भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीको नाफा ७६ प्रतिशतले वृद्धि
२६ भदौ २०७८
•
१ मिनेट पाठ
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीको नाफा ७६ प्रतिशतले वृद्धि
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको वार्षिक समीक्षा भएको छ। समीक्षामा संघले २ करोड ५३ लाख रुपैयाँ नाफा गरेको प्रतिवेदन पेश भएको छ। संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संघले तरलताको वित्तीय तथा ऋण लगानीमार्फत् गत वर्षको तुलनामा नाफामा ७६ प्रतिशतले वृद्धि गरी २ करोड ५३ लाख रुपैयाँ नाफा गरेको जानकारी दिए।




सहकारी ऐनमा आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दा राखिने धित्तोमा कुनै शुल्क नलाग्ने भनिएता पनि हाल मालपोतमा ३० लाखसम्मको दृष्टिबन्धक रोक्का दस्तुर रु पाँचसयदेखि रु. आठ हजारसम्म वृद्धि गरेकोमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र वागमती प्रदेश बचत तथा ऋण सहकारी संघलाई ध्यानाकर्षण गराएको बताए।

उनले विषम परिस्थितिमा सहकारीलाई सरकारले उपेक्षा गरेको भन्दै सहकारीलाई सम्बोधन गर्न महासंघलाई ध्यानाकर्षण गराएकोसमेत बताए। भक्तपुर जिल्लामा मात्र राष्ट्रिय सहकारी बैंकको तीनवटा शाखा र नेफ्स्कूनको दुईवटा फिल्ड कार्यालय खोली अस्वस्थ प्रतिस्पर्धा गरेको र प्रदेश सरकारले आफैले बनाएको नियम उलङघ्न गरी संस्थाहरु दर्ता र सहकारी विकास बोर्ड गठन गरेको उनको भनाइ छ।

संघका उपाध्यक्ष हरि बल्लले सहकारीको अभियानलाई अगाडी बढाउन एकजुट हुनुपर्ने बताए भने कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७७।७८ को वार्षिक आर्थिक समीक्षा प्रस्तुत गरे। उनले श्रोततर्फ गत वर्षको तुलनामा ६३ प्रतिशतले वृद्धि भई वासलात १ अर्व ६७ करोड ६२ लाख रुपैयाँ भएको र अनुमानमा १०८ प्रतिशतले प्रगति भएको विवरण प्रस्तुत गरे।

उनले महामारीका कारण बचत धेरै संकलन हुनुको साथै ऋण असुली वृद्धि भएकोले ऋण लगानीमा चुनौती थपिएको बताए। सघंका व्यवस्थापक बालकृष्ण धोँजुले संघको कार्यक्रम प्रगति, संघद्वारा आयोजित कार्यक्रमहरु, निषेध आज्ञामा आयोजित कार्यक्रमहरु, बैठक संख्या विवरण आदिको समीक्षात्मक प्रस्तुतीकरण गरेका थिए।
अर्को समाचार
भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण सुरु
२२ मंसिर २०७८
•
२ मिनेट पाठ
भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण सुरु
आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ। आजदेखि  पहिलो पटक सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरेका थिए।  




उनले राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको बताए। उनले मेसिन रिडेबल पासपोर्ट एमआरपी को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्ने गरी सेवा सुरु भएको जानकारी दिए। 

सेवाग्राहीले ई–पासपोर्टका लागि https://emrtds.nepalpassport.gov.np/ मा आवेदन दिनसक्ने छन्। सेवाग्राहीले ३४ पृष्ठको राहदानीका लागि मात्रै आवेदन दिन पाउने छन्। यसका लागि  पाँच हजार रुपैयाँ शुल्क लाग्ने र ढिलोमा १५ दिनभित्र राहदानी पाउन सकिने व्यवस्था गरिएको छ।  

विभागले ६६ पृष्ठको राहदानी १० हजार शुल्क तिरेर लिन सकिने व्यवस्था गरे पनि भक्तपुरका हकमा भने तत्काललाई ३४ पृष्ठको मात्रै सङ्कलन गरिने भएको छ। एकदमै छिटो राहदानी आवश्यक पर्नेका हकमा भने रु १२ हजार शुल्क तिरेर दुई दिनभित्र पाउने गरी अनलाइन फाराम भर्नसक्ने व्यवस्था गरिएको छ।  

भक्तपुरको हकमा दैनिक २० जनाको मात्रै राहदानी बनाउने गरी कोटा निर्धारण भएकाले हाललाई यहाँका स्थायी बासिन्दाले मात्रै राहदानीका लागि आवेदन दिन पाउने प्रजिअ शर्माले जानकारी दिएका छन्। जिल्ला बाहिरका बासिन्दाका हकमा सरकारी कर्मचारी र अन्यका हकमा बसाइँसराइको कागज अनिवार्य पेश गर्नुपर्नेछ। विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यकपर्ने जानकारी दिँदै प्रजिअ शर्माले यो राहदानी सुरक्षित र व्यक्तिको सम्पूर्ण विवरण हुनेगरी तयार पारिएको बताए।

एमआरपी राहदानीको समय सीमा भएकाले भने विद्युतीय राहदानी बनाउन आवश्यक नभएको उनले जानकारी दिए। यही मङ्सिर १ गतेदेखि ई–पासपोर्ट लागू भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो। यसका लागि विभागले मङ्सिर १५ गतेदेखि एमआरपीका लागि टोकन वितरणसमेत बन्द गरिसकेको छ भने मङ्सिर २८ गतेदेखि पूर्णरूपमा एमआरपी वितरण बन्द गर्नेभएको छ। एमआरपी राहदानीलाई प्रतिस्थापन गर्दै सरकारले ई–पासपोर्ट (विद्युतीय राहदानी) प्रचलनमा ल्याएको हो। यसलाई देशभरि विस्तार गर्ने योजनामा विभाग रहेको छ। रासस
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस