‘विदेशमा समस्यामा परेकाको बेवास्ता भयो’
२० असोज २०७८
•
२ मिनेट पाठ
‘विदेशमा समस्यामा परेकाको बेवास्ता भयो’
कोरोना महामारीको बेला वैदेशिक रोजगारीमा जानेहरू समस्यामा परे पनि राजनीतिक दल र सरकारी संयन्त्रले चासो नदिएको गुनासो गरिएको छ। 




मंगलबार मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै वक्ताहरूले राजनीतिक दलले चासो कम दिएका कारण वैदेशिक रोजगारीको क्रममा पीडित भएकाले न्याय पाउन नसकेको धारणा राखे ।

कार्यक्रममा बोल्दै जनता समाज पार्टीका वैदेशिक रोजगार तथा श्रम, आप्रवासन विभाग प्रमुख प्रेमनारायण थापाले वैदेशिक रोजगारीको समस्याबारे राष्ट्रिय स्तरमा सबैको समान धारणा हुनुपर्ने बताए।

सोही कार्यक्रममा बोल्दै श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेलले कोरोना महामारीको बेला वैदेशिक रोजगारीको नाममा ठगीमा पर्ने क्रम तीन–चार गुणाले बढेको उल्लेख गर्दै यस्तो बेला राजनीतिक दलहरूले श्रमिकका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए। ‘अहिले देखिएको समस्या समाधान गर्न भएका नीति र कानुन कार्यान्वयन हुन पनि उत्तिकै आवश्यक छ,’ उनले भने। उनले विदेशमा रहेकालाई आम निर्वाचनमा मताधिकार हुने व्यवस्था मिलाउनुपर्ने समेत बताए।

पूर्वमन्त्री तथा माओवादी नेतृ कमला रोकाले कोरोना महामारीको बेला महिलामाथि हुने हिंसासमेत बढेको उल्लेख गर्दै यसका लागि राज्यका जिम्मेवार संरचना गम्भीर हुन आवश्यक रहेको बताइन्। ‘श्रमिक समस्यामा पर्दा उनीहरूको पक्षमा काम गर्ने संयन्त्रका फोन उठ्दैनन् भन्ने गुनासो छ,’ उनले भनिन्, ‘त्यस्तै रोजगारीका लागि विदेश जाने कामदारसँग भर्ना शुल्क पनि लिन हुँदैन ।’  

पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता शेरबहादुर तामाङले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन राम्रोसँग तथ्यांक राख्नुपर्ने बताए। त्यस्तै, विदेशमा श्रमिक समस्यामा पर्नेबित्तिकै प्रभावकारी उद्धार संयन्त्रको आवश्यक रहेको उनको भनाइ छ। सरकारी तथ्यांक अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब ५५ लाख वैदेशिक रोजगारीमा गएका छन्।

तीमध्ये विदेशमा कति नेपाली छनु भन्नेबारे यकिन विवरण छैन। वैदेशिक रोजगार विभागले विदेश जानेको मात्र विवरण राख्ने तर फर्कनेको नराख्ने गर्दा विभिन्न गन्तव्य मुलुकमा २५–३० नेपाली रहेको अनुमान गर्ने गरिन्छ। कोरोना महामारीपछि रोजगारी गुमाएर पाँच लाख हाराहारी श्रमिक स्वदेश फर्किएका छन्। 
अर्को समाचार
वैदेशिक रोजगार विभागका नायब सुब्बा पन्ध्र हजार घुससहित पक्राउ
२९ फागुन २०८०
•
१ मिनेट पाठ
वैदेशिक रोजगार विभागका नायब सुब्बा पन्ध्र हजार घुससहित पक्राउ
वैदेशिक रोजगार विभाग, ताहाचल, मा कार्यरत नायब सुब्बा प्रमोद निरौला पन्ध्र हजार घुससहित पक्राउ परेका छन्।




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेको हो।

आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको  पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ गरेको छ।

निरौलामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस