उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुब्ङ २ ताम्लिछामा पक्की कुलो निर्माण भईरहेको छ। गाउँको सुख्खा जमिन सिंचाईले हराभरा बनाएर किसानको आयआर्जन बढाउने योजना अनुसार साना सिंचाई कार्यक्रम (एसआईपी) मार्फत स्थानीय छिपी खोलामा मुहान थापेर पक्की कुलो निर्माण थालिएको हो।
वडाको ठूलढुंगा र गैरीगाउँको २ सय रोपनीभन्दा बढी सुख्खा जमिनलाई सिंचाई गरी बाह्रैमास उत्पादन गराउने गरी कुलो निर्माण थालिएको ‘छिपी खोला–पँधेरे सिंचाई जल उपभोक्ता संस्था’ ताम्लिछाका अध्यक्ष कृष्ण निरौलाले बताए। उनका अनु्सार १ महिनाअघि निर्माण सुरु भएको कुलोको काम ४० प्रतिशत सम्पन्न भईसकेको छ।
मुहानदेखि ४ सय ४५ मिटर लामो आरसिसी बिधि (पक्की)बाट कुलो निर्माण भएपछि ठूलढुंगा र गैरी गाउँका १८ घरधुरी किसान लाभान्वित हुने अध्यक्ष निरौलाले बताए। हाल कच्ची र परम्परागत कुलोबाट पानी ल्याउनुपर्दा बाटैमा पानी चुहेर जमिन राम्ररी सिंचाई हुन नपाउने तथा बर्खायाममा पहिरो गएर पटकपटक भत्कने गर्दा किसानलाई धेरै मर्का पर्ने गरेको छ। सोही समस्याबाट मुक्ति लिन गाउँमा पक्की कुलो निर्माण थालिएको हो।
अध्यक्ष निरौलाले सो कुलो स्थानीय जनता, संघीय सरकार, प्रदेश र स्थानीयतह तथा स्वीस सरकारको संयुक्त लगानीमा निर्माणाधीन रहेको बताए। १५ लाख ५७ हजार ७ सय २८ रुपैँया लागतको कु्लोमा दातृ निकाय स्वीस सरकारको ३० प्रतिशत, संघ, प्रदेश र स्थानीयतह प्रत्येकको २०÷२० प्रतिशत र बाँकी १० प्रतिशत स्थानीय जनसहभागिता रहेको उनले बताए।
कुनै पनि योजनालाई दीगो, व्यवस्थित र सबैको अपनत्व महसुस गराउन संयुक्त लगानी आवश्यक पर्ने एसआइपीको अवधारणा अनुसार चौपक्षीय साझेदारीमा कुलो निर्माण भईरहेको निरौलाको भनाई छ। ४० प्रतिशत बढी काम सम्पन्न भईसकेको र बाँकी काम पनि युद्धस्तरमा भईरहेकाले आउँदो चैतभित्रै कुलो निर्माण सकिने पनि उनले बताए।
लिमचुङब्ङ २ का वडाध्यक्ष भविन्द्रकुमार राईले कुलो निर्माण कार्य धमाधम भईरहेको र छिट्टै काम सकिने बताए। तीनदिनअघि मात्र स्थलगत अनुगमन गरेर फर्केका वडाध्यक्ष राईले निर्माण कार्य छिटो र उत्साहजनक भईरहेको भन्दै कुलो बनेपछि स्थानीय किसानले दुईबाली धान उत्पादन गर्ने र एकबाली बेमौसमी तरकारी फलाएर आम्दानी लिनसक्ने अपेक्षा गरिएको बताए।