नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला २ सय रुपैयाँले उकालो लागेर ९४ हजार ६ सय कायम भएको छ। पहेँलो धातु गत शुक्रबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ छ। अघिल्लो दिन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा १० रुपैयाँले उकालो लागेर एक हजार २९५ कायम भएको छ। चाँदी शुक्रबार प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ।