सुरुङ खन्ने प्रक्रिया सुरु हुँदै
२० फागुन २०७८
•
३ मिनेट पाठ
सुरुङ खन्ने प्रक्रिया सुरु हुँदै
तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गतको सुरुङमार्ग निर्माणमा ठेकेदार कम्पनी परिचालन भइसकेको छ। फास्ट ट्रयाकमा ६.३७५ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ। आयोजनाले सुरुङमार्ग निर्माणको लागि दुई प्याकेजमा निर्माणको लागि प्राविधिक प्रक्रिया पूरा गरिसकेको जनाएको छ। साढे ७२ किलोमिटरको द्रुतमार्गमा दुई प्याकेजमा गरेर ६.३७५ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ।




नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले काठमाडौं–तराई/मधेश द्रुतमार्ग अन्तर्गत सुरुङ निर्माणका ठेकेदार कम्पनीले सुरुङ खन्नुपूर्वको तयारी सुरु गरिसकेको बताए। ‘सुरुङमार्गको दुई प्याकेजको टेन्डर प्रक्रियाको सबै प्रक्रिया सकेर निर्माण कम्पनीले मोबिलाइजेसन बापतको रकम समेत बुझिसकेका छन्,’ उनले भने, ‘उनीहरूले निर्माणको काम पनि सुरु गरिसकेका छन्। आयोजनास्थलमा क्याम्प निर्माण र फिजिकल सर्भे लगायत काम भइसकेको छ। निर्माण कम्पनीले सुरुङमार्ग निर्माणअघि गर्नुपर्ने सुरुङको पोर्टलको रक स्ट्याबिलाइजिङ लगायत काम गरिरहेको छ।’ प्रवक्ता सिलवालले सुरुङको पोर्टल (मुख) खन्ने काम सुरु भइनसके पनि सुरुङ खन्नुपूर्वको काम भइरहेको बताए।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजना कार्यान्वयन तथा अपरेसन महाशाखा प्रमुख विश्वबन्धु पहाडीले फास्ट ट्रयाक अन्तर्गतको सुरुङमार्ग केही समयभित्रै खन्न सुरु गरिने बताए। ‘अहिले सुरुङमार्गको पोर्टल (मुख) वरपर रक स्टेबिलाइजिङ लगायतको काम सुरु हुन लागेको छ,’ उनले भने, ‘तीन वर्षभित्रै आयोजना मातहतका सुरुङमार्ग निर्माण गर्ने लक्ष्य राखेका छौं।’ आयोजनाका अनुसार दुई–दुई लेनको सुरुङमार्ग निर्माण गरिनेछ। सुरुङमार्गको प्याकेज १ अन्तर्गत महादेवटार खण्डको ३.३५५ किलोमिटर सुरुङ खन्ने ठेक्का चाइना स्टेट कन्सट्रक्सन कम्पनीले पाएको छ। आयोजनाले चिनियाँ कम्पनी चाइना स्टेटसँग २१ अर्ब ६१ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो। यो खण्डको ठेक्का सम्झौता २०७८ वैशाख ३१ गते भएको थियो।

दोस्रो प्याकेजको सुरुङमार्ग निर्माणको ठेक्का पनि चिनियाँ कम्पनी पोलिचङ्दाले पाएको छ। उसले धेद्रेदेखि लेनडाँडासम्म ३.०२ किलोमिटर सुरुङ खन्ने ठेक्का पाएको छ। दोस्रो प्याकेजलाई १.६१ किलोमिटर र अर्काे १.४१ किलोमिटरमा वर्गीकरण गरेर सुरुङमार्ग निर्माण गर्न लागिएको हो यो खण्डको ठेक्काको लागत २८ अर्ब ५३ करोड रूपैयाँ छ।

फास्ट ट्रयाकलाई विभिन्न १६ खण्ड र अन्य ७१ वटा खण्डमा विभाजन गरेर निर्माण गर्न लागिएको छ। सरकारले आयोजनाको लागि चालु आर्थिक वर्षमा पु्ँजीगततर्फ ८ अर्ब ८४ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। चालु आवको ६ महिनामा आयोजनाले १ अर्ब ४१ करोड रूपैयाँ खर्च गरेको छ। आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति १६.१० प्रतिशत र वित्तीय प्रगति १४.५१ प्रतिशत छ। आयोजनाले चालु आर्थिक वर्षको अन्त्यसम्म आयोजनाको समष्टिगत प्रगति २१ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

आयोजनाले तीन वर्षभित्रै सुरुङमार्ग आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब ३१ अर्ब २९ करोड रूपैयाँ बराबरको बजेटको स्रोत सुनिश्चितता खोज्दै आएको छ। तर अर्थ मन्त्रालयले अहिलेसम्म आयोजनाले मागे बमोजिमको रकम सुनिश्चित गरिसकेको छैन।

आयोजनाले आर्थिक वर्ष ०७९/८० मा ४८ अर्ब ८४ करोड रूपैयाँ बराबरको बजेटको स्रोत सुनिश्चितता हुनुपर्ने माग गरेको छ। त्यसैगरी आयोजनाले आव ०८०/८१ मा ४३ अर्ब ४३ करोड रूपैयाँ खर्च लाग्ने प्रक्षेपण गरेको छ। आयोजनाले आर्थिक वर्ष ०८१/८२ को लागि ३९ अर्ब २ करोड रूपैयाँ बजेट प्रक्षेपण गरेको छ। आयोजना आर्थिक वर्ष ०८१/८२ भित्रै सम्पन्न गर्ने हो भने १ खर्ब ३१ अर्ब रूपैयाँ आवश्यक पर्ने दाबी गरिएको छ। 
अर्को समाचार
फास्ट ट्र्याकमा तीन अर्ब औचित्यबिनै खर्च
०७ भदौ २०७८
•
३ मिनेट पाठ
फास्ट ट्र्याकमा तीन अर्ब औचित्यबिनै खर्च
तराई/मधेश द्रुतमार्ग आयोजनाले फास्ट ट्र्याकको माटो काट्ने, कल्भर्ट, ढुंगाको गाह्रो लगाउने कार्यमा तीन अर्ब रूपैयाँ दुरूपयोग गरेको देखिएको छ। महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदन २०७८ मा आयोजनाले आवश्यकता र औचित्य नभएको सडकको संरचना निर्माणमा तीन अर्ब ७ करोड रूपैयाँ खर्च गराएको औंल्याएको छ।  




आयोजनाले द्रुतमार्गको ५९ किलोमिटर सडक खण्डमा विभिन्न स्थानमा माटो काट्ने, कल्भर्ट बनाउने, ढुंगाको गाह्रो बनाउने तथा ग्याबिन जालीमा ढुंगा भर्ने लगायत कामका लागि ९ अर्ब ६७ करोड ७२ लाखको लागत अनुमान स्वीकृत गरी ८ अर्ब २१ करोड ७२ लाखका १४ वटा ठेक्का सम्झौता गरेको थियो। तर तीन अर्ब ७ करोड ४० लाख भुक्तानी भइसकेपछि कामको आवश्यकतार उचित नभएको भन्दै सो ठेक्का तोडेको थियो। 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५(१) अनुसार सार्वजनिक निकायले कुनै पनि खरिदका लागि लागत अनुमान गरी दफा ५ (क) बमोजिम स्वीकृत गर्नुपर्नेर विशेष कारण परी संशोधन गर्नुपरेमा बाहेक एकपटक स्वीकृत भएको डिजाइन वा लागत अनुमान संशोधन गर्नु पर्दा त्यस्तो संशोधन सुरु लागत अंकमा २५ प्रतिशतभन्दा बढी फरक परेमा वा त्रृटिपूर्ण डिजाइन गरेको वा अस्वाभाविक लागत अनुमान तयार गरेको कारणले खरिद कार्य प्रभावित भएमा त्यस्तो डिजाइन वा लागत अनुमान तयार, जाँच वा स्वीकृत गर्ने पदाधिकारीर सो कार्यमा संलग्न परामर्शदाता प्रचलित कानुन बमोजिम कारवाहीको भागिदार हुने व्यवस्था अनुसार सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउन निर्देशन दिएको छ।

‘आयोजना सञ्चालन गर्ने सन्दर्भमा एसियाली विकास बैंकको सहयोगमा प्रारम्भिक सर्भेक्षण, प्राविधिकले तयार गरेको बिल अफ क्वान्टिटीर बोलपत्र कागजात तयार गरी ठेक्का बन्दोवस्त गरेको जनाए तापनि नियममा उल्लिखित प्रक्रियाअनुसार ठेक्का बन्दोवस्त गर्नुअघि सम्पादन गर्नुपर्ने क्रियाकलाप, कार्य परिणाम, लागत अनुमान, यकिन गरी स्थलगत अवलोकन, विस्तृत सर्भेक्षण तथा डिजाइन बेगर ठेक्का बन्दोवस्त गरेको देखियो,’ महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘उल्लिखित १४ ठेक्काको काम गर्दागर्दै बाँकी काम आवश्यकर उपयुक्त नभएको जनाई बीचैमा ठेक्का अन्त्य गर्ने प्रक्रियामा गएकाले सम्पादन भएको कामर सोबापत भुक्तानी गरेको तीन अर्ब ७ करोड ४० लाख समेत आवश्यकर उचित थियो भनी यकिन गर्ने अवस्था रहेन। 

तसर्थ उल्लिखित खरिद सम्झौतासम्बन्धी सम्पूर्ण प्रक्रियार सम्पन्न गरिएको कामका साथै सोबापत गरिएको भुक्तानीको यथार्थता सम्बन्धमा विस्तृत अध्ययन विश्लेषण गर्नुपर्ने देखिन्छ।’ महालेखापरीक्षकको प्रतिवेदनले ठेक्का सम्झौता कार्य सम्पन्न हुन नसकी १.९८ देखि ६५ प्रतिशतसम्म भौतिक प्रगति भएका सम्झौताहरू अन्त्य गर्ने तर्फ गएको जनाएको छ। स्वीकृत विस्तृत आयोजना प्रतिवेदनअनुसार उक्त निर्माण कार्यहरू आवश्यकता नभएको कारण जनाई खरिद सम्झौता अन्त्य गर्न १४ निर्माण व्यवसायीलाई उपलब्ध गराएको मोबिलाइजेसन पेस्की फस्र्यौटको लागि बैंक जमानत जफत गरी ७४ करोड ८० लाख १३ हजार फस्र्याैट गरेको औंल्याएको छ।  

मेलम्ची आयोजनाका सवारी साधन दुरूपयोग

महालेखाले मेलम्ची खानेपानी आयोजना अन्तर्गतका अधिकांश सवारी साधनको दुरूप्रयोग भएको देखाएको छ। प्रतिवेदनले आयोजना सञ्चालनका लागि खरिद भएका ६ सवारी साधनर ४ मोटरसाइकल/स्कुटर मन्त्रालय, विभाग तथा अन्य निकायर आयोजनासँग असम्बन्धित व्यक्तिले प्रयोग गर्दै आएको औँल्याएको छ। ‘आयोजनामा सवारी साधन अपुगरहेको परामर्शदाताले सुभपरभिजन कार्यका लागि सोधभर्ना हुने गरी सवारी साधन खरिद गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोजनामा मौजुदा सवारी साधन अन्यत्र प्रयोग भएको अवस्था छ। आवश्यक नपर्ने सवारी साधन खरिदमा नियन्त्रणर अन्यन्त्र प्रयोग भएको सवारीसाधन फिर्ता गर्नुपर्दछ।’
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस