गुण एयरलाइन्सको पुनःउडान सुरु
०१ असोज २०७८
•
१ मिनेट पाठ
गुण एयरलाइन्सको पुनःउडान सुरु
निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ। आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ। 




सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाइएको छ। आन्तरिकतर्फ नियमिति उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए।

नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सले पुनः उडान सुरु गरेको हो। गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो। सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो। सिम्रिकसँग दुई अमेरिकी विचक्राफ्ट जहाज थिए। 

त्यसमा थप पाँच जहाज खरिद गरी सङ्ख्या सात पुर्‍याइएको हो। गुण एयरलाइन्सले हालै यती एयरसँग रहेका पाँच जहाज खरिद गरेको थियो। गुणसँग दुई विचक्राफ्ट १८ सिट क्षमताका छन्। जेटस्ट्रिम भने ३० सिट क्षमताका हुन्।
अर्को समाचार
पोखरालाई भरतपुर, भैरहवा र नेपालगञ्ज जोड्दै गुण एयरलाइन्स
०७ मंसिर २०७८
•
३ मिनेट पाठ
पोखरालाई भरतपुर, भैरहवा र नेपालगञ्ज जोड्दै गुण एयरलाइन्स
पोखरा विमानस्थलमा पार्किङमा रहेको गुण एयरलाइन्सको जहाज। तस्बिरः नागरिक
निजी क्षेत्रको वायुसेवा कम्पनि गुण एयरलाइन्सले पोखराबाट थप तीनवटा सहरसम्म एकैपटक सिधा हवाई उडान सुरु गर्ने भएको छ। पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जसम्म दैनिक उडान गर्ने तयारी गुणको छ। उडान थपिएसँगै ती क्षेत्रका यात्रुलाई आउजाउमा सहज हुने पर्यटन व्यवसायीको भनाई छ।  




पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान गर्ने तालिका गुणको छ। त्यस्तै विहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्ज रुटमा उडान सुरु गर्ने एयरलाइन्सले बताएको छ। गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार तीनवटै गन्तव्यमा पहिलो चरणमा दिनमा एउटा उडान गर्ने तयारी छ।  

‘दिनको एउटाका दरले अहिले उडान सुरु गर्छाै। यात्रु संख्या थपिएर माग बढेमा हामीले ठुलो जहाज वा उडान संख्या पनि थप्न सक्छौ,’ थापाले भने, ‘पछिल्लो समय राजधानीसँग मात्र नभई प्रादेशिक उडानमा पनि हवाई यात्रु बढेका छन्। त्यसले गर्दा पनि उडान सुरु गरिएको हो।’ तीनवटै रुटमा १८ सिट क्षमताको बिचक्राफ्ट जहाजबाट उडान सुरु गर्ने उनले बताए।  

गुणले आवश्यक परेमा ३० सिट क्षमताको जेटस्ट्रिम जहाज पनि यी रुटमा उडानमा प्रयोग गर्न सक्ने थापाले बताए। उनका अनुसार पछिल्लो समय हवाई यात्रु निकै नै थपिएका छन्। राजधानी आउजाउमा मात्र नभई प्रादेशिक सहर जोड्ने रुटमा पनि यात्रुको चाँप छ। प्रादेशिक गन्तव्यका कतिपय रुटमा त यात्रुले सिट  अभावमा टिकट नै नपाउने अवस्था समेत छ।

‘पछिल्लो समय हवाई यात्रु सबैतिरका रुटमा बढेका छन्। कोरोनाको यो संक्रमणको कारणले पनि हवाई यात्रुलाई सुरक्षित ठान्दा यात्रु बढेको अनुमान छ,’ उनले भने, ‘स्थलमार्गको झन्झटिलो र लामो समयको यात्राले संक्रमणको त्रास हुँदा यात्रुले हवाई यात्रा रोजेका छन्।’ छोटो समयमा गन्तव्यमा पुगिने भएकोले पनि हवाई यात्रा यात्रुको प्राथमिकतामा परेको उनले बताए।  
प्रादेशिक रुटमा अरु विमान कम्पनिले पनि उडान थालेसँगै गुणले पनि तीनवटा नयाँ रुटमा उडानको तयारी गरेको उनले बताए। केही समयपछि पोखराबाट बिराटनगरसम्मको उडानको तयारी समेत गरिरहेको उनले जानकारी दिए। गुण एयरलाइन्ससँग अहिले ३० सिट क्षमताका जेटस्ट्रिम जहाज पाँच र १८ सिट क्षमताका बिचक्राफ्ट दुई गरि सातवटा जहाज छन्।  

गुणका पोखरास्थित स्टेशन म्यानेजर विकास बरालका अनुसार पोखराबाट भरतपुरसम्मको भाडा ३७ सय ५० रुपैयाँ तोकिएको छ। त्यस्तै भैरहवासम्मको भाडा ४३ सय ५० र नेपालगञ्जसम्मको भाडा ७९ सय २५ रुपैयाँ छ। यात्रुको माग अनुसार भाडा केही सस्तो पर्न सक्ने पनि उनले बताए। पछिल्लो समय आन्तरिक पर्यटकको पोखरा आउजाउ बढेको र केही भारतीय पाहुना पनि आउन थालेकोले पोखराबाट हुने प्रादेशिक रुटमा उडानमा यात्रु पर्याप्त रहेको उनले बताए। पछिल्लो समय भैरहवा र नेपालगञ्जबाट भारतीय पाहुना नेपाल भित्रिन थालेकोले पनि यात्रुको माग अझै रहेको छ।

त्यसबाहेक अहिले राजमार्ग बिस्तारको क्रममा रहेकोले नारायणगण–बुटवल यात्रा निकै नै झन्झटिलो छ। त्यसले गर्दा पनि राजधानी र पोखराबाट पश्चिम क्षेत्रका सहरमा आउजाउ गर्ने यात्रुले हवाई यात्रा रोज्न थालेका छन्। ‘स्थलागर्माको यात्रा निकै नै झन्झटिलो छ। त्यही भएर पनि अहिले हवाई यात्रु बढेका छन्। गुणको सेवासँगै पर्यटनमा पनि टेवा पुग्नेछ,’ बरालले भने। अहिले गुणले पोखरा–काठमाडौं रुटमा दिनमा तीनवटा उडान गरिरहेको छ।  

अहिले पोखराबाट बुद्ध एयरले दैनिक रुपमा भरतपुरका लागि एउटा उडान गरिरहेको छ। त्यस्तै दिनकै तीनवटासम्म उडान भैरहवासम्म भएका छन्। नेपालगञ्जसम्म पनि दिनको एउटा उडान बुद्धको छ। बुद्धले सिमरा पनि उडान गरिरहेको छ। अर्काे कम्पनि तारा एयरले पनि अहिले पोखराबाट नेपालगञ्जसम्मको उडान गरिरहेको छ। पर्यटन व्यवसायी पनि प्रादेशिक रुटमा उडान गर्दा यात्रुलाई सहज हुने बताउँछन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल भन्छन, ‘पोखराबाट अहिले पश्चिम क्षेत्रका सहरसम्मको स्थलमार्गको आउजाउ निकै नै सकसपूर्ण छ। यो बेला उडान गर्दा यात्रुलाई पनि सहज हुन्छ। त्यसको लाभ पर्यटन क्षेत्रमा पनि पर्छ।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस