सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
२०७० सालदेखि यस बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। बैंकिङ क्षेत्रमा २६ वर्षको अनुभव रहेका पाण्डेले नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन्।
बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका पाण्डे सानिमा क्यापिटलको सञ्चालकसमेत रहिसकेका छन्।