५ महिनामा साढे १८ अर्ब राजस्व संकलन, मंसिरमा मात्रै करिब ४ अर्ब
०८ पौष २०७८
•
२ मिनेट पाठ
५ महिनामा साढे १८ अर्ब राजस्व संकलन, मंसिरमा मात्रै करिब ४ अर्ब
विराटनगर भन्सार कार्यालयले मंसिर महिनामा करिब ४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयका अनुसार मंसिर महिनामा भन्सारले ३ अर्ब ९४ करोड ४०लाख ७४  हजार रुपैयाँ राजस्व संकलन गरेको हो।




गत  आर्थिक वर्ष  विराटनगर भन्सार कार्यालयले ३ अर्ब १३ करोड  ४२ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको मंसिरमा  ८१ करोड बढी राजस्व संकलन गरे पनि विराटनगर भन्सार कार्यालयले लक्ष अनुसार भने संकलन गर्न सकेको छैन। मंसिर महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ लक्ष तोकिएको थियो।

त्यसो त विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन। विराटनगर भन्सार कार्यालयका अनुसार साउन महिनामा ३ अर्ब ४३ करोड ९१ लाख ६१ हजार राजस्व लक्ष तोकिए पनि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

यस्तै भदौ महिनामा ४ अर्ब १६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। असोज महिनामा ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष तोकिएकोमा ३ अर्ब ७९ करोड २४ लाख १९ हजार  रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यस्तै कात्तिक महिनामा ४ अर्ब २३ करोड २३ लाख २५ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन। साउन महिनामा लक्षको ९६.५६ प्रतिशत, भदौमा ९३,असोजमा ९२.६२कात्तिकमा ८४.१३ र मंसिरमा ९४.४६ प्रतिशत राजस्व संकलन गरेको छ। ५ महिनाको अवधिमा विराटनगर नाकाबाट १८ अर्ब ५१ करोड ६४ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। राजस्व संकलनको आधारमा विराटनगर भन्सार कार्यालयले सबै भन्दा बढी राजस्व मोटरसाईकल आयातबाट संकलन गरेको छ।

५ महिनाको अवधिमा मोटरसाईकल आयातबाट १ अर्ब ४२ करोड २२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै तयारी कपडा आयातबाट १ अर्ब १३ करोड१८ लाख २ हजार, पेट्रोलबाट १ अर्ब ८ करोड ६१ लाख ९५ हजार, पोलेथिन दानाबाट ९० करोड ६८ लाख ३८ हजार, स्ट्रील वायर रडबाट ६२ करोड ७७ लाख ८८ हजार, एलपी ग्याँसबाट ६० करोड ४ लाख ५३ हजार, एम एस् विलेटबाट ५३ करोड ८४ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ। यस्तै भटमासको कच्चातेलबाट ४८ करोड २५ लाख १० हजार, सुर्यमुखिको कच्चातेल आयातबाट ४५ करोड २३ लाख ५३ हजार, कच्चा पामतेलबाट ४१ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयको तथ्याँकमा उल्लेख छ।
अर्को समाचार
मंसिरमा साढे ५७ प्रतिशत राजस्व संकलन
१८ पौष २०८१
•
२ मिनेट पाठ
मंसिरमा साढे ५७ प्रतिशत राजस्व संकलन
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनामा लक्ष्यको साढे ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार मंसिर महिनामा लक्ष्यको ५७.६४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।




विराटनगर भन्सार कार्यालयलाई मंसिर महिनाका लागि चार अर्ब २५ करोड ११ लाख रूपैयाँ लक्ष्य तोकिएकोमा विराटनगर भन्सार कार्यालयले दुई अर्ब ४५ करोड तीन लाख रूपैयाँ मात्रै राजस्व असुली गरेको छ। विराटनगर भन्सार कार्यालयले कात्तिक महिनामा लक्ष्यको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो।

कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयलाई चार अर्ब २२ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा एक अर्ब ९१ करोड ३२ लाख रूपैयाँ मात्रै राजस्व संकलन गरेको थियो।

विराटनगर भन्सार कार्यालयले असोजमा लक्ष्यको ६०.१४ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। असोजमा विराटनगर भन्सारले चार अर्ब ८४ करोड ७७ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा दुई अर्ब ९१ करोड ५३ लाख रूपैयाँ मात्रै राजस्व संकलन गरेको थियो।

भदौ महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ५६.८१ प्रतिशत राजस्व संकलन गरेको थियो। भदौ महिनाका लागि चार अर्ब ४५ करोड ६६ लाख रूपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएकोमा दुई अर्ब  ५३ करोड १९ लाख रूपैयाँ मात्रै राजस्व असुली गरेको थियो।

साउन महिनामा भने विराटनगर भन्सार कार्यालयले लक्षको ८१.५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो। साउनका लागि विराटनगर भन्सार कार्यालयलाई तीन अर्ब ४९ करोड ७६ लाख रूपैयाँ लक्ष्य तोकिएकोमा दुई अर्ब ८५ करोड २९ लाख रूपैयाँ मात्रै असुली गरेको थियो।

आन्तरिक बजारमा माग घटेका कारण विराटनगर नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएपछि भन्सारको राजस्व पनि घटेको हो। यद्यपि कात्तिकको तुलनामा मंसिरमा विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा केही सुधार आएको छ। तरलता सहज हुँदै गएको र देशभित्र आर्थिक गतिविधि बढ्नेक्रममा रहेकाले आयात बढ्न थालेपछि विराटनगर भन्सार कार्यालयको राजस्वमा पनि सुधारको संकेत देखिन थालेको हो।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस