खानेपानीको अधिवेशनमा गणपुरक संख्या अपुग
०५ पौष २०७८
•
२ मिनेट पाठ
खानेपानीको अधिवेशनमा गणपुरक संख्या अपुग
सदरमुकाममा खानेपानीको पाईपलाईन गाड्दै कामदार। तस्बिरः महेश्वर
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) को ‘१३ औं साधारणसभा तथा अधिवेशन’ स्थगित भएको छ। आइतबार गाईघाटमा बोलाइएको साधारणसभामा विधान बमोजिम गणपुरक संख्या नपुगेपछि अधिवेशन स्थगित हुन पुगेको हो।




संस्थाको विधान अनुसार साधारणसभा तथा अधिवेशनका लागि कुल सदस्यमध्ये ५१ प्रतिशत हिस्सा उपस्थित हुनुपर्ने प्रावधान छ। तर, ५ सयभन्दा बढीको उपस्थिति नभएपछि साधारणसभा स्थगित गर्नुपरेको कार्यवाहक अध्यक्ष ओमबहादुर खड्काले बताए। उनका अनुसार संस्थामा २ हजार ६ सय २४ साधारण सदस्य रहेका छन्।

जसमध्ये सदस्यता नविकरण गर्नेको संख्या १ हजार ८ सय हाराहारी छ। नविकरण गर्नेमध्येबाटै ५१ प्रतिशत सस्यको उपस्थिति भएको भए अधिवेशन गर्न विाधानले बाटो खुल्ने थियो। तर, ५ सय हाराहारी मात्र सदस्यको उपस्थिति भएकाले दुई साताभित्र बोलाउने गरी अधिवेशन स्थगित गरिएको खड्काले बताए।

उद्घाटन गरी औपचारिक कार्यक्रम समापन भए पनि बन्दशत्र सुरु गर्नुअघि गणपुरक संख्याको खोजी गर्दा अपुग भएपछि कार्यक्रम अघि बढ्न नसकेको सचिव सन्तोष खड्काले बताए। ५ वर्षे कार्यकाल रहेको संस्थाको ०७३ मा १२ औं सधारणसभा तथा अधिवेशन सम्पन्न भएको थियो। समयसीमाभित्रै साधारणसभा गर्ने संस्थाको उद्देश्य भए पनि गणपुरक संख्या नपुगेपछि आउँदो १७ गतेका लागि साधारणसभा सारिएको छ।

सदरमुकाम रहेको त्रियुगा नगरपालिका १०, ११, १२ र ९ नं. वडावासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ०५३ सालदेखि त्रियुगा साना सहरी खानेपानी आयोजना सुरु भएको हो। आयोजनालाई बृहत र प्रभावकारी बनाउन एसियाली विकास बैंक (एडिवि) को सहयोगमा नगर विकास कोषबाट ३ करोड १६ लाख रुपैयाँ संस्थाले ऋण लिएको थियो। गत ०६६ जेठ २ गते सम्झौता गरेर लिएको उक्त ऋण अघिल्लो कार्यसमितिले सावाँव्याज नबुझाउँदा बढेर ६ करोड पुगिसकेको छ।

जसमध्ये हालको कार्यसमितिले १ करोड ५० लाख बुझाईसकेको र अझै ४ करोड ५० लाख भुक्तानी गर्न बाँकी रहेको कोषाध्यक्ष किरण पाण्डेले बताए। पछिल्लो ३ वर्षयता नियमित सावाँव्याज वापतको किस्ता बुझाउँदै आएको उनले बताए। पाण्डेका अनुसार कोभिड कहर आईनलागेको भए यति बेलासम्म झण्डै ऋण चुक्ता भईसक्ने थियो।

०७७ देखि सुरु भएको कोभिड महामारीले थलिएका उपभोक्तालाई पहिलो कोभिडकालको ३ महिनाको महशुल मिनाहा गरिदिएको तथा नियमित महशुल असुलीमा प्रभाव परेपछि किस्ता भुक्तानीमा अवरोध आएकाले ढिला भएको उनले बताए। कोभिड कहरपछि बिस्तारै लयमा फर्केको संस्थाले पछिल्लो समय नियमित भुक्तानी गर्दै आएको छ।

संसदीय चुनावमाजस्तै दलीय प्रतिस्पर्धाको झल्को दिने खानेपानी संस्थाको अधिवेशन हाललाई स्थगित भए पनि अध्यक्षका आकांक्षीहरु भने धेरै छन्। हरेक अधिवेशनमा अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारी बन्न तँछाड मछाड हुने गरेको छ। आसन्न अधिवेशनमा कार्यवाहक अध्यक्ष खड्का, पूर्व अध्यक्ष शंकर बस्नेत, हालका पदाधिकारी सन्तोष खड्का, किरण पाण्डेलगायतले अध्यक्षमा आफूलाई दावी प्रस्तुत गरिरहेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
८ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस