दसैंको चहलपहल बढ्योः पोहोर सहरमै रोकिए, अहिले बल्ल घर फिर्दै
२६ असोज २०७८
•
४ मिनेट पाठ
दसैंको चहलपहल बढ्योः पोहोर सहरमै रोकिए, अहिले बल्ल घर फिर्दै
अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी) को मुख्य प्रवेशद्वारमा पर्ने कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकले पोहोर दसैंताका एउटा निर्णय गरेको थियो। गाउँको निर्णय थियो, ‘दसैंमा मावली पनि नजाने, छोरी ज्वाइँलाई पनि टीका थाप्न नबोलाउने।’




तर, यसपटक भने घान्द्रुकले दसैंमा टीका थाप्न आउने सबैलाई स्वागत गर्दैछ। तर, कोरोना संक्रमणको जोखिम कायमै रहेकोले सुरक्षाका मापदण्ड भने पालना गर्न गाउँको अनुरोध छ। अघिल्लो दसैंमा संक्रमणको त्रासले धान्द्रुक सहितका अन्नपूर्ण क्षेत्रभित्रका गाउँले आफन्तलाई पनि टीका थाप्न नआउनु भन्दै खबर पठाएका थिए। तर, यो पटक भने संक्रमण घटेको र धेरैजनाले कोरोनाविरुद्धको खोप लगाइसकेकोले सुरक्षित महसुस गरेको स्थानीयको भनाइ छ।

स्थानीय पर्यटन व्यवसायीका अगुवा समेत रहेको किसम गुरुङले भने, ‘खासमा दसैंका दिन टीका जमरा लगाई मान्यजनबाट आर्शिवाद लिने चलन हो। दसैंमा टीका थाप्न आउनु भनेर कसैलाई निमन्त्रणा गर्नुपर्दैन। तर, घान्द्रुकका बासिन्दाले पोहोर टीका थाप्न नआउनु भन्दै छोरी ज्वाइँ, भान्जाभान्जी, तथा नातेदारलाई रोकेको थियो। तर, यो पटक भने रोकावट छैन। सबैतिर खुला छ।’ टीका थाप्न आएका आफन्तबाटै कोरोना संक्रमण गाउँसम्म फैलिने त्रास भएपछि पोहोर रोक लगाए पनि अहिले भने केही सहज रहेको उनले बताए।

‘सुरक्षित भए दसैं–तिहार अर्का वर्ष मनाउन सकिन्छ भनेर पोहोर रोकेका हौ। तर, अहिले घरबाहिर रहेका आफन्त धमाधम फर्किन थालेका छन,’ उनले भने, ‘नजिकका आफन्त त पोहोर पनि घरसम्म आएका थिए। तर, उनीहरू गाउँ भने डुलेका थिएनन्। यसपटक भने धमाधम गाउँ फर्किरहेका छन्।’ गाउँ फर्किनेको लर्का भएकाले सुरक्षित भने हुनुपर्ने उनले सुनाए। ‘स्वास्थ्य सुरक्षाका मापदण्डमा भने हेलचेक्रयाँइ नगरेकै राम्रो,’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, ‘पोहोर आउनै दिएनौ। अहिले भने कुनै रोकावट छैन।’ स्थानीयले पोहोर दसैंमा घरबाहिर रहने आफन्तलाई घरै नफर्किनसमेत भनेका थिए। यतिसम्मकी पोखरामा रहेका आफन्तसमेत गाउँ फर्किन सकेका थिएनन्।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोहोर दसैंमा छोरी–ज्वाइँ, नाती–नातीनालाई टीका लगाउन नआउनुहोला, तपाईहरूलाई हाम्रो आर्शिवाद छँदैछ। हामी पनि अग्रजसँग टीका थाप्न आउनेछैनौ, तपाईहरूको आशिर्वाद पनि हामीलाई छँदैछ। योपटक क्षमा गरिदिनुहोला। टीका लगाउन आउन पनि बाटो छेक्यो नभन्नु होला भनेर सामाजिक सञ्जालमा लेखेका थिए। सामाजिक सञ्जालमा लेखे अनुरूप उनले आफन्तलाई घरमा पनि बोलाएनन र आफु पनि अन्यत्र गएनन। तर, यो पटक भने पोहोर भन्दा केही सुरक्षित महसुस गरेको उनले सुनाए।

संस्कृतिकर्मी श्रेष्ठले त पोहोर राजधानीमा रहेका छोरीलाई फोनै गरेरै दसैंमा टीका थाप्न नआउनु भनेका थिए। ‘पोहोर मैले नै छोरीहरूलाई फोन गरेर दसैंमा टीका थाप्न नआउनु भनेको थिए। उनीहरू आउन पनि आएनन,’ श्रेष्ठले भने, ‘तर, यसपटक भने उनीहरू टीका थाप्न पोखरा आउँदैछन्। अहिले भने उनीहरूलाई आउनबाट रोक्नु परेन।’ पोहोरको दसैंमा टीका थाप्न आउनमा रोक्नुपर्नेमा अरू कुनै कारण नभई कोरोनाको त्रास थियो। यो पटक कोरोना संक्रमण कम भएकोले सबैतिर चहलपहल बढ्दा दसैंमा पनि आउजाउ हुने उनले बताए।

‘तर, सतर्कता भने यो पटक पनि अपनाउनुपर्छ। अहिले संक्रमण कमजोर भएको छ भनेर ढुक्क हुने बेला भएको छैन,’ श्रेष्ठले भने, ‘यो पटक मेरा छोरीहरू पनि पोखरा आउँदैछन्। उनीहरू पोखरा आएपनि सबैतिर टीका थाप्न भने जानेछैनन। घरमै मात्र सिमित हुनेछौं।’ कोरोनाविरुद्ध खोप लगाएकोले यो पटक केही सुरक्षित भएको पनि उनले बताए। ‘कोरोनाको भय समाप्त भएको छैन। कोरोनाको महामारी कमजोर मात्र भएको हो। कोरोनासँग जिउने अभ्यास भएको छ,’ उनले भने, ‘ढोका लगाएर बस्दा मात्र कोरोना टुंगिने छैन। त्यसैले कोरोनासँगै जिउने हो।’ अघिल्लो दसैंताका सबै नागरिक हातहतियार बिसाएका सैनिक जस्ता भएकोमा अहिले मैदानमा उत्रिन सकेको मात्र उनले बताए। तर पनि सुरक्षा सावधानी अपनाउनुपर्ने अवस्था रहेको उनले सुनाए।

‘मैले नै पोहोर छोरी–ज्वाईलाई नआउनु भनेको थिए। अहिले आएपनि सबैतिर डुल्ने बेला छैन,’ उनले भने, ‘अग्रजसँग टीका थाप्न जाने भएकोले संक्रमणको सम्भावना अग्रजलाई नै छ। एकजना वृद्धले कतिजनालाई टीका लगाउने भन्ने हो। पोहोर भन्दा फराकिलो त भएको छ। तर, फुक्काफाल हुने अवस्था छैन।’ उनले यसपटक दसैंमा पारिवारिक जीवन नरोक्ने, तर, खुला हुन नदिने गरि सचेतना अपनाउनुपर्ने बताए।

अघिल्लो पटक दसैंमा संक्रमणको त्रासले गर्दा धेरैले बसोवास छाड्न सकेका थिएनन्। सहरका मान्छे सहरमै रोकिएका थिए। निजी सवारी हुने र नजिक हुनेहरू पोहोर जसोतसो घरसम्म पुग्न पाए पनि अहिले भने केही बढी चहलपहल भएको यातायात व्यवसायमा परेको चाँप र बजारको भीडभाडले पनि देखाएको छ। यातायात व्यवसायी भन्छन, ‘पोहोर खासै यात्रु थिएनन। अहिले भने यात्रुको चाँप पोहोरभन्दा बढी छ।’ पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्र केसीका अनुसार पोहोरभन्दा यसपटक यात्रु केही आकारमा बढेका छन्। सीमित रुटमा मात्र अतिरिक्त बस पनि थपिएका छन्।

‘पोहोर अतिरिक्त बस थपिएका थिएनन्। तर, यो पटक भने केही यात्रु बढेका छन्,’ उनले भने, ‘पोहोर कोरोनाको त्रासले रोकिएका यात्रु यो पटक भने घर फर्केका छन्।’ पोहोर भन्दा १५ प्रतिशत मात्र यात्रु थपिएको उनले बताए। उनका अनुसार पोखराबाट पश्चिम रुटमा चल्ने बसमा यात्रु थपिए पनि पूर्वतिर भने अझै सोचे झैं यात्रुको भीड बढेको छैन।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस