इलामको व्यापार केन्द्र सिटी मार्ट सञ्चालनमा
२४ असोज २०७८
•
२ मिनेट पाठ
इलामको व्यापार केन्द्र सिटी मार्ट सञ्चालनमा
स्थानीय तहमध्ये सम्भवतः देशमै पहिलोपटक निजी–सार्वजनिक–साझेदारीको कानुन नै बनाएर निर्माण गरिएको इलाम चोक बजारस्थित सिटी मार्ट सञ्चालनमा आएको छ। १२ करोड १९ लाख रूपैयाँ लागतमा निर्मित सिटी मार्टको इलाम नगरका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका थिए।




व्यापारिक हिसाबले सदरमुकामको चहलपहल बढाउन र पर्यटक आकर्षित गर्न इलाम नगरपालिकाले १ नम्बर प्रदेश सरकार र स्थानीय व्यवसायीसमेतको सहकार्यमा सिटी मार्ट निर्माण गरेको छ। नगरको ८ करोड ३५ लाख ९२ हजार, स्थानीय व्यवसायीको ३ करोड ८ लाख ९१ हजार र प्रदेशको ४० लाख रूपैयाँ लगानीमा सिटी मार्ट निर्माण गरिएको हो।

इन्जिनियर दीपक गुरागाईंले ४ तले सिटी मार्ट भवन ७ सय ७१ वर्गमिटरमा फैलिएको बताए। २ लिफ्टसहितको सिटी मार्टमा ९६ सटर/पसल, ३ सय ३० जना अटाउने पार्टी प्यालेस र १ सय २० जना अटाउने रेस्टुरेन्ट छन्। यीमध्ये ७६ कोठा भाडामा लागिसकेका छन्। दोस्रो तलाका २० कोठा भाडामा लाग्न बाँकी रहेको नगरले जनाएको छ। सिटी मार्टकै अगाडि २ ब्लकमा ५ सटर निर्माण गरिएका छन्। ती सटरमा पसल खुलिसकेका छन्।

मेयर बस्नेतले सार्वजनिक–निजी साझेदारीमा स्थानीय तहमध्ये देशमै पहिलोपटक कानुन निर्माण गरी यो भवन निर्माण गरेको बताए। ‘जब नगरलाई अन्यत्र आम्दानीका स्रोत खुल्छन्, तब नगरवासीले तिर्नुपर्ने प्रत्यक्ष करमा ठूलो बोझ पर्दैन,’ उनले भने, ‘नगरको आन्तरिक आम्दानी बढाएर करको मार घटाउन यो व्यावसायिक संरचनाले पनि सघाउनेछ।’ सिटी मार्टबाट नगरपालिकाको आन्तरिक आम्दानी उल्लेख्य रूपमा बढ्ने आशा गरिएको छ। नगरले यसबाट मासिक ६ लाख ७४ हजार रूपैयाँ आम्दानी गर्ने अनुमान छ।

गाउँ–गाउँका बासिन्दा र यहाँ आएका पर्यटकलाई एउटै भवनमा सयौंखाले उपभोग्य सामग्री पाउने व्यवस्था मिलाउने नगरको लक्ष्य छ। सिटी मार्टमा छरिएर रहेका खुद्रा पसल एकै स्थानमा रहने नगरले जनाएको छ। स्थानीय ५४ व्यवसायीले सिटी मार्ट निर्माणमा ३ लाखदेखि ६ लाख रूपैयाँसम्म अग्रिम लगानी गरेका छन्। यो लगानीबापत व्यवसायीले आफ्नो रकमले भ्याएसम्म सिटी मार्टको कोठा प्रयोग गर्न पाउनेछन्। ‘एउटा कोठाका लागि मासिक ५ हजारदेखि १२ हजार रूपैयाँसम्म भाडा तोकिएको छ,’ इन्जिनियर गुरागाईंले भने, ‘व्यवसायीले गरेको लगानीबाट भाडाको रकम कट्टी हुँदै जान्छ।’ अहिलेसम्म बढीमा १२ वर्षसम्म बस्नेगरी व्यवसायीले लगानी गरिसकेको उनले बताए।

स्थानीय व्यवसायीसमेत बजारमा सिटी मार्ट बनेपछि खुसी छन्। यहाँको व्यापार–व्यवसायलाई एकीकृत गर्न नगरले गरेको यो प्रयास प्रशंसनीय भएको इलाम उद्योग वाणिज्य संघले जनाएको छ। संघ उपाध्यक्ष दुर्गा (मदन) श्रेष्ठले सिट मार्टले यहाँको व्यापारमा सघाउने बताए। तर, कोभिडका कारण लामो समय बन्द रहेको व्यवसायलाई लयमा फर्काउन स्थानीय सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने उनले माग गरे। 

विभिन्न राजनीतिक दल, नेपाल पत्रकार महासंघ, नगरस्तरीय विभिन्न समितिका प्रतिनिधिले सिटी मार्टले इलामको पर्यटन र व्यापार–व्यवसायमा इँटा थप्ने आशा व्यक्त गरे। देश संघीयता संरचनामा गएपछि जिल्ला सदरमुकामको चहलपहल घटेका बेला सिटी मार्टले पनि जमघट बढाउने आशा स्थानीयको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस