ठेकेदार भागेपछि सडक निर्माण अलपत्र
०७ पौष २०७८
•
४ मिनेट पाठ
ठेकेदार भागेपछि सडक निर्माण अलपत्र
बेनी–दरबाङ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङखण्ड अन्तरगत तोलाबाङमा अलपत्र सडक देखाउँदै स्थानीय कुलबहादुर गुरूङ। तस्विरः हरिकृष्ण/नागरिक
म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र पारेर ठेकेदार भागेपछि सडक निर्माण बीचैमा रोकिएको छ।




सडक स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापरवाहीले पश्चिम म्याग्दीका बासिन्दा वर्षौंदेखिको कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्। मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एक जना मजदुर पनि भेटिदैनन्।

सडकखण्डमा आवश्यक पर्ने निर्माण सामाग्रीको र कोभिड–१९ले कामदारको अभावले समस्या उत्पन्न भएको बाहना बनाउँदै काम रोकेर सम्र्पकविहीन भएको ठेकेदारका कारण घर आगनमै फराकिलो र सफा सडक देख्ने चाहना पुरा नभएको तोलाबाङका स्थानीय बृद्ध कुलबहादुर गुरुङले बताए।  

‘धुलोसँगै ठूला खाल्डाखुल्डी पोखरी बनेको छ,’ सडकको नाममा ठेकेदारले मनपरी गरेका छन्’ गुरुङले भने। उनले काम नगर्ने ठेकेदारले कारवाही गर्न जिल्लामै पुगेर समेत माग गरेपनि सुनुवाई नभएको गुनासो गरे। सडक विस्तारको काम नहुँदा सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुने गरेको छ। 

‘सडकैभरी खाल्डैखाल्डै छ। खाल्डाभरि जमेको पानी छ,’ स्थानीय दुर्गा सुबेदीले भनिन्। सडक विस्तार गरेर कालोपत्रे गर्न स्थानीयले सहयोग गरेपनि ठेकेदार भागेको उनले बताईन्। सडक विस्तारको क्रममा तोलाबाङ आसपासका क्षेत्रमा रहेका स्थानीयको जग्गा तथा घर जोखिममा परेको सुबेदीको भनाई छ।  
विकास निर्माणका काम समयमा नै नगर्ने र बहाना बनाउने निर्माण कम्पनीको कारण सडक साँघुरिएको छ। बीच सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले पैदलयात्रु र सवारीसाधन समेत जोखिममा परेको यूवा सागर गुरुङले बताए। ठेकेदारले मापदण्डविपरीत नदीजन्य बस्तु उत्खनन् गर्दा गाउँ नै जोखिममा परेको बताउँदै सडकलाई आवश्यक पर्ने सामाग्री निकाल्ने बाहनामा नदीमा मनपरी भइरहेको उनले बताए। सडक विस्तारमा सरोकारावाला निकायबाट समेत कुनै सुनुवाई नभएपछि स्थानीयले दैनिकजसो ठेकेदारलाई फोन गर्ने गरेपनि फोनै नलाग्ने गरेर बसेको उनले बताए।  

मंगलाको लाम्पाटादेखि मालिकाको दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९ सय ३२ रुपैयाँ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो। पूर्वाधार विकास कार्यालय, म्याग्दीका कार्यालयका प्रमुख सन्तोष अर्यालले ठेकेदारले सरोकारवाला तथा जनप्रतिनिधिहरुलाई साक्षी राखेर निर्माणकार्य सम्झौता अनुसार नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएपनि कम्पनी सञ्चालक पनि बेखबर भएको बताए। ‘प्रगति करिब ५० प्रतिशत मात्रै पुगेको छ । हामीले ताकेता गरिरहेका छौं,’ प्रमुख अर्यालले भने।  

ठेक्का पाएको निर्माण कम्पनीलाई सम्पर्कमा आएर काम नगरे ठेक्का सम्झौता तोड्ने चेतावनीपछि एकसाता भित्र नै काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए। ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा समेत सडकमा देखिएको समस्या समाधान गर्न कार्यालयले नियमित अनुगमन तथा ठेकेदारलाई लिखित र मौखिकरुपमा चेतावनी समेत दिइएको प्रमुख अर्यालको भनाई छ।उक्त खण्डमा चैतसम्म मात्रै म्याद थपिएको छ।

यता बिरुवा–क्याराभानका प्रतिनिधिले आयोजनास्थलबाट सम्पर्कविहिन नभएको दावी गरेको छ। सडकमै आफ्ना ठूला मेसिन सहित निर्माण साम्रागी भएकाले अब सम्झौता मितिमै काम सकिने जनाएको छ। ठेकेदारले म्याग्दीका निर्माण ब्यवसायीसँग सहकार्य गरी निर्माणको काम गर्ने गरी पूर्वाधार कार्यालयका ईन्जिनियर सहितको टोलीलाई साईट भिजिट समेत गराइसकेको बताएको छ।  
पश्चिम क्षेत्रका मंगला, मालिका र धौलागिरि गाउँपालिका तथा छिमेकी बाग्लुङको ताराखोला, बुर्तिवाङ र रुकुम जिल्लाका केही बस्तीलाई म्याग्दीको सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीनवटा प्याकेजमा स्तरोन्नति भइरहेको छ। दोलखाबाट प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका हालै निर्वाचित केन्द्रीय सदस्य जिपछिरिङ लामा सञ्चालक रहेको लामा कन्स्ट्रक्सन र अच्युत खरेल सञ्चालक रहेको समानन्तर कन्स्ट्रक्सनको लामा–समानन्तर जेभीले १२.५ किलोमिटर सडकमध्ये बेनीदेखि तातोपानीसम्मको ९ किमी सडकमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम तिब्र गतिमा भइरहेको छ ।  

सोही कम्पनीले तातोपानी–सिमसम्मको ३.५ किमी सडकमा काम नै गरेको छैन् । सडकलाई ११ मिटर चौडा बनाइ ७ मिटरमा कालोपत्रे गर्न ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिइएको थियो। मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कच्ची र धूले सडकको यात्राबाट आजित भएको बताउँदै नियामक निकायमा दर्जनपटक गुहारे पनि सुनुवाई नभएको बताए। उनले हिलाम्मे सडकको मर्मत तथा स्तरोन्नतीका लागि पालिकाले गरेको खर्च समेत भुक्तानी नभएको बताए।  

तीनवटा प्याकेजमा स्तरोन्नति भइरहेको मध्ये मंगलाको सिमदेखि लाम्पाटासम्मको ३.६५ किलोमिटर सडक स्तरोन्नतिका लागि दुई करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौता भएको छ। मापदण्ड अनुसार सडक विस्तारको क्रममा आयोजना र निर्माण व्यवसायीबाट सयौं स्थानीयवासी पीडित छन्। साबिक सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको योजना ०७५ पुसमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको हो। जिल्लाका सडकको नियमन र सुपरिवेक्षण गर्ने काम पूर्वाधार विकास कार्यालयले गरेपनि पहुँचवाला ठेकेदारका कारण कार्यालयको दवावलाई समेत बेवास्ता गर्ने गरिएको छ।
अर्को समाचार
दाङको अलपत्र चारलेन सडक बारे प्रधानमन्त्रीको चासो
०२ पौष २०७९
•
२ मिनेट पाठ
दाङको अलपत्र चारलेन सडक बारे प्रधानमन्त्रीको चासो
निर्माण अलपत्र परेको दाङको लमही तुलसीपुर चारलेन सडक प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले यो सडक निर्माणमा भएको ढिलाईका बारेमा आफू जानकार रहेको र यसको निर्माणलाई गती दिन आफूले पहल लिने बताए।  दाङबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेसंगको भेटमा देउवाले सडक निर्माणमा भैरहेको ढिलाई बारे सरोकार पक्षसंग आफूले जानकारी लिने बताए। ‘दाङको चारलेन सडक निर्माणका बारेमा प्रधानमन्त्री ज्यूले चासो ब्यक्त गर्नुभएको छ,’ प्रदेशसभा सदस्य न्यौपानले भने ‘आफूले उक्त सडक निर्माणमा भैरहेको ढिलाई बारे जानकारी पाएको र यस बारेमा सम्बन्धीत पक्षसंग जानकारी लिने प्रधानमन्त्री ज्यूले बताउनु भएको छ।’




प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा प्रदेशसभा सदस्य न्यौपानेले चार लेन सडक निर्माणमा भैरहेको चरम लापरवाही बारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए। निर्माण कम्पनीको लापरवाहीका कारण सडक अलपत्र परेको भन्दै सांसद न्यौपानले यो सडक निर्माणका लागि पहल गरिदिन प्रधानमन्त्री देउवा समक्ष आग्रह गरेका थिए।  

जवाफमा देउवाले उक्त सडक निर्माणमा आफूले पहल थाल्ने बताएका थिए। यो सडक निर्माणको जिम्मा भारतको मुम्बई स्थित तथ्य ईन्जिनीयरिङ एवं ईनफ्रास्ट्रक्चर प्रालिले लिएको छ। यो कम्पनि मार्फत अहिले यो सडक निर्माणको जिम्मा काठमाडौँ स्थित श्रेष्ठ कन्सट्रक्सनले लिएको छ। यो कन्सट्रक्सनका प्रतिनधिले केहि दिन अघि १५ दिन भित्र थप १ प्रतिसत काम गर्ने लिखित कागज गरेको थियो। तर यो १५ दिन पुरा भैसक्दा समेत निर्माण कम्पनीले काम सुरु गरेको छैन। यो अवधिमा काम सुरु नभए ठेक्का सम्झौता रद्ध गर्न मन्जुर हुने भन्दै निर्माण कम्पनिले कागज समेत गरेको थियो।  

भारतीय निर्माण कम्पनिले ३ बर्ष अघी यो निर्माणको जिम्मा लिएको थियो। ३० महिना भित्रै काम पुरा गर्ने सम्झौता बमोजिम निर्माणको जिम्मा लिएको यो कम्पनीले सडक निर्माणको काम पेटी ठेकेदार तुलसीपुरका अनुप पाण्डेलाई दिएको थियो। तर पाण्डेले काम नगरेपछि उनीसंगको ठेक्का तोडिएको थियो। त्यसपछि यो भारतीय निर्माण कम्पनिले अन्य ठेक्का कम्पनीलाई पेटी ठेक्का दिएको छ । अहिले सम्म यो सडक निर्माणको काम ९.८२ प्रतिसत मात्रै भएको छ।  
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस