ठगीविरुद्धको रिङटोन प्रसारण प्रस्ताव सञ्चारमा अलपत्र
१० माघ २०७८
•
४ मिनेट पाठ
ठगीविरुद्धको रिङटोन प्रसारण प्रस्ताव सञ्चारमा अलपत्र
नेपाल टेलिकमले बजाउने रिङटोनका माध्यमबाट धेरैभन्दा धेरै मानिसमा एकैसाथ सन्देश प्रवाह हुन सक्ने र साइबर क्राइमबाट नेपालीहरू ठगिनबाट जोगिन सक्ने भएकाले रिङटोनको प्रस्ताव पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।




विद्युतीय माध्यमबाट सर्वसाधारण ठगिँदै गएपछि नेपाल प्रहरीले जनचेतनामूलक सन्देश प्रवाह गर्न नेपाल टेलिकमलाई आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले एक महिनाअघि नै सञ्चार मन्त्रालयमार्फत रिङटोनसहितको जचेतनामूलक सन्देश प्रवाह गरिदिन आग्रह गरेर पत्राचार गरेको थियो। प्रहरीले गरेको सो प्रस्ताव अहिले सञ्चार मन्त्रालयमा पुगेर अड्किएको छ। विदेशबाट चिट्ठा पर्‍यो भन्दै सर्वसाधारणबाट पैसा लिएर ठगी गरेको उजुरी प्रहरीमा बढ्न थालेपछि केही समय नेपाल टेलिकमबाट मोबाइलको रिङटोनमा चेतनामूलक सन्देश प्रवाह गर्न आग्रह गरिएको थियो।  

भाइबर, ह्वाट्स एप, इमो, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गरी चिट्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्नेहरूले सर्वसाधरणलाई झुक्याएर पैसा असुल गर्ने तर कहिल्यै फिर्ता पनि नहुने, विदेशमा बसेर ठगी गर्ने, सञ्जाल बनाउनेजस्ता कार्यले गर्दा जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्नु आवश्यक रहेकाले मोबाइलको रिङटोन त्यसका लागि प्रभावकारी माध्यम बन्न सक्ने भएकाले सञ्चार मन्त्रालयलाई आग्रह गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। डेढ महिनाअघि महानगरीय अपराध महाशाखा काठमाडौंले गरेको प्रस्तावलाई महानगरीय प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो। सो सिफारिसलाई प्रहरी प्रधान कार्यालयले स्वीकृत गरी सञ्चार मन्त्रालयलाई औपचारिक रूपमै आग्रह गरी पत्राचार गरेको भए पनि सञ्चारले त्यसलाई अड्काएर राखेको छ।  

नेपाल टेलिकमले बजाउने रिङटोनका माध्यमबाट धेरैभन्दा धेरै मानिसमा एकैसाथ सन्देश प्रवाह हुन सक्ने र साइबर क्राइमबाट नेपालीहरू ठगिनबाट जोगिन सक्ने भएकाले रिङटोनको प्रस्ताव पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘खासगरी साइबर क्राइमबाट नेपालीहरू धेरै ठगिए त्यसको मात्र कम हुने अपेक्षा राखेर नै रिङटोनको प्रस्ताव गरिएको हो,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुहरि केसीले भने। उनका अनुसार सो प्रस्ताव सञ्चार मन्त्रालयमा पठाएकाले मन्त्रालयले चाँडै प्रस्तावलाई स्वीकृत गरे टेलिकमलाई निर्देशन दिने आश्वसन आएको छ।

तर सञ्चार मन्त्रालय स्रोतका अनुसार सो प्रस्तावबारे कुनै पनि छलफल भएको छैन। त्यहाँ यस्ता ठगीका घटना सधैं भइरहने भएकाले जतिसुकै बेला पनि रिङ टोन बजाएर नहुने यस्तो प्रस्तावको आवश्यकता नरहेको भन्दै छलफलमै राखिएको छैन।

‘नेपाल प्रहरीबाट रिङटोन हालिदिनू भन्ने प्रस्ताव त आएको छ तर मन्त्रालयलमा यो विषयले छलफल नै पाएको छैन, स्वीकृत गरेर टेलिकम जाने विषय त निकै टाढा छ,’ मन्त्रालयका एक कर्मचारीले भने। उनका अनुसार मन्त्रालयले टेलिकमलाई यस्तो आग्रह गर्दा अरू विषयमा पनि दबाब आउने भएकाले प्रहरीको सो प्रस्तावलाई त्यतिकै पेन्डिङमा राखिएको हो। तर, प्रहरीले भने जनचेतनामूलक सन्देश भएकाले चाडैबाटै केही समय प्रसारण हुने अपेक्षा राखेको छ। ‘सर्वसाधारणलाई निकै नै मर्का परेको छ, सन्देश बजे यसप्रकारको ठगी कम हुने अपेक्षा राखेका छौं,’ एसएसपी केसीले भने।  

खासगरी मोबाइल, भाइबर तथा ह्वाट्सएपमा लट्री अर्थात् चिट्ठा पर्‍यो भन्दै फोन तथा म्यासेज पठाउने र त्यसको प्रलोभनमा मानिस ठगिने गरेका छन्। प्रहरीका अनुसार सबैभन्दा बढी इमोमा फोन तथा म्यासेज आउने गरेको पाइएको छ। फोन तथा म्यासेजमा बढी हिन्दी भाषाको प्रयोग हुने र उनीहरूले चिट्ठाको रकमसमेत खुलाउने गरेका हुन्छन्।। चिट्ठाको रकम खुलाएपछि बधाई दिएर मक्ख पारी कर तिर्न भन्दै केही रकम पठाउन आग्रह गरेर ठग्ने गरेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी कृष्ण कोइरालाका अनुसार धेरै जसो विदेशमा बस्ने नागरिकले प्रलोभनमा पारेर नेपालीलाई ठग्ने गरेका छन्। उनीहरूले विश्वासमा लिन टिभी स्क्रोल देखाउने, चिट्ठा परेको भन्दै विभिन्न डकुमेन्ट देखाउने, अरूलाई चिट्ठाको पैसा दिएको तस्बिर देखाउने पनि एसपी कोइरालाले बताए।

‘प्रलोभनमा परेका व्यक्तिले चिट्ठा पाउने र चाँडै नै पैसा आउने प्रलोभनमा परेर आइएमईमार्फत पठाउने, पैसा झिक्न भने प्रत्येकपटक फरकफरक व्यक्तिको प्रयोग हुने गरेको छ,’ महाशाखाका एसपी कोइरालाले भने। उनका अनुसार संगठित रूपमै ठगी हुन थालेको छ। ‘यो निकै ठूलो समस्या हो यसको समाधान गर्न प्रहरी एक्लै सक्दैन सबै सरोकारवाला सहयोगी हुनुपर्छ,’ उनले भने। प्रहरीका अनुसार पछिल्लो पाँच महिनामा मात्रै ३ सय ५ जनाले आफू चिट्ठाबाट ठगिएको भन्दै प्रहरीलाई उजुरी गरेका छन्। उनीहरूलले प्रहरीमा उजुरी दिएको भए पनि ठगी गर्ने गिरोह विदेशमा रहेको र सामाजिक सञ्जाल प्रयोग गर्ने भएकाले प्रहरीलाई अनुसन्धानमा समेत अप्ठेरो परेको छ।  

डेढ वर्षअघि मात्रै प्रहरीले नेपालबाटै ठगी गर्ने एउटा गिरोहलाई पक्राउ गरेको थियो। नेपालको गिरोह पक्राउ परेपछि अहिले विदेशबाटै गिरोह सञ्चालित रहेको प्रहरीको दाबी छ। डेढ वर्षअघि प्रहरीले चिट्ठा तथा पार्सलको प्रलोभन देखाएर झन्डै १५ करोड रूपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ गरेको थियो। उनीहरूले भाइबर, ह्वाट्स एप, इमो, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गरी चिट्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश  

खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ गरेपछि अहिले नयाँ दिल्ली, दुबई, साउदी अरब, मलेसियाबाट यस्तो गिरोह सञ्चालनमा आएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार यसरी ठगी गर्नेले केही प्रतिशत आफूलाई राखेर सबै पैसा विदेश पठाउने गरेका छन्।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस