जिल्लाका युवा गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बन्दैछन्। वैदेशिक रोजगारीबाट फर्केर होस् वा विदेश जान चाहेका युवा, अहिले गाउँमै तरकारी खेती, पशुपालनलगायतमा आत्मनिर्भर बन्ने प्रयासमा लागेका हुन्।
जिल्लाका विशेषगरी माई नगरपालिका, चुलाचुली, माइजोगमाई र रोङ गाउँपालिकाका युवा स्वरोजगार बन्न थालेका हुन्। तालिम र कतिपय अवस्थामा बीउ पुँजी अनुदान लिएर भएपनि उनीहरू यहीं उद्यम गर्न थालेका हुन्। युवाले गाउँमै बेमौसमी तरकारी खेती, गाई, बाख्रा, कुखुरा र बंगुर पालन गरेका छन्। उनीहरू अरू युवाका लागि समेत उदाहरणीय व्यवसायी बन्नेक्रममा छन्।
यी गाउँ र नगरबाट विशेषगरी १८ देखि ३० वर्षसम्मका युवा वैदेशिक रोजगारीमा जान्थे। अहिले यही उमेर समूहका युवा स्वरोजगार बन्ने प्रयासमा लागेका हुन्। यी पालिकाका करिब छ सय ६४ युवा अहिले गाउँमै व्यवसायमा लागेको मानवअधिकार मञ्च नेपालले जनाएको छ। मञ्चले युवालाई नै लक्षित गरी परियोजनासमेत सञ्चालन गरेको छ। परियोजनाले आफूहरूलाई सहायता पुगेको युवा बताउँछन्।
अहिले मञ्चले युवा रोजगारीलाई लक्षित गरी यी पालिकामा वैदेशिक रोजगारीको जोखिम र स्थानीय उद्यमको सम्भावनाबारे छलफल चलाइरहेको छ। युवालाई परामर्श सेवा प्रदान गर्नुका साथै युवा समूह गठन, परिचालन, तालिम र सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
सन् २०१९ मा दुई सय ४१, २०२० मा तीन सय दुई र सन् २०२१ मा एक सय २१ युवाले उद्यमशीलता विकास र व्यावसायिक योजना निर्माणको तालिम पाएको मञ्चका सन्तोष मगरले जानकारी दिए। तालिम लिएकामध्ये ८० प्रतिशतभन्दा बढी युवा व्यवसायमै लागेको उनको भनाइ छ। ‘गाउँमै व्यवसाय गरिरहेको युवामाथि समुदायले समेत विश्वास गरेको छ,’ उनले भने, ‘वैदेशिक रोजगारी नै युवाको आयको बाटो हो भन्ने बुझाइमा फरक आएको छ, स्थानीय ठाउँमै पनि स्वउद्यमशीलता, स्थानीय रोजगारीका वैकल्पिक उपाय छन् भन्ने बुझाइ सम्बन्धित युवामा मात्र होइन, समुदायमा पनि जागृत हुँदैछ।’
उनले मञ्चले उद्यामशीलता विकासका लागि गठन गरेको युवा सशक्तिकरण समूह स्थानीयस्तरमा युवाको साझा मञ्चका रूपमा विकास भएको, युवाले समूहलाई आफ्नो क्षमता विकास, नेतृत्व विकास, रचनात्मक काम गर्ने थलोका रूपमा त्यसलाई ग्रहण गरेको पनि बताए। ‘पालिकाहरूले पनि कार्यक्रमको अपनत्व ग्रहण गरेकाले दीर्घकालीन रूपमा युवालाई उद्यमशीलतामा सहयोग पुग्ने भएको छ,’ मगरले भने, ‘युवाको सुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखन रोकथाम तथा स्थानीय उद्यमशीलता प्रवर्द्धमा युवालाई क्रियाशील रहन सहयोग पुगेको छ।’
कतिपय युवाले अरू युवालाई समेत रोजगारी दिइरहेका छन्। सानो लगानीबाट सुरु गरेको व्यवसाय बढाउँदै युवाले गाउँमै आम्दानीको राम्रो अवसर आफैं जुटाउन थालेका हुन्। यहाँका युवाले उद्यमशीलता र सीप विकाससम्बन्धी तालिम लिएर व्यवसाय थालेका हुन्। उनीहरूले केराका परिकार बनाउने, च्याउ खेतीलगायत गाउँमा नयाँ कामसमेत सुरु गरिरहेका छन्। माई नगरपालिका–७ का तेजेन्द्र तामाङले कृषि व्यवसाय गरिरहेका छन्। ‘वैदेशिक रोजगारीमा भन्दा स्वदेशमै गरेको व्यवसायमा सन्तुष्ट छु,’ उनले भने, ‘पैसा कमाउन वैदेशिक रोजगारीमा गएँ, त्यतिमात्र होइन, नेटवर्किङ व्यवसायसमेत गरें,’ उनले भने, ‘घर–परिवारको हातमुख जोर्ने मेलो गर्न कतार र मलेसिया ३/३ वर्ष बसेपनि अहिले घर–गाउँमै गरेको व्यवसायमा जस्तो सन्तुष्टि पाइनँ।’
परियोजनाले युवालाई जीविकोपार्जनमा मद्दत गरेको छ। युवालाई उद्यमशीलता, सीप विकास तालिम दिएर केहीलाई व्यवसाय गर्ने बीउ पुँजी पनि प्रदान गरिएको छ। ‘परियोजनाले युवालाई विदेश नगई स्वदेशमै रोजगारी र आर्थिक उन्नतिका सम्भावना देखाइदिने, विदेश जानैपरे उचित ज्ञान र सीप सिकेर मात्र जान परामर्शसमेत दिएको छ,’ मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले भने, ‘लक्षित वर्गको विषयगत क्षमता, सामाजिक संरचनाको विकास, प्रवर्द्धन, सञ्जालीकरण र पैरवी गर्दै समस्यामा परेर फर्किएका आप्रवासी तथा मानव बेचबिखनबाट पीडितको सामाजिक–आर्थिक पुनर्स्थापनामा सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।’
सन् २०१९ मा सुरु भइ २०२२ मा सकिने परियोजनाको कुल बजेट दुई करोड ९५ लाख १९ हजार रुपैयाँ छ। ‘जीविकोपार्जनका लागि सुरक्षित आप्रवासन, स्व–उद्यमशीलतासम्बन्धी युवा सशक्तीकरण समूहको क्षमता विकास र परिचालनमार्फत् मानव बेचबिखनविरुद्ध अभियान चलाउनु यसको मूल ध्येय हो,’ कार्यकारी निर्देशक विश्वकर्माले भने, ‘जीविकोपार्जनका वैकल्पिक उपाय खोजी सीप विकासमार्फत् स्वरोजगार, उद्यम र स्थानीयस्तरमै जीविकोपार्जनका लागि सहयोग गर्ने प्रयास हो।’