उदयपुरको चौदण्डीगढी नगरपालिका आईतबारदेखि नयाँ प्रशासनिक भवनबाट कार्य सञ्चालन गर्न थालेको छ। जिल्लाका ४ नगर र ४ गाउँपालिकासहित ८ वटा स्थानीयतमध्ये चौदण्डीगढी नगरपालिका सबभन्दा पहिले आफ्नै भवन बनाएर कार्यालय सञ्चालन गर्न सफल भएको हो।
वडा नं. ७ बेलटार पारुहाङमार्गस्थित ८ कठ्ठा क्षेत्रफल जमिनमा निर्मित साढे ३ तले अत्याधुनिक र सुविधा सम्पन्न भवन बनाउन नगरपालिका र संघीय सरकार, राष्ट्रिय योजना आयोगले ५०–५० प्रतिशत बजेट बेहोरेको लेखापाल अमर थापा मगरले बताए। लेखापाल मगरका अनुसार ७ करोड ४८ लाखको लागत इस्टीमेट रहेको भवन टेण्डरमार्फत निर्माण व्यवसायीबीच प्रतिस्पर्धा गराउँदा झण्डै दुईकरोड कम मूल्य अर्थात ५ करोड ३८ लाख रुपैँयामा निर्माण सम्पन्न भएको हो।
नवनिर्मित भवनको कम्पाण्ड, पार्किङ, लिफ्ट जडान र फर्निचरका लागि थप ६० लाख बजेट भने नगरपालिका स्वयंले बेहोरेको छ। कम्पाण्डल वालका लागि १९ लाख, लिफ्ट १९ लाख र फर्निचर २२ लाख गरी ६० लाख रकम नगरपालिकाले आन्तरिक कोषबाट व्यवस्था गरेको लेखापाल मगरले बताए।
वल्र्डवाईड–रामसागर जेवीले दुईवर्षभित्र निर्माण गरिसक्ने गरी गत ०७७ जेठ २१ गते सम्झौता गरेर काम थालेको भवन एकवर्ष ८ महिनामै पुरा भएको नगरपालिकाका इन्जिनियर सन्तोष राईले बताए। उनका अनुसार ५२ वटा आकर्षक कोठा रहेको नवनिर्मित भवनको भुई तलामा न्यायिक समिति, सामाजिक विकास शाखा, राजश्व, महिला विकास, वैदेशिक रोजगार परियोजना (सामी), सहकारी र लघु उद्यम शाखा कार्यालयहरु छन्।
त्यस्तै पहिलो तलामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा, प्राविधिक, योजना, प्रशासन र जिन्सी शाखा राखिएको छ भने दोस्रो तलामा नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष तथा सभाकक्ष छ। नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिृकत कार्यकक्षसँगै गोप्यकक्षका लागि पनि कोठा व्यवस्थापन गरिएको इन्जिनियर राईले बताए।
नगरपालिकाका सवइन्जिनियर जयनेन्द्र झाका अनुसार भवनमा एउटा ठूलो र अन्य ३ साना गरी ४ वटा सभाकक्षहरु रहेका छन्। तीनै तलामा लिफ्ट जडान भएकाले अशक्त, अपाङ्ग तथा बृद्धबृद्धा सेवाग्राहीलाई तलमाथि गर्न र सेवा लिन सहज हुने अपाङ्गमैत्री भवन बनेको झाले बताए। प्रत्येक तलामा महिला–पुरुषका लागि अलगअलग शौचालय, खानेपानी सुविधा रहेको पनि सबइन्जिनियर झाको भनाई छ।
प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्यले चौदण्डीगढी नगरपालिकाको प्रशासनिक भवन जिल्लामै पहिलो विद्युतीय भर्याङ (लिफ्ट) जडित भएको बताएका छन्। अहिलेसम्म उदयपुरका सरकारी तथा नीजि भवनहरु कुनै पनि लिफ्ट जडित नभएको भन्दै आचार्यले लिफ्टसहितको पहिलो भवन जिल्लामै चौदण्डीगढीको प्रशासनिक भवन भएको दावी गरे। ‘हाम्रो जानकारी अनुसार अहिलेसम्म जिल्लाका सरकारी तथा नीजि भवनमा इलेक्ट्रोनिक लिफ्ट जडान भएको भवन यो मात्र हो’ अधिकृत आचार्यले भने।
शनिबार दिउँसो एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री तथा उदयपुर निर्वाचन क्षेत्र १ का संघीय सांसद डा. नारायण खड्काले नवनिर्मित भवनको उद्घाटन गरे। मन्त्री खड्काले चौदण्डीगढी नगरपालिका उदयपुरका ८ वटै स्थानीयतहमध्ये हरेकक्षेत्रमा अगुवा सावित हुँदै आएको भन्दै अझ प्रगति गर्दै जाने अपेक्षा गरे। खानेपानी, सिंचाई, विद्युत, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलगायत हरेकक्षेत्रमा अग्रस्थानमा रहेको चौदण्डीगढी नगरपालिकाले प्रशासनिक भवन पनि अरु पालिकाभन्दा पहिल्यै बनाएर सञ्चालनमा ल्याउन सफल भएकोमा नगरप्रमुखलगायत जनप्रतिनिधिलाई डा. खड्काले धन्यबाद दिए।
जिल्लाका अन्य ३ नगरपालिका र ४ गाउँपालिकामध्ये पूर्वाधार संरचनासँगै, युवा परिचालन र रोजगारी सिर्जनामा पनि चौदण्डीगढी अगाडि रहेको र आगामी दिनमा पनि थप सफलता दिलाउन आफुले सक्दो पहल गर्ने प्रतिबद्धता पनि मन्त्री खड्काले व्यक्त गरे। कार्यक्रममा प्रदेश १ का भौतिक पूर्वाधारमन्त्री हिमाल कार्कीले पनि चौदण्डीगढीले गरेको सफलताको प्रशंसा गरेका थिए।
नगरप्रमुख खगेन्द्र राईले आफुलाई मतदान गरेर मेयर बनाएका नगरबासीको विश्वास र आस्थालाई सँधै उचो राख्ने गरी काम गर्दै आएको बताए। उनले भौतिक पूर्वाधार निर्माणसँगै अन्य विविध क्षेत्रमा नगरबासीको भावना र चाहना अनुसार योजना बनाएर कार्यान्वयन गर्दै आएको बताए।
आफूहरु निर्वाचित भएको यो साढे ४ वर्षको अवधिमा नगरपालिकाले प्रशासनिक भवन, उदयपुर कोविड अस्पताल भवन, १० वडामध्ये ९ वटा वडा प्रशासनिक भवन, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, क्याम्पस, विद्यालय, सडक, विद्युत, सिचाईलगायत कार्यहरु युद्धस्तरमा भईरहेको मेयर राईले बताए।मेयर राईले १५ शैय्याको अस्प्ताल भवन पनि छिट्टै निर्माण गर्नेगरी काम भईरहेको बताए।
भवन निर्माण गर्न १८ करोड ५० लाख लागत मूल्यको प्राविधिक इस्टीमेट भएकोमा निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा १२ करोड हाराहारीमा ठेक्का लागेर काम सुरु भईसकेको मेयर राईले बताए। कार्यक्रममा उपमेयर रीताकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आचार्य, स्थानीय राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा पेशा व्यवसायीहरुले पनि बोलेका थिए।
नगरपालिकाका कर्मचारी नेत्र विश्वकर्माका अनुसार भवन अभावमा यसअघि साविक बेलटार–बसाहा नगरपालिकाको ६ कोठे पुरानो भवनमा काम चलाउँनु परेको बताए। उनका अनुसार पुरानो भवन अत्यन्त साँगुरो भएपछि नगरपालिकाले सोही भवन आसपास ४ वटा कच्ची टहरा बनाएर काम चलाउँदै आएको थियो। नयाँ भवन बनेपछि पर्याप्त कोठा हुँदा सेवा प्रवाहमा सहज हुने विश्वकर्माले बताए।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...