भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेस्ट बैंकले सहयोग गरेको छ। बैंकले उक्त प्रयोजनका लागि १ लाख रूपैयाँ सहयोग गरेको जनाएको छ।
उक्त रकम बराबरको चेक बैंक सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले भक्तपुर सिसिटिभी जडान समितिका सचिव पदमलाल सिलाकारलाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।