त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले संस्थापक अध्यक्ष रत्नबहादुर श्रेष्ठलाई सम्मान गरेको छ। बयोबृद्ध श्रेष्ठलाई ८४ वर्ष प्रवेशको अवसरमा परिवारद्वारा आयोजित ‘८४ औं वर्ष महोत्सव’ मा संघको पदाधिकारी टोलीले घरमै आएर सम्मान गरेको हो।
संघका कार्यबाहक अध्यक्ष रमेश रसाईली नेतृत्वको टोली आईतबार साँझ घरमै पुगेर श्रेष्ठलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गर्यो। पूर्व उपाध्यक्ष भरत चामलिङ, तदर्थ समिति उपाध्यक्ष हस्तमाया राई, सदस्यहरु नविन बस्नेत, बिनोद पाण्डे, केदार थापा, रुपम अनुराग, सरोज बस्नेत र विष्णु ओली राई तथा टीका श्रेष्ठ, पर्शुराम चौधरी र संस्थापक सदस्य डिल्ली उप्रेतीको टोलीले श्रेष्ठलाई सम्मान गर्दै दीर्घायु र सुस्वास्थ्यको कामना गरे।
व्यापारीहरुलाई एकीकृत गर्दै पेशागत हकअधिकारको रक्षा गर्न श्रेष्ठको अगुवाईमा ०५८ सालमा त्रियुगा उद्योग बाणिज्य संघको स्थापना भएको हो। संस्थापक अध्यक्ष श्रेष्ठले लगातार ३ कार्यकाल संघको नेतृत्व सम्हालेर नयाँ पुस्तालाई जिम्मेबारी हस्तान्तरण गरेका थिए। त्यसयता आधादर्जन बढीले संघको नेतृत्व सम्हालिसकेका छन्।
गएको दुईवर्षयता भने संघ चरम बिबादमा छ। दुईवर्षअघि नै कार्यकाल सकिए पनि कोविडको बहाना गरेर अधिवेशन नगराई बसेका अध्यक्ष गजेन्द्रकुमार भगतलाई भ्रष्टाचार गरेको आरोपमा बहुमत कार्यसमिति सदस्यले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्दै रसाईलीलाई कार्यबाहक अध्यक्ष बनाएपछि बिबाद सतहमा आएको हो। अहिले भगत रसाईली दुवैपक्ष पालैपालो उच्च अदालत र जिल्ला प्रशासन धाएर एकले अर्कालाई तह लगाउने अभियानमा लागेका छन्।
अदालत र प्रशासनले समितिको कार्यावधि सकिएको भन्दै यथासिघ्र अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न आदेश गरेको छ। जस अनुसार आउँदो पुसमा अधिवेशन गर्ने गरी सदस्यता नविकरण कार्य जारी राखेको जनाएको छ।
सम्मान ग्रहण गर्दै संस्थापक अध्यक्ष श्रेष्ठले संघलाई बिबादको थलो नबनाएर सम्पूर्ण उद्योगी, व्यापारीको साझा छाता संस्था बनाउन आग्रह गरे। उनले बाणिज्य संघ राजनीति गर्ने थलोभन्दा उद्योग व्यापारीको हक अधिकार स्थापित गर्ने संस्थ भएकाले राजनीतिकरण नगर्न पनि सुझाएका छन्।
मंसिर २६ गते आईतबारदेखि ८४ औं वर्ष पुरा गरी ८५ लागेका श्रेष्ठको जन्मोत्सव कार्यक्रम आयोजना गरी बजार परिक्रमा गराउँदै शीर उभ्याएको छोरा गोपाल श्रेष्ठले बताए। उनका अनुसार नेवारी परम्परा अनुसार बृद्ध बाउ–आमा ८४ वर्ष पुगेको अवसरमा रथ यात्रा गराउने तथा भोज आयोजना गरेर शीर उभ्याउने प्रचलन छ।