किसानलाई ‘प्रुनिङ’ सिकाउँदै चिया प्राविधिक
०४ पौष २०७८
•
५ मिनेट पाठ
किसानलाई ‘प्रुनिङ’ सिकाउँदै चिया प्राविधिक
इलामको सूर्याेदय नगरपालिका–९ मा किसानलाई चियाको बोट प्रुनिङ गर्न सिकाउँदै प्राविधिक। तस्बिरः भीम/नागरिक
सूर्याेदय नगरपालिका ९, सुन्दरपानीका किसान पञ्चवीर योल्मुले अर्गानिक हरियो चियापत्ती उत्पादन गर्न थालेको डेढ दशक बित्यो। जिल्लाकै धेरैजसो किसानले हरियोपत्तीको मूल्य प्रतिकिलो २० देखि ३५ रुपैयाँसम्ममात्र पाउँदा उनले चाहिँ ९० रुपैयाँसम्म पाइरहेकै पनि छन्। तर, जब एक कृषिविज्ञले योल्मुको चिया बगानै पुगेर प्रुनिङ (चिया बोटको डाँठ काट्नु) गर्न सिकाइदिए, तब चिया खेतीका ‘अनुभवी’ योल्मु आफैं छक्क परे।  




‘हामीले त चिया काट्नै नजानेर पो धेरै उत्पादन नास गरिसकिएछ क्यार,’ उनले सुनाए, ‘बेलैमा यसरी सिकाइएको भए यतिका वर्ष कति उत्पादन बढिसक्थ्यो होला।’ हुन त योल्मुले यसअघि पनि चियाको प्राविधिक ज्ञान नलिएका होइनन्। तर, कृषिविज्ञसमेत रहेका राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराई आफैं बगानमा पसिदिएपछि चाहिँ योल्मुले पहिला र अहिले सिकेको तरिका फरक परेको थाहा पाए। ‘पहिला पनि चियाको प्राविधिक ज्ञान त लिएको थिएँ तर अहिलेजस्तो मसिनोगरी होइन,’ योल्मुले भने, ‘अहिले डाइरेक्टर साब आफैं आएर सिकाउँदा पो थाहा भयो, हामीले चियाको सिप अझै सिकेका रहेनछौं।’  

१० रोपनीमा चिया खेती गरेका उनले सिजनमा सातामा सय किलो हाराहारी हरियोपत्ती बेच्छन्। ‘समयअनुसार चियालाई कसरी स्याहार गर्ने भन्नेबारे सबैजसो किसानलाई थाहा छैन,’ योल्मुले भने, ‘प्राविधिक काममा ध्यान नदिने हो भने चियाबाट राम्रो आम्दानी गर्न पनि नसकिनेरहेछ।’  

त्यही गाउँका अर्का किसान पेमा योल्मुले चिया खेती गरेको करिब आधा दशक बित्यो। तर, उनले अहिलेसम्म चिया खेतीबारे न कुनै तालिम लिन पाए, न कुनै प्राविधिक सिप सिक्न नै। आफ्नै गाउँ आएर प्राविधिकले चियाको प्रुनिङ सिकाउँदा भने उनका ‘आँखा खुलेका’ छन्। ‘हामीले जसरी चियाको छाँटकाँट गर्दैथियो, अहिले सिक्दा धेरै फरक रहेछ,’ उनले सुनाए, ‘हामी छोटो समयमा धेरै काम सक्नेगरी छाँटकाँट गथ्र्यौं तर त्यो गलत रहेछ, एउटै बुट्टालाई धेरैबेर लगाएर प्रुनिङ गर्नुपर्दाेरहेछ। अहिले आँखा खुलेका छन्।’ करिब ३ रोपनीमा चिया लगाएका उनले चियाको छाँटकाँटमात्र होइन, मलजल, टिपाइ, गोडमेललगायतबारे पनि आफूहरू अनभिज्ञ रहेको बताए। ‘अब चाहिँ सरकारले तालिम दिन थालेछ,’ उनले भने, ‘अब चियाको प्राविधिक काम धेरै सिकिन्छ र आम्दानी बढाउन सकिन्छ भन्ने आशा छ।’  

वर्षाैंदेखि चिया खेती गरेपनि लगानी उठाउन धौधौ खेपिरहेका किसानले यसअघिसम्म प्रायः चिया क्षेत्रका सरकारी निकाय प्रमुखको अनुहार देख्न पाउँदैनथे। चिया खेतीबारे प्राविधिक सिप, मलबीउ, व्यापारलगायतमा सहजीकरण गर्न गठन भएको बोर्ड पनि ‘देखाउन’का लागिमात्र गठन भएको अनुभव किसानले गरेका थिए। धेरै किसानको साझा गुनासो थियो–बोर्डले पनि पहुँचवालालाई मात्रै पोस्ने हो, हामी किसान सधैं जहाँको तहीं।

डा.भट्टराई भने आफैं कृषिविज्ञ पनि हुन्। उनी बोर्डमा आएपछि भने चिया क्षेत्रले अलि बढी आशा गरेको बताउनेगरेका छन्। भट्टराईले बगानमै आएर किसानलाई चियाको सिप सिकाइदिए। त्यतिमात्र होइन, उनले चियाका अरू प्राविधिक पनि बगानमै ल्याइदिएपछि किसान हर्षित भएका छन्। बोर्डले किसानका लागि गर्नसक्ने र गर्नुपर्ने धेरै जिम्मेवारी पूरा गर्न बाँकी नै रहेपनि बोर्डको यो प्रयासलाई चाहिँ चिया खेतीमा राम्रो अवसरका रूपमा लिएका छन् किसानले।

‘पहिला त चिया तथा कफी विकास बोर्डमा को आउँथ्यो, को जान्थ्यो, हामीलाई थाहै हुँदैनथ्यो,’ अर्का किसानले सुनाए, ‘कम्तीमा पनि यो पटक डाइरेक्टर आफैं आउनुभएछ, हाम्रो खबर सोधीखोजी गर्नुभो, प्राविधिक ज्ञान पनि सिकाउन थाल्नुभएको छ, हामीलाई बोर्डसँग आशा छ।’  

विदेशी मुद्रा आर्जनको गतिलो स्रोत बन्ने सम्भावना रहेको चिया क्षेत्रका किसान आफूहरू सधैं मर्कामा परेको गुनासो गरिरहेका छन्। सामान्य हिसाबले चिया खेती गरेर त्यसबाट आम्दानी लिन नसकेका किसानलाई मलखाद, प्राविधिक ज्ञान अभाव छ। तर बोर्डले यसपटक सिजनअनुसार चियाको प्राविधिक काम सिकाउन थालेपछि किसानले यसबाट लाभ लिन पाउँदै छन्।

बोर्डले यतिबेला सूर्याेदय नगरसहित विभिन्न गाउँका किसानलाई चियाको प्रुनिङ सिकाइरहेको छ। गाउँमा किसानको समूह बनाएर उनीहरूलाई प्राविधिक पक्षबारे चिया बगानमै पुगेर व्यावहारिक सिप सिकाइरहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार जिल्लाका दुई हजार सात सय ९० किसानलाई चिया बगानमै गएर सिप सिकाइँदैछ। 

कार्यकारी निर्देशक भट्टराईले जिल्लामा अहिले ११ ठाउँका बगानमा ८६ समूह बनाएर किसानलाई प्रुनिङको सिप सिकाइरहेको बताए। ‘यो चियाको प्रुनिङ गर्ने सिजन भएकाले अबको करिब १० दिनभित्रमा दुई हजार ७ सय ९० किसानलाई बगानमै गएर यो सिप सिकाउँदैछौं,’ उनले भने, ‘प्राविधिक हिसाबले अहिले प्रुनिङको बेला भएकाले किसानलाई यसैको सिप सिकाइमा केन्द्रित गरेका छौं।’  

भट्टराईले किसानलाई बगान व्यवस्थापन, बीउ–बिरुवा, मलखाद र हरियोपत्ती टिपाइको प्राविधिक सिप पनि सिकाइने बताए। ‘अहिलेको कार्यक्रम गुणस्तरीय चिया उत्पादनको जग हाल्नलाई हो,’ उनले भने, ‘प्राविधिक सिप नभए चियामा कुनै हालतमा गुणस्तर कायम राख्न नसकिने भएकाले किसानबाटै यो अभियान सुरु गरेका हौं।’

किसानलाई चिया सिप सिकाइरहेका प्राविधिक नवीन कोइरालाले चियाको बोटको प्रुनिङ पनि जथाभावी तरिकाले भइरहेको पाएको बताए। ‘अहिलेसम्म बोटको कति उचाईमा प्रुनिङ गर्ने भन्नेसम्मको सिप पनि किसानमा नभएको पाएकाले बोट धेरै बिग्रिएको रहेछ,’ उनले भने, ‘यो पटक प्रुनिङ गरेपछि चियाको बोट सुध्रिन्छ, बोटका गाँठागुँठी हट्छन्, नियमित यसरी स्याहार्दा उत्पादन पनि बढेर जान्छ।’  

बोर्डले नेपाली अर्गानिक चियाको गुणस्तर र व्यापार बढाउन अहिले १७ करोड रुपैयाँ खर्चेर किसानलाई नै लक्षित गरी ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि’ परियोजना सञ्चालन गरिरहेको छ। परियोजनाअन्तर्गत किसानलाई चियाको प्राविधिक सिप सिकाइएको हो। ‘करिब ३ वर्ष चल्ने परियोजनाले अर्गानिक चियाको गुणस्तर र अन्तर्राष्ट्रिय व्यापार बढाउन सहयोग गर्नेछ,’ बोर्डअन्तर्गतको चिया विस्तार योजना कार्यालय प्रमुख इन्द्र अधिकारीले भने, ‘यो परियोजनाले मुख्यतः किसानकै बगानमा अर्गानिक चियाको गुणस्तर बढाउने लक्ष्य राखेको छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस