चौदण्डीगढी नगर सडक कालोपत्रेमा केन्द्रित
१२ फागुन २०७८
•
३ मिनेट पाठ
चौदण्डीगढी नगर सडक कालोपत्रेमा केन्द्रित
यहाँको चौदण्डीगढी नगरपालिकाले आन्तरिक सडक कालोपत्रे गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ। जिल्लाका ४ नगरपालिकासहित ८ स्थानीयतहमध्ये सबभन्दा पहिलो विद्युतीय भर्‍याङ (लिफ्ट) जडित अत्याधुनिक भवनलगायत भौतिक पूर्वाधार निर्माण गरिसकेको चोदण्डीगढी पछिल्लो वर्ष सडक कालोपत्रेतर्फ केन्द्रित भएको हो।




नगरपालिकाले गतविगत वर्षहरुमा झण्डै एक किलोमिटर सडक कालोपत्रे गरिसकेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत धु्रबराज आचार्यले ०७६/७७/०७७/७८ मा नगरपालिकाको पुरानो कार्यालय भवनसँग जोड्ने चामलिङचोकदेखि प्रहरी थाना लाईनसम्म २ सय र ५ सय मिटर सडक कालोपत्रे गरिसकेको छ। सो कालोपत्रेले वडा नं. ६ र ७ लाई छोएको छ। अधिकृत आचार्यका अनुसार बेलटार बजारदेखि वडा नं. ८ को सिद्धिपुरस्थित वीरेन्द्र बजारसम्म यसअघि नै प्रदेश सरकारमातहत पूर्वाधार विकास कार्यालयले यसअघि नै कालोपत्रे गरिसकेको छ।

चालु वर्ष नगरपालिकाले ३ वटा सडक कालोपत्रे गर्ने योजना कार्यान्वयन गर्ने क्रममा रहेको इन्जिनियर सन्तोष राईे बताए। उनका अनुसार यी तीनवटै योजना कार्यान्वयनका लागि ठेक्का सम्झौता गरेर काम थालिसकेको छ। चालु वर्ष नगरपालिकाका वडा नंं ६ र ७ मा पर्ने बेलटार बजारदेखि दक्षिण अधिकारी होटलदेखि नविन राईको घरसम्म १ किलोमिटर ४ सय मिटर सडक कालोपत्रे हुनेछ।  

त्यसका लागि नगरपालिकाले ९४ लाखमा ठेक्का सम्झौता गरेर काम थालिसकेको इन्जिनियर राईले बताए। त्यसैगरी वडा नं. ३ मा पर्ने बसाहामा ८ सय ७० मिटर सडक पनि चालु वर्ष नै कालोपत्रे गर्ने गरी काम अघि बढिसकेको छ। लागि ५५ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर बेलटार निर्माण सेवाले काम सुरु गरेको राईले बताए।

उता १० नं. वडाको हडियादेखि धाब्लाङ जोड्ने सडकमा ३ खण्डमा कालोपत्रे गर्ने योजना पनि ठेक्का लागिसकेको छ। हडिया–धाब्लाङ सडकमा पहिलो खण्ड ३ सय ७७ मिटर, दोस्रो १ सय ५० मिटर र तेस्रो ४ सय ३५ मिटर दुरीमा कालोपत्रे हुनेछ। जसका लागि बेलटार निर्माण सेवाले ५६ लाख ५ हजारमा ठेक्का सम्झौता गरेर काम थालेको छ। अर्को कालोपत्रे गर्ने योजना नगरपालिकाको ९ न. मा गर्ने ठेक्का पनि बेलटार निर्माण सेवाले नै पाएको छ।

‘सुन्दर, समृद्ध नगर बनाउने अभियान, हरेक नगरबासीको मुहारमा मुस्कान’ भन्ने नारा लिएर अघि बढिरकेको चौदण्डीगढीले नारा चरितार्थ गर्ने हरप्रयास जारी रहेको नगरप्रमुख खगेन्द्र राईले बताए। उनका अनुसार बितेको ४ वर्षभित्र विद्यालय, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, क्याम्पस, वडा कार्यालयलगायत भवनहरु निर्माण भईसकेका छन्। २ वर्षअघि सुरु भएको प्रशासनिक भवन एक महिनाअघि मात्र सम्पन्न भएर सञ्चालनमा आईसकेको हुनाले अव सडक कालोपत्रेतर्फ ध्यान केन्द्रित गरेको मेयर राईले बताए।

नगरका १० वटै वडा जोड्ने आन्तरिक तथा वडाबाट केन्द्र बजार बेलटार जोडने सडकहरु निर्माण भईसकेको उनले बताए। त्यसैले अब ती सबै सडकको स्तरोन्नतिसहित कालोपत्रे गर्न नगरपालिकाले दृष्टि केन्द्रित गरेको मेयर राईको भनाई छ। ‘हामीले यसअघि शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, ग्रामिण सडकलगायत बिभिन्न क्लस्टरका सफ्टवेयर र हार्डवेयर कामहरु ग¥यौँ, यस क्रममा प्राय भवनहरु बनाईसक्यौ’ मेयर राईले भने ‘केही छिटफुट बाँकी कामहरु अहिले क्रमागत योजना अन्तर्गत भईरहेको छ।

अब सडक कालोपत्रे गर्नेतर्फ केन्द्रित भएका छौं।’ मेयर राईले कार्यकाल सकिनु अगावै ती योजनाहरु सक्नेगरी दु्रत गतिमा काम भईरहेको बताए। चुनावमा भोट माग्ने क्रममा नगरबासीसँग गरेको वाचा र घोषणापत्रमा उल्लेख प्रतिबद्धता अनुसारका कामहरु सकेसम्म सबै सम्पन्न गर्ने गरी काम गरेको मेयर राई बताउँछन्।

खेलापाल अमर थापामगरले नगरपालिकाको भौतिक संरचना निर्माणसँगै वित्तीय प्रगति पनि उत्साहजनक गर्ने गरेको बताए। उनका अनुसार गतविगत वर्षहरुको बेरुजु लगभग शून्य छ भने चालुवर्ष हालसम्म ५० प्रतिशत हाराहारी पुँजीगत बजेट खर्च भईसकेको छ। पुँजीगत बजेट सबभन्दा ढिलो खर्च हुने देशव्यापी परम्परा हटाउन चौदण्डीगढीले हरेक वर्ष सालतमामी (असार मसान्त) आउनुअघि जेठ अन्तिमतिरै योजना सम्पन्न गरी भुक्तानी दिने गरेको लेखापाल मगरले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस