रतिशत पुगेको छ।’ सरकारले यो आयोजनाको लागि चालु आवमा १ अर्ब ५५ करोड विनियोजन गरेकोमा पुससम्म ३० करोड रूपैयाँ मात्रै खर्च भएको छ। अहिले आयोजनाको पूर्वी मूल नहर र पश्चिमतर्फ शाखा नहर निर्माण भइरहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थवार्षिक समीक्षा प्रतिवेदनले पनि सिक्टाको चालु आवको प्रगति सन्तोषजनक नभएको देखाएको छ।

आयोजनाको बाँध (हेडवक्र्स) र गेट, पश्चिमी मूल नहर (४५ किलोमिटर) र सिधनिया शाखा निर्माण सकेर गत वैशाखदेखि सिँचाइ सुरु भएको छ। १६ हजार हेक्टरमा सिँचाइ भइरहेको छ। आयोजना निर्देशक कैनीले पश्चिम शाखा नहर र पूर्वी नहर निर्माण भइरहेको बताए। सरकारले सिक्टा अबको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। कैनीले अहिले मुख्य नहरमा सरसफाइ र मर्मतसम्भार भइरहेको बताए। ‘मूल नहर बन्द गरेर मर्मत भइरहेको छ,’ उनले भने, ‘सम्भवतः चैत अन्त्यसम्म नहरमा फेरि पानी छाड्नेछौं।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस