चर्को व्याजदर नियन्त्रण नगरे आन्दोलनमा उत्रने चेतावनी
०४ पौष २०७८
•
३ मिनेट पाठ
चर्को व्याजदर नियन्त्रण नगरे आन्दोलनमा उत्रने चेतावनी
नेपाल उद्योग परिसंघ प्रदेश १ले आयोजना गरेको पत्रकार सम्मेलन। तस्बिरः विनोद/नागरिक
तरलताको अभाव देखाउँदै बैंकहरू चर्को व्याज लिन थालेको भन्दै नेपाल उद्योग परिसंघ प्रदेश १ ले चर्को व्याज विरुद्ध चरणबद्ध आन्दोलन थाल्ने चेतावनी दिएको छ। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी चर्को व्याजदरका  कारण उद्योगहरू थाला पर्ने अवस्थामा पुगेकाले चरणबद्ध आन्दोलन थाल्ने नेपाल उद्योग परिसंघले चेतावनी दिएको हो।




नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले यहि अवस्था रहे उद्योगहरू टाट पल्टिन धेरै समय नलाग्ने भएकाले तत्काल बैंकको व्याजदर नियन्त्रण नगरे आफूहरू चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने बताए। उनले भने ‘तरलता अभाव र चर्को व्याजदरले अवस्था विकराल भइसकेकाले पहिले सरकारलाई अल्टीमेटम दिन्छौं त्यसपछि चरणबद्ध आन्दोलनमा उत्रन्छौं।’ बैंकहरूले औद्योगिक कच्चापदार्थ आयातका लागि पनि  एलसी खोल्न नमान्दा नेपाली उद्योगहरू मारमा परेको घिमिरेले बताए।  

उनले  बाणिज्य बैंकहरूलाई उचित  नियमन गर्न नसके नेपालको अर्थतन्त्र दुर्घटनातर्फ जाने  दाबी गरे। उनले उद्योग र बैंकका लगानीकर्ता एउटै व्यक्ति हुँदा नेपालमा बैंकको व्याजदर छिटोछिटो परिवर्तन हुनेगरेको बताए। चर्को व्याजले उद्योगमा घाटा भएपनि बैंकबाट नाफा हुने भएकाले नीतिगत रुपमै बैंकका लागानकिर्ता र उद्योगका लगानीकर्ता फरक–फरक व्यक्ति हुने व्यवस्था गर्नु पर्ने घिमिरेको भनाई छ। उनले भने‘उद्योग टाट पल्टने र बैंक मोटाउने अवस्था आउन नदिन उद्योग र बैंकमा छुट्टाछुट्टै लगानीकर्ता हुने नीतिगत व्यवस्था गर्नुपर्छ।’  

पत्रकार सम्मेलनमा घिमिरेले हालैसम्पन्न उद्योग परिसंघको बंगलादेश भ्रमणका उपलब्धीहरू बारे पनि जानकारी दिए। उनले भ्रमणले नेपालबाट वंगलादेश विद्युत निर्यातको ढोका खुलेको दाबी गरे। घिमिरेका अनुसार आगामि मार्चमा नेपाल, भारत र वंगलादेशका विदेशमन्त्रीको बैठकले नेपालबाट ५ सय मेघावाट विद्युत वंगलादेश लैजाने सहमति गर्ने वातावरण तयार पारेको दाबी गरे। उनले कृषि र पर्यटनको क्षेत्रमा पनि वंगलादेशसँग सहकार्य गर्ने सहमति भएको जानकारी दिए।  

नेपाल उद्योग परिसंघ प्रदेश १ का संरक्षक पवनकुमार सारडाले ५ महिनामा १० प्रतिशत पनि विकास खर्च नहुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताए। उनले चर्को व्याजदर र सरकारको अस्थिर नीतिले समग्र अर्थतन्त्र समस्यामा परेको धारणा राखे। सरकारले केहि उद्योगको हित गरेर धेरै उद्योगलाई समस्यामा पार्ने नीति लिएको बताउँदै सरकारको गलत नीतिलाई तत्काल सुधार गर्न सारडाले आग्रह गरे।  

नेपाल उद्योग परिसंघका प्रमुख सल्लाहकार महेश जाजुले बैंकले लगानी गर्न छाडेर बागर्नेनिहङ गर्न थालेको आरोप लगाए। उनले औद्योगिक कच्चा पदार्थ आयातका लागि एल्सी खोल्न पनि बैंकहरूले उद्योगीहरूसँग व्याजमा बार्गेनिङ गरिरहेको  बताए। एलसी खोल्न जाँदा पैसा छैन भनेर बैंकहरूले व्याजमा बार्गेनिङ गर्न थालेको जाजुले बताए।  उनले भने‘बैंकहरू लगानी गर्न छाडेर बार्गेनिङ गर्न थालेका छन्।’  एलसी खोल्न नमानेपछि चर्को  व्याज तिर्न बाध्य भएको उनले बताए। 

जाजुले पुरानै अवस्थामा एलसी खोल्ने व्यवस्था गर्न सरकारसँग माग गरे। बैंकहरूले थोरै निक्षेप संकलनका लागि व्याज बढाउने होडवाजीले उत्पादनमुलक क्षेत्रका उद्योगहरूमा लागनी गर्न लगानीकर्तालाई समस्यामा पार्ने काम भइरहेको परिसंघले जनाएको छ। परिसंघले बैंकको व्याजदरलाई सिंगल डिजिटमै राख्न र उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहित गर्ने नीतिगत व्यवस्था गर्न आग्रह गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस