इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज (बुधबार) परीक्षण उडान गरिएको छ। नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले परीक्षण उडान गरेको हो।
काठमाडौंबाट करिब ५० मिनेटमा सुकिलुम्बासम्म जहाज आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले जानकारी दिए। उनका अनुसार विमानस्थल अब उडान–अवतरणका लागि तयार छ। ‘सामान्य प्राविधिक काम गर्न बाँकी छ तर अब विमानस्थल उडान–अवतरणका लागि तयार छ,’ उनले भने, ‘लामो समयदेखिको प्रयास अब सफल भएको छ। अब अरू विमान ल्याउन थप परीक्षण गरिरहनु पर्दैन।’
आउँदो फागुन ८ देखि नियमित उडान हुने भएपछि परीक्षण उडान गरिएको हो। कालोपत्रे भएपछि विमानस्थलमा पहिलो पटक विमान उडान–अवतरण गरिएको छ। चालक दलमा क्याप्टेनद्वय पेम्बा शेर्पा र रक्सित मल्ल थिए। विमानस्थलनजिकका केही ढुंगा हटाउन क्याप्टेन शेर्पाले सुझाव दिएको इन्जिननियर भट्टराईले जानकारी दिए
यसअघि विमानस्थल कच्ची नै रहेका बेला २०७५ जेठ २१ मा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्विनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो।
विमानबाट देखिएको इलामको विमानस्थल। आउँदो फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ। आउँदो फागुन ८ देखि इलाम–काठमाडौं नियमित उडान–अवतरण गर्ने तयारी पनि छ। प्रत्येक आइतबार उडान–अवतरण हुने यसअघि नै निश्चित भएको छ। इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो। नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको छ।
तारा एयरको १६ यात्रुु क्षमताको जहाज यहाँबाट चल्नेछ। इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ। सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११/११ जनाको आते–जाते भाडा इलाम नगरले नै तिर्नेछ। ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे गरिएको छ। विमानस्थल निर्माणका लागि अहिलेसम्म स्थानीयस्तरबाट ४ करोडसहित करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...