सीपमुलक सिकाइमा ‘दोहोरोपन’
२० भदौ २०७८
•
३ मिनेट पाठ
सीपमुलक सिकाइमा ‘दोहोरोपन’
पोखरामा आइतबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी), गण्डकी प्रदेश कार्यालयले गरेको छलफल । तस्बिरः नागरिक
आधारभूत, मध्यमस्तरीय र उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नेगरि विभिन्न निकायले काम गरिरहेका छन् । तर, सबै निकायको कामको प्रकृति एकैखालको हुँदा उत्तिसारो प्रभावकारी हुन नसकेको गुनासो सरोकारवालाको छ । एकैप्रकृतिको सीपमुलक तालिम दिने निकाय धेरै हुँदा दोहोरोपन बढेको उनीहरुको भनाई छ । एकैप्रकृतिका काम गर्ने निकायबीच समन्वय अभावमा अहिले आफु अनुकुलको काम भएको पनि उनीहरुले बताए ।  




सीपमुलक तालिम दिने सबै संस्थालाई एकैठाउँमा राखेर काम गर्नुपर्ने पनि उनीहरुले बताए । पोखरामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी), गण्डकी  प्रदेश कार्यालयले प्रदेश भित्र सञ्चालन हुने प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमलाई एकरुपता ढंगले सञ्चालन गर्ने उद्देश्यले सरोकारवालासँग गरेको छलफलमा सरोकारलालाले एकै प्रकृतिको काम गर्ने निकाय धेरै हुँदा ‘दोहोरोपन’ बढेको बताए ।  

सिटिइभिटी गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले सीपमुलक तालिम प्रदायक सबै निकायलाई एकै बास्केटमा राखेर काम गर्नुपर्ने बताए । ‘सीपमुलक दक्ष जनशक्ति उत्पादन गर्ने निकाय धेरै छन । तर, उनीहरुको काम एकै प्रकृतिको छ । त्यसले दोहोरोपन बढायो,’ आचार्यले भने, ‘फरक फरक काम गर्ने हो भने दोहोरोपन हुँदैन ।’ उनका अनुसार प्रदेशमा मात्र यस्तो समस्या नरही केन्द्रीय स्तरमा पनि कार्यक्रम दोहोरिएका छन् ।  

प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम (टिइभिटी) कार्यक्रममा वर्षमा १७ अर्ब रुपैयाँ भन्दा बढी खर्च भएपनि त्यसले काममा डुप्लिकेसन बढाएको उनले बताए । ‘एकैखालको काम फरक फरक संस्थाले गरेका छन । त्यसले गर्दा एउटै मान्छेले आवश्यक भन्दा बढी अवसर पनि पाएको छ,’ उनले भने, ‘कतिपयले  कहिल्यै अवसरै पाएनन । केहीले दोहो¥याएर सहभागिता जनाए । दोहो¥याएर सहभागिता जनाउँदा अरुलाई मार पारेको छ ।’
सिटिइभिटीसँगै सीपमुलक जनशक्ति उत्पादन गर्ने विभिन्न संस्था छन् । गण्डकी प्रदेशमा गण्डकी प्राविधिक प्रतिष्ठान, सीप विकास तालिम केन्द्र, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानसँगै प्रदेश सरकारका मन्त्रालय र स्थानीय तहले यो क्षेत्रमा काम गरिरहेको आचार्यले जानकारी दिए । ‘जो सुकै व्यक्तिले सीप सिकेपनि त्यसपछि रोजगारीमा जोड्ने हो । तर, यहाँ सिकाईमा दोहोरोपना हुँदा समस्या भयो,’ उनले भने । उनका अनुसार अब सबै निकायको पाठ्यक्रम एकैखालको हुनपर्छ । अहिले तालिम प्रदायकले आ आफ्नै पाठ्यक्रम बनाएका छन । पाठ्यक्रम, प्रशिक्षकको तह, मुल्यांकन विधि र वैधानिकताको आधार एकैखालको हुनपर्छ । तर, अहिले फरक निकायले फरक तरिकाले काम गरेका छन् । त्यसले कतिपय क्षेत्रमा अन्योलता पनि थपेको आचार्यले बताए ।  

‘सबै निकायको काम सीपमुलक जनशक्ति उत्पादन गर्ने हो । अहिले आ–आफ्नै ढंगले काम गर्दा दक्षतामा पनि असर पारेको छ,’ उनले भने, ‘अब त्यसो हुनु हुँदैन ।’ उनका अनुभवमा कतिपय निकायले एकै प्रकारको तालिमको अवधि एकमहिना राखेका छन, त्यही प्रकृतिको तालिम अर्काे निकायले १५ दिनको राखेको छ । त्यसले गर्दा कसलाई आधिकारिकता मान्ने भन्ने समस्या भएको उनले सुनाए ।  

सिटिइभिटीले मात्र गण्डकीमा वर्षमा ३ हजार जनालाई सीपमुलक प्रशिक्षण दिन्छ । विभिन्न २ सय वटा क्षेत्रमा तालिम दिइएको छ । सिटिइभिटीले वर्षमा झन्डै ४० हजार जनशक्तिलाई सीपमुलक तालिम दिँदै आएको छ । सिटिइभिटीले अहिले प्राविधिक प्रशिक्षण प्रतिष्ठान, राष्ट्रिय सीप परीक्षण समिति, ६१ वटा आंगिक बहु–प्राविधिक शिक्षालय, ३८ वटा साझेदारी शिक्षालय, ५७२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र ४२९ वटा निजी संस्थासँग मिलेर काम गरिरहेको छ ।  

छलफल कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले एकै प्रकृतिको काम गर्ने निकायहरुले समन्वय गरेर बजारको आवश्यकता अनुसार जनतशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । ‘दोहोरोपनाबाट बाहिर निस्कनु आवश्यकता छ । जतिबेला बजारको आवश्यकता बुझेर हामीले जनशक्ति उत्पादन गर्छाै, त्यो बेला सबैलाई लाभ हुनेछ,’ उनले भने ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक देवेशचन्द्र देवकोटाले अवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्नका लागि एकै प्रकृतिको काम गर्ने निकायबीच सहकार्य आवश्यक रहेको बताए । तालुक अड्डासँग समन्वय पनि अभाव रहेको उनले बताए । 
अर्को समाचार
सिटिइभिटीका सबै परीक्षा र तालिम स्थगित
१४ वैशाख २०७८
•
१ मिनेट पाठ
सिटिइभिटीका सबै परीक्षा र तालिम स्थगित
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी) का सबै परीक्षा र तालिम स्थगित गरिएकाे छ।




विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ को सम्भावित जोखिम नियन्त्रणका लागि सिटिइभिटीले सबै परीक्षा र तालिम स्थगित गरेको जनाएको छ।

सिटिइभिटीका प्रशासकीय अधिकृत बद्रीप्रसाद दाहालले नयाँ भेरियन्टको कोभिड १९ नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा समेत संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा नेपाल सरकारबाट हाल सञ्चालन भइरहेका सम्पूर्ण परीक्षा कार्यक्रमहरु समेत स्थगित गरिएको बताउँदै सिटिइभिटी अन्तर्गत भइरहेका परीक्षामात्र नभएर तालिम समेत स्थगित गरिएको बताए।

उनका अनुसार सिटिइभिटीअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान रहेका छन्। तिनीहरुले हाल सैद्धान्तिक र प्रयोगात्मक परीक्षा र छोटो अवधिका तालिमहरु सञ्चालन गरिरहेका छन्। परिषद्ले ती कार्यक्रम र परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस