ताप्लेजुङको पाथीभरामा करिव ३ अर्ब रुपैयाँको लागतमा केबुलकार निर्माणको तयारी गरिएको छ। पाथीभरा देवी दर्शन केबुलकार प्रालिमार्फत केबुलकार निर्माणको तयारी गरिएको हो।
सदरमुकाम फुङ्लिङमा शुक्रबार प्रवद्र्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ। काफ्लेपाटीदेखि पाथीभराधाम जोड्नेगरी केबुलकार निर्माण गरिने पाथीभरा देवी दर्शन केबुलकार प्रालिले जनाएको छ।
प्रालिका अनुसार पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि धाम जोड्ने केबुलकारको दूरी २.६ किलोमिटर हुने छ। अबको २२ महिनाभित्र केबुलकार आयोजना सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको केबुलकार प्रालिका स्थानीय सम्पर्क व्यक्ति मणिशङ्कर पोमूले जानकारी दिए। आगामी बैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्नेगरी तयारीलाई अघि बढाएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले बताए।
केबुलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको पनि पौडेलले जानकारी दिए। प्रालिका परामर्शदाता बच्चुनारायण श्रेष्ठले केबुलकार परियोजनाको उपलब्धी, प्रभाव र चुनौतीबारे अवगत गराएका थिए।। श्रेष्ठले केबुलकारको निर्माण संरचना, कार्यान्वयनको प्रकृति, परियोजनाले हुने सामाजिक र आर्थिकसहित समष्टिगत उपलब्धीबारे जानकारी गराउँदै परियोजनाले पर्यटन विकाससँगै ताप्लेजुङबासीलाई धेरै फाइदा पुग्ने बताए। अन्तक्र्रियाका अधिकांस सहभागीले केबुलकार निर्माणमा ढिलाई गर्न नहुने बताएका छन्।
ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष तारानाथ घिमिरेले जिल्लाको पर्यटन विकासँगै आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने भएकाले चाँडै केबुलकारको काम थाल्नुपर्ने बताए। प्रदेश सांसद बलबहादुर साम्सोहाङले केबुलकारजस्ता ठूला परियोजनाले विकासमा फड्को मार्ने विषयसँगै स्थानीयलाई धेरै लाभ मिल्ने दावी गरे। जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनलेस्थानीय सरोकारवालाको सुझावलाई आत्मसाथ गर्दै प्रभावित क्षेत्रको हितलाई प्राथमिकता दिएर परियोजना कार्यान्वयन गर्नुपर्ने बताए।
स्थानीय समुदायको माग, संस्कार संस्कृति र सभ्यतासहित सामाजिक परिवेश समेतलाई दृष्टिगत गरी प्रभावित क्षेत्रका समुदाय साथै जिल्लावासीका लागि परियोजनाबाट पुग्ने उपलब्धीलाई सुनिश्चित गरी काम अघि बढाउनुपर्नेमा उनको जोड थियो। यता,स्थानीय लिम्बू समुदायको साँस्कृतिक अस्तित्वसँग पाथीभरा (मुक्कुमलुङ)जोडिएकाले केवलकार निर्माणले साँस्कृतिक अतिक्रमण हुनेभन्दै यसको विरोध पनि हुँदै आएको छ।
केही साँस्कृतिक मान्यतामा थोरै प्रभावहरु पर्ने भए पनि समग्रमा जिल्लाको पर्यटन विकास, आम्दानी वृद्धिसँगै प्रत्यक्ष रुपमा फाइदा पुग्ने भएकाले केबुलकार परियोजना कार्यान्वयनमा सहयोग गर्न प्रालिका प्रमुख कार्यकारी अधिकृत स्वदेश गुरुङले सरोकारवाला सबैसँग अनुरोध गरेका छन्। केबुलकार निर्माण भएमा पाथीभरा क्षेत्रमा दोब्बर देखि तेब्बरले संख्यामा धार्मिक पर्यटक बढ्ले आँकलन गरिएको छ।