शुक्रबार विराटनगरमा पत्रकारहरूसँगको छलफलमा रिजालले मौद्रिक नितीले उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्ने विषय कार्यान्वयनमा भर पर्ने बताए।
उनले विगतमा पनि राम्रा नितीहरू आए तर, कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको स्पष्ट पारे। ‘विगतमा पनि राम्रा नितीहरू आए तर, कार्यान्वयन हुन नसक्दा त्यस्ता नितीले सकारात्मक प्रभाव भने पार्न सकेन’ रिजालले भने। उनले उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न मौद्रिक निती कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे।
रिजालले आफ्नो कार्याकालमा फरक किसिमका काम गर्ने योजना अनुसार केहि महिना भित्रै विराटनगरमा फरक किसिमको व्यापार मेलाको आयोजना गर्ने तयारी थालेको जानकारी दिए। उनले यो वर्षको व्यापार मेला विगतको भन्दा फरक र उदाहरणीय हुने दाबी गरे। रिजालका अनुसार यो वर्षको व्यापार मेलामा एसि डोम राखिने भएकाले मेलामा आउने उपभोक्ताहरूले गर्मीको महशुश गर्नु पर्ने छैन।
रिजालले एक महिनाको उपलब्धी सार्वजनिक गर्दै विराटनगरलाई जोड्ने भारतको जोगवनी स्थित मिरगञ्जको पुल चाँडै सञ्चालनमा ल्याउने वातावरण बनाउन सफल भएको बताए। उनका अनुसार एक/डेढ महिना भित्रै मिरगञ्ज पुल सञ्चालनमा ल्याएर विराटनगर नाकाको व्यापार सहज बनाइने छ। रिजालले विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि पनि मोरङ व्यापार संघले पहल गरिरहेको बताए।