केही वर्षयता सञ्चालन हुँदै आएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारहरुलाई ‘गरिखाने’ वातावरण बनाउन मात्र नभएर बिकट र दुरदराजको विकास निर्माणमा महत्वपूर्ण भूमिकासमेत खेल्ने गरेको छ। ३ वर्षयता सुरु प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सानो लागनीमा धेरै र महत्वपूर्ण कामहरु भएर यसको पुष्टि गरेको छ।
यसै सिलसिलामा त्रियुगा नगरपालिका वडा नंं.१६ मा यो कार्यक्रमले चालुवर्ष मात्र बिभिन्न ४ वटा ग्रामिण सडक निर्माण हुने भएका छन्। वडाका गोरेम्पा–रातमाटे–चमेरे सडक, सिम्ले–रातापानी, सिमलपानी–खरिटार आधारभूत विद्यालय जोड्ने सडक र तीनधारे–आँपडाँडा सडक निर्माण कार्य सुरु भएको छ। केहीदिनअघि एकैपटक ती सडकहरुको सिल्यान्यास भएर काम अगाडि बढाइएको वडाध्या मानबहादुर राईले बताए।
ती चारैवटा सडकहरु प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सूचिकृत भएका मजदुरबाट निर्माण हुने भएका छन्। वडाध्यक्ष राईका अनुसार २ हजार २ सय ५० मिटर लामो सडक रहेको रातमाटे–चमेरे खण्डको सडकमा २० जना मजदुर परिचालन गरिएको छ। त्यस्तै सिम्ले–रातापानी हुँदै डहर जोड्ने अर्को २ हजार ७ सय मिटर लामो सडकमा ४२ जना मजदुरहरु खटाइएको उनले बताए।
अर्को सडक १६ नं. को सबभन्दा विकट तीनधारे–आँपडाँडा खण्डको १५ सय मिटर लामो सडक निर्माणका लागि पनि २० जना कामदार खटाइएको वडाध्यक्ष राईले बताए। यता सिमलपानी–खरिटार आधारभूत विद्यालयसम्म जोड्ने १ हजार ७ सय ४० मिटर लम्बाईको सडकमा २७ जना कामदार परिचालन गरिएको छ। यसरी ४ वटै सडकका लागि वडाका १ सय ९ घरधुरीले रोजगारी पाएको उनले बताए।
वडाकै महत्वपूर्ण योजना मानिएको यी ग्रामिण सडकको त्रियुगा नगर उपप्रमुख देवीकुमारी चौधरीले एकैचोटी उद्घाटन गरिन्। वडामा यसअघि थुप्रै योजनाहरु सञ्चालन भएको तर, यी ४ योजनाहरु स्थानीय बेरोजगारलाई परिचालन गरेर निर्माण हुने भएकाले पनि यसको महत्व छुट्टै हुने उपमेयर चौधरीले बताईन्।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण हुने कुनै पनि योजनाहरु काम सुरु हुनुअघि सूचिकृत भएका मजदुरहरुलाई अभिमुखीकरण तालिमसमेत दिने गरिएको छ। योजना निर्माणमा गुणस्तरीय सामानको प्रयोग, प्राविधिक मापदण्ड अनुसार काम होस् भन्नका लागि मजदुरहरुलाई अभिमुखीकरण तालिम दिने गरिएको नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक निशा घलेले बताईन्।
घलेका अनुसार नगरपालिकाका बिकट स्थानहरुमा विकास पूर्वाधार निर्माणका योजनाहरु सञ्चालन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने गरिएको छ। संयोजक घलेले यो कार्यक्रममार्फत विशेष गरी महिला, दलित, आदिबासी जनजाति र अति विपन्न बर्गका जनशक्ति परिचालन गने प्राथामिक्ता दिने गरिएको बताईन्। ईन्जीनियर रमेशचन्द्र ढुङ्गानका अनुसार यी सडक निर्माण भएपछि वडाका गाउँबस्तीबीच सडक सम्बन्ध बढ्नुका साथै नगरपालिका र वडाबासीबीच यातायात सुविधा सहज हुने छ।