कांग्रेसले ३ करोड चन्दा उठायो
२६ मंसिर २०७८
•
३ मिनेट पाठ
कांग्रेसले ३ करोड चन्दा उठायो
१४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले अहिलेसम्म ३ करोड चन्दा उठाएको छ। केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका एक सदस्यका अनुसार प्रतिबद्धता जनाए अनुसार करिब २ करोड चन्दा उठ्न अझै बाँकी छ। 




‘अहिलेसम्म झण्डै ३ करोड रूपैयाँ चन्दा बापत उठिसकेको छ भने ५ करोडसम्म उठ्ने अनुमान गरेका छौं,’ आर्थिक समितिका सदस्य दिपक खड्काले भने, ‘यसपटक हामीले सर्वसाधारणबाट एक रूपैयाँ पनि चन्दा लिएका छैनौं।’  

चन्दा उठाउने तथा महाधिवेशनको खर्च व्यवस्थापन गर्ने जिम्मा आर्थिक समितिले लिएको छ। आर्थिक समिति स्रोतका अनुसार यसपटक नेपाली कांग्रेसलाई उमेश श्रेष्ठ, दिपक खडका, विनोद चौधरी, अनिल रुँगटा र इन्द्र बानियाँले २५÷२५ लाख रूपैयाँ चन्दा दिएका छन्। अहिलेसम्म दिइएको चन्दामध्ये यो रकम सबैभन्दा माथिल्लो रकम हो।  

नेपाली कांग्रेसलाई २५ लाख रूपैयाँ चन्दा दिनेहरूमा श्रेष्ठ वर्तमान सरकारमा राज्यमन्त्री छन् भने चौधरी प्रतिनिधिसभा सांसद हुन्। यसैगरी, इन्द्र बाँनिया नेपाली कांग्रेस वाग्मती प्रदेशका सभपाति हुन्। समितिका एक सदस्यका अनुसार आर्थिक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले यसपटक १५ लाख रूपैयाँ चन्दा दिएका छन्। आर्थिक समितिमा ११ जना सदस्य छन्। दिपकुमार उपाध्याय र विनोद चौधरी आर्थिक समितिका सल्लाहकार हुन्। 

आर्थिक समितिले बैठक गरेरै आर्थिक समितिमा रहेका सबै सदस्यहरूले न्यूनतम ५ लाख रूपैयाँ चन्दा दिने निर्णण गरेको एक सदस्यले बताए। आर्थिक समितिमा जयराम पाण्डे, मोहन आचार्य, पाल्तेन गुरूङ, दिव्यमणि राजभण्डारी सदस्य छन्। पाण्डेले भने आफ्नो भागमा परेको ५ लाख रूपैयाँ चन्दा दिइसकेका छन्।  

आर्थिक समितिका अर्का एक सदस्यका अनुसार केन्द्रीय समिति, मन्त्री तथा पार्टीबाट लाभको पद धारण गरेका व्यक्ति बाहेक केही थोरै व्यक्तिसँग चन्दा उठाइएको छ। ती सदस्यका अनुसार करिब ३० जना त्यस्ता व्यक्तिबाट चन्दा उठाइएको छ, जसमध्ये करिब २० जनाले दिइसेका छन्। करिब १५ जनाले चन्दा दिन बाँकी छ।  

कांग्रेसले यसपटक पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्री, सांसद, प्रदेश सरकारका मन्त्री, सांसद, सार्वजनिक पद धारण गरेका व्यक्ति तथा केही थोरै व्यवसायीबाट चन्दा उठाएको छ। आर्थिक समितिका अर्का एक सदस्य अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यहरूले २५÷२५ हजार पार्टीलाई शुल्क बुझाउने व्यवस्था गरिएको छ। यसैगरी, संघीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा प्रदेश सभाका सांसदहरूलाई १–१ महिनाको तलब पार्टीलाई चन्दा स्वरूप उपलब्ध गराउन कांग्रेसले सर्कुलर जारी गरेको छ। चन्दाका लागि राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकमा खाता खोलिएको छ। चन्दादाताले सोझै बैंकमा रूपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ।  

व्यक्तिबाट मात्र ५ करोड रूपैयाँ नउठ्ने भएकोले आर्थिक समितिले प्रत्येक महाधिवेशन प्रतिनिधिबाट ३÷३ हजार रूपैयाँको दरले दर्ता शुल्क उठाएको छ। उम्मेदवारी मनोनयनबाट उठेको रकम समेत आर्थिक समितिले प्रयोग गर्नेछ। ‘हामीले उठाएको रकमले पुगेन भने पार्टीको कोषबाट पैसा माग्छौं, बाँकी रह्यो भने पार्टीको कोषमा जम्मा गर्छौं,’ खड्काले भने।  

कोषाध्यक्ष सितादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा नेपाली कांग्रेसको कोषमा १० करोड रूपैयाँ जम्मा भएको उल्लेख छ। आर्थिक समितिले १४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड खर्च हुने अनुमान गरेको छ। त्यसमध्ये महाधिवेशन प्रतिनिधिको लागि भोजन, आवास, मञ्च निर्माण, प्रचारप्रसारमा खर्च लाग्ने अनुमान गरिएको छ। मञ्च व्यवस्थापनमा मात्रै ४० लाख रूपैयाँ खर्च लागेको बताइएको छ। यसैगरी, महाधिवेशन प्रतिनिधिको भोजन र आवासको लागि ३ करोड ५० लाख रूपैयाँदेखि ४ करोडसम्म खर्च लाग्ने अनुमान गरिएको छ। महाधिवेशन लम्ब्यिो भने ६ करोडभन्दा बढी रकम खर्च हुने अनुमान आर्थिक समितिका सदस्यले गरेका छन्। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१५ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस