निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा हुँदै आएको प्याराग्लाइडिङ उडान के हुने भन्नेमा दोधार भईरहँदा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव नहुने स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि अहिलेकै ठाउँमा प्याग्लाइडिङ उडान प्राविधिक रुपमा सम्भव नहुने प्राधिकरणले बताएको हो। प्राधिकरणको भनाईपछि प्याराग्लाइडिङ व्यवसायीलाई अहिले उडान भईरहेको ठाउँबाट अन्यत्र सर्नुपर्ने दवाव आइपरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पनि प्याराग्लाइडिङ बिस्थापित गर्ने चाहना नभएपनि प्राविधिक रुपमा बाध्यता आइपर्न सक्ने प्राधिकरणको भनाई छ।
अर्बाै रुपैयाँ लगानी भएको विमानस्थल बचाउने वा मनोरञ्जनात्मक गतिविधिको रुपमा रहेको प्याराग्लाइडिङ उडान गर्ने भन्नेमा स्पष्ट हुन प्राधिकरणले पोखरेली व्यवसायीलाई अनुरोध गरेको छ। दुवैखाले उडान (हवाई र प्याराग्लाइडिङ) एकैपटक गरेर दुर्घटना निम्त्याउन नहुने प्राधिकरणको भनाई छ।
पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि के गर्ने भन्नेमा सोमबार भएको छलफलमा प्राधिकरणको एयर ट्राफिक म्यानेजमेन्ट (एटिएम) विभागका प्रमुख सुवर्णराज उपाध्यायले भने, ‘अहिलेकै अवस्थामा पोखराको आकाशमा हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव हुँदैन।’
उपाध्यायका अनुसार अहिले पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोस्युडर डिजाइनले अन्तिम रुप लिइसकेको छैन। हाल विमानस्थल बनाईरहेको चिनियाँ कम्पनि सिएएमसीले फ्लाइट प्रोस्युडर डिजाइन बनाएको हो। फ्लाइट प्रोस्युडरमा आकाशमा जहाज उडने बाटो तय हुन्छ। फ्लाइट प्रोस्युडरको ड्राफ्ट तयार गरेर प्राधिकरणमा पुगेको भएपनि त्यसले अन्तिम रुप पाएको छैन। तर, त्यही ड्राफ्टले नै अन्तिम रुप पाउने सम्भावना रहेको उपाध्यायले बताए। ड्राफ्टमा उल्लेख गरिएको प्राविधिक पक्ष परिवर्तन भईहाल्ने अवस्था नभएको उनले बताए। किनकी तोकिएको एयरस्पेसलाई आधार मानेर डिजाइन बनेको हुन्छ।
उनका अनुसार पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाई र २६ किलोमिटर लम्बाईको एयरस्पेस रहेको छ। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकको पश्चिम बिन्दुबाट हाल चालु विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म ५ किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ। अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाईसम्म मात्र उड्न पाउँछन्।
‘पूर्वबाट अवतरण गर्ने जहाजले एप्रोच गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा प्याराग्लाइडिङ सम्भव हुँदैन,’ उपाध्यायले भने, ‘फ्लाइट प्रोस्युडर नै त्यही अनुसारको छ। डिपार्चर र मिस एप्रोचमा समस्या आउन सक्छ।’ अहिलेकै अवस्थामा एकैपटक दुवैखाले उडान सम्भव नहुने उनले बताए। ‘तोकिएको एयरस्पेसभित्र उड्ने भएकोले प्याराग्लाइडिङ उडानका लागि सम्भावना खोज्नुपर्छ,’ उनले भने।
डिपार्चर (पश्चिम हुँदै उड्ने) र मिस एप्रोच (पूर्वबाट अवतरण गर्ने क्रममा समस्या भएमा) मा समस्या भएकोले नै प्याराग्लाइडिङलाई सम्भावना नहुने उनले बताए। ‘दुईवटा गतिविधि एकैपटक सम्भव नै हुँदैन। प्याराग्लाइडिङ उड्ने आकाशमा हवाईजहाज उड्नुपर्ने हुन्छ। त्यसले असर गर्ने भएकोले दुवैखाले उडान एकैपटक सम्भव छैन,’ उनले भने, ‘हवाईजहाजको कारणले प्याराग्लाइडिङ र प्याराग्लाइडिङका कारण हवाईजहाजलाई असर पार्नु हुँदैन।’ उनले प्याराग्लाइडिङ उडानका लागि भिन्दै सम्भावना खोज्नुपर्ने बताए।
व्यवसायीले भने कुनैपनि हालतमा पोखराको आकाशमा उडान हुने हवाई खेलकुद लाई बिस्थापित गर्न नहुने बताएका छन्। पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष पोमनारायण श्रेष्ठले अल्ट्रालाइट र प्याराग्लाइडिङलाई पोखराकै आकाशभित्र व्यवस्थापन गर्नुपर्ने बताए। अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटकीय गतिविधि नै ध्वस्त बनाउने गरि अन्तर्राष्ट्रिय विमानस्थल आउनुले अर्थ नराख्ने बताए। ‘धेरै पर्यटकीय गतिविधि ध्वस्त भइसके। पदयात्रा क्षेत्र सकिएको छ। अब प्यराग्लाइडिङ र अल्ट्रालाइट पनि गुमाउनु नपरोस’ उनले भने, ‘प्याराग्लाइडिङ बिस्थापित भए त्यसमा निर्भर पाइलट पनि खाडि मुलुक पस्नुपर्ने बाध्यता आइपर्छ।’
अर्का व्यवसायी बासु त्रिपाठीले पनि सम्भव भएसम्म अन्तर्राष्ट्रिय उडानको सेड्यूल मिलाएर प्याराग्लाइडिङलाई जोगाइराख्नुपर्ने बताए। पोखराको पर्यटनको पहिचानको रुपमा रहेको प्याराग्लाइडिङ मर्न दिन नहुने उनले बताए। प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुदका अध्यक्ष कृष्ण भण्डारीले बिस्थापित भएर अन्यत्र जाने कुरा सौच्दै नसोचेको बताए। प्याराग्लाइडिङ क्षेत्र स्थापना भएको अढाई दशक भएकोले यो अवधिकोे पहिचान मेट्न नहुने उनले बताए। ‘अहिलेकै अवस्थमा सम्भव नभएमा प्राविधिक रुपमा व्यवस्थापन गर्न सकिने देखिएको छ। केही उच्चतम प्रविधि अपनाएर व्यवस्थापन हुने सम्भावना छ,’ भण्डारीले भने, ‘उडान समयलाइ व्यवस्थापन गरेर भएपनि पोखराभित्रै रहिरहने सम्भावना छ।’
तर प्याराग्लाइडिङकै कतिपय व्यवसायी भने विमानस्थल निर्माण सुरु भएसँगै विकल्प खोज्न प्राधिकरणले भनिरहँदा प्याराग्लाइडिङ व्यवसायीले आँखा चिम्लेको बताउँछन्।
‘एयर स्पेस हामीले चाहेर बन्ने होईन। त्यसैले विमानस्थल बनाउन थाल्दा नै यो विषयमा बहस भईरहेको थियो। प्राधिकरणले पहिलेदेखि नै हवाई र प्याराग्लाइडिङ उडान एकैपटक मिल्दैन भनिरहेको हो,’ एकजना व्यवासायीले भने, ‘अहिले पनि त्यही कुरा आएको छ। अहिलेकै अवस्थमा सतप्रतिशत सम्भव छैन भन्ने देखिएको हो। त्यसैले व्यवसायीले विकल्प खोज्न ढिला गर्नु हुँदैन।’
प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री पनि मनोरञ्जनात्मक हवाई गतिविधिलाई पोखराबाट बिस्थापित गर्न नचाहेको बताउँछन। तर बाध्यता आइपरेमा सम्भावना खोज्नुपर्ने उनले बताए। ‘२२ अर्ब रुपैयाँ भनिएपछि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लगानी झन्डै ३० अर्ब रुपैयाँ पुगिसक्यो। अर्बाै लगानीको विमानस्थललाई छाडेर प्याराग्लाइडिङ राख्न सकिन्न,’ क्षेत्रीले भने, ‘हवाई खेलका गतिविधि पोखराबाट हटोस भन्ने हाम्रो चाहना होईन। तर, मुढेबल गर्न सकिन्न । क्षति नहुनेतर्फ सचेत हुनुपर्छ।’
प्याराग्लाइडिङ उडानका लागि समय व्यवस्थापन गर्न सकिने उनले बताए ‘प्राविधिक रुपमा हामीले अवस्था देखाएका हौ। कम भन्दा कम क्षतिमा व्यवस्थापन गर्न चाहेका हौ । प्रोस्युडर डिजाइनलाई परिवर्तन गरेर भोलि दुर्घटना हुन भन्दा त क्षति नगरी स्थापित गर्न चाहेका हौ,’ उनले भने, ‘भोलि ठुलो दुर्घटना हुन दिनु हुन्न। ठुलो लगानी र ४० वर्षको मेहनतपछि विमानस्थल बनेकोले यसको संचालन पनि राम्रो होस भन्ने चाहेका हौ। कुनै ठुलो दुर्घटना निम्त्याउन हुँदैन।’ स्लट व्यवस्थापन गरेर भएपनि प्याराग्लाइडिङको उडान जोगाउने प्रयास गर्ने उनले बताए। ‘अन्तर्राष्ट्रिय उडानको तालिका र समय हेरेर व्यवस्थापन गर्न चाहेका छौ। तर त्यो सबै हाम्रो हातमा हुँदैन,’ उनले भने। हामी बिस्थापित गर्न होईन, स्थापित गर्न आएका हौ। तर, प्राविधिक रुपमा बाध्यता आइपर्न सक्छ।’
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडान र अवतरणका लागि तयार भएको छ। विमानस्थलका आन्तरिक पूर्वाधार तयार भईसकेपनि बाँकी रहेका केही बाह्य कामले गर्दा संचालनमा भने आएको छैन। विमानस्थल कहिलेदेखि संचालनमा आउने भन्ने अझै यकिन नभए पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भने यहाँको आकाशमा पर्यटक घुमाउने प्याराग्लाइडिङलाई आगामि जनवरी १ अगावै अन्यत्र सार्न निर्देशन दिएको छ।
विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा हुँदै आएको प्याराग्लाइडिङ उडान के हुने भन्नेमा अन्योल भईरहँदा हवाई क्षेत्रको नियामक निकाय क्यानले हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव नहुने भन्दै जनवरी १ अगावै अन्यत्र सर्न निर्देशन दिएको हो। अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गराइन्छ। प्याराग्लाइडिङसँगै यहाँको आकाशमा उड्ने अल्ट्रालाईट जहाज पनि अन्यत्र सर्नेछन्। प्राधिकरणले बाँकी रहेका बाह्य काम सकिएमा आगामि जनवरी १ बाटै यहाँको अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने लक्ष्य पनि राखेको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्याराग्लाइडिङ उडानको गन्तव्य सार्नका लागि जनवरी १ को ‘डेडलाईन’ दिएको बताए। ‘प्याराग्लाइडिङ सार्नका लागि जनवरी १ को अन्तिम समय तोकिएको छ। त्यो भन्दा अगावै प्याराग्लाइडिङ पोखराको आकाशबाट अन्यत्र सर्नुपर्छ,’ अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ सम्भावना हुँदैन ।’ प्राधिकरणले केहीदिन अघि पोखराका व्यवसायीलाई काठमाडौं बोलाएर प्याराग्लाइडिङ अन्यत्र सार्न भनेको थियो।
‘पोखरा महानगरपालिकाले गर्नुपर्ने काम गर्यो भने पोखराको अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ मा संचालन गर्ने लक्ष्य हो,’ महानिर्देशक अधिकारीले भने, ‘तर त्यसका लागि महानगरले बेलैमा काम सक्नुपर्ने हुन्छ।’ महानगरले विमानस्थल नजिकैको ल्याण्डफिल साइट अन्यत्र सार्नुपर्ने हुन्छ। ल्याण्डफिल साइट नसारेसम्म फोहरका कारणले चरा आकर्षित हुने र त्यसको बाधा हवाई उडानमा पर्ने विज्ञहरुले बताईरहेका छन। त्यसबाहेक विमानस्थलको पहुँचमार्गमा पर्ने डाँडा कटानको काम पनि बाँकी रहेको छ।
प्राधिकरणले यसअघि पनि व्यवसायीलाई जतिसक्दो छिटो प्याराग्लाइडिङ पोखरा बाहिर सार्नेगरि तयारी थाल्न भनिसकेको थियो। तर, व्यवसायीले भने पोखराकै आकाशमा उडान गरिरहेका छन। सकेसम्म पोखराको आकाशबाट अन्यत्र जान नपरोस भन्न व्यवसायीको भनाई छ। व्यवसायी र प्राधिकरणका पदाधिकारीबीचको भएको छलफलका एकजना सहभागिका अनुसार प्राधिकरणले प्याराग्लाइडिङ र अल्ट्रालाईटलाई अन्यत्र सार्न भनेको थियो। ‘प्याराग्लाइडिङ व्यवसायलाई अब पोखरामा ठाउँ छैन। पोखराको आकाशमा कुनैपनि हालतमा उडान सम्भव हुँदैन । प्याराग्लाइडिङ उडानबारे पूर्नबिचार गर्ने ठाउँ नै छैन,’ प्राधिकरणका पदाधिकारीको भनाई उद्धृत गर्दै ती सहभागिले भने, ‘प्राधिकरणले बेलैमा विकल्प खोज्न भनिसकेको छ।’
ती सहभागिका अनुसार पोखराको आकाश खालि गराउन प्राधिकरणले नेपाल हवाई खेलकुद संस्था (ना) लाई पत्र पठाउने भनिसकेको छ। ‘पोखराको आकाश खालि गराउनका लागि आवश्यक निर्देशन सहितको पत्र लिएर जानुस समेत भनिएको थियो। त्यसबाहेक नयाँ ठाउँमा जानुपर्दा त्यहाँका लागि पनि आवश्यक पत्र दिनुपरेमा तयार रहेको प्राधिकरणले बताएको छ,’ ती सहभागिले भने, ‘तर, पोखराको आकाश खालि गराउनुपर्छ। त्यसमा ढिलाई नगर्न प्राधिकरणको निर्देशन थियो।’ पोखराबाट अन्यत्र सर्दा नयाँ ठाउँ व्यवसायीले पहिचान गर्नुपर्ने र उडानका हिसाबले हवाई मार्गमा पर्ने वा नपर्ने भनेर प्राधिकरणले अध्ययन गर्नेबारेमा समेत छलफल भएको ती सहभागिले बताए।
प्राधिकरणका अनुसार पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाई र २६ किलोमिटर लम्बाईको एयरस्पेस छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम बिन्दुबाट हाल चालु विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म ५ किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ। अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाईसम्म मात्र उड्न पाउँछन्। डिपार्चर (पश्चिम हुँदै उड्ने) र मिस एप्रोच (पूर्वबाट अवतरण गर्ने क्रममा समस्या भएमा) मा समस्या भएकोले नै प्याराग्लाइडिङलाई सम्भावना नहुने प्राधिकरणले यसअघि बताईसकेको छ।
नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतले पोखराको भएको प्याराग्लाइडिङलाई सकेसम्म बिस्थापित गर्न नपरोस भनेर पहल गरिरहेको बताए। ‘सम्भव भएसम्म पोखराको आकाशबाट अन्यत्र सर्न नपरोस भन्ने व्यवसायीको चाहना हो। यसले व्यवसायलाई नै असर पर्छ, पर्यटन क्षेत्रमा प्याराग्लाइडिङको योगदान रहेको छ,’ उनले भने, ‘सम्भव भएसम्म पोखराबाट अन्यत्र सर्न नपरोस भन्ने सबैको चाहना हो। तर, ठुलो लगानीको विमानस्थल चल्नै नसक्ने अवस्थामा प्याराग्लाइडिङ व्यवसायीले सोच्नुपर्ने हुनसक्छ।’
नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले पनि प्राधिकरणले जनवरी १ मा विमानस्थल सुचारु हुने भएकोले त्यसपछि पोखराको आकाशमा प्याराग्लाइडिङ सम्भव नहुने बताएको जानकारी दिए। ‘प्राधिरकणले पोखराका आकाशमा जनवरीपछि प्याराग्लाइडिङ उडान नहुने बताएको हो। तर, हामीले सम्भव भएसम्म अझै एकपटक अध्ययन गरेर मिलाउन भनेका छौ,’ भण्डारीले भने, ‘दोहोर्याएर अध्ययन गर्ने र अन्तर्राष्ट्रिय अभ्यास पनि हेरौ भनेका छौ। मिलेसम्म पोखराकै आकाशमा उडान गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो। तर, प्राधिकरणले अस्वीकार गरेको छ।’ उनले पनि अर्बाै रुपैयाँ लगानीको विमानस्थल सुकाएर प्याराग्लाइडिङ उडान गर्न पाउनुपर्छ भन्ने आफुहरुको मान्यता नरहेको बताए।
उनका अनुसार सराङकोटको चुचुरो १६ सय मिटर उचाइको छ। तर, प्याराग्लाइडिङ उडान १४ सय मिटरबाट हुन्छ। त्यस्तै तोरीपानीको उचाई १७ सय मिटर रहेकोले त्यो भित्र समेटिनेगरि उडान गर्न सकिने अवस्था रहनसक्छ। ‘तोकिएको क्षेत्र र उचाईभित्र रहेर उडान गर्छाै भनेका छौ,’ उनले भने, ‘त्यसका लागि अध्ययन गर्न सकिने हाम्रो भनाई छ।’ उनका अनुसार प्याराग्लाईडिङका ६० कम्पनि पोखरामा छन्। ती कम्पनिमा सबैगरि करिब दुइअर्ब रुपैयाँ लगानी छ।
‘हामीलाई पोखराबाट हट भनेर मात्र हुँदैन। राज्यले नै कतै व्यवस्थापन गर्नुपर्छ। राज्य अभिभावक बन्न सक्नुपर्छ। पोखराको प्याराग्लाइडिङलाई अन्यत्र पठाउँदा त्यसले पोखराको पर्यटनको भविश्यमाथि नै असर पार्छ,’ भण्डारीले भने। नयाँ विमानस्थल एकैपटक पूर्ण आकारमा नचल्ने भएकोले २÷३ वर्षमा अन्यत्र सर्नेगरि बिस्तारै हटाउनुपर्ने उनको भनाई छ। ‘विमानस्थल एकैपटक पूर्ण आकारमा चल्दैन। त्यसैले उडान तालिका हेरेर पोखराकै आकाशमा उडान गर्न दिने र बिस्तारै अन्यत्र पठाउँदा राम्रो हुन्छ भन्ने हो,’ उनले भने, ‘एकैपटक अन्यत्र सार्दा त्यसले पर्यटन क्षेत्रमा ठुलो धक्का दिन्छ। त्यही भएर बिस्तारै सानुपर्छ । सकेसम्म पोखराभित्रै व्यवस्थापन गर्नुपर्छ।’
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...