धादिङमा मध्य पहाडीको काम सुरु नै भएन
१७ भदौ २०७८
•
२ मिनेट पाठ
धादिङमा मध्य पहाडीको काम सुरु नै भएन
मध्यपहाडी लोकमार्ग ।
धादिङमा मध्यपहाडी लोकमार्गको काम सुरु नै हुन सकेको छैन। लोकमार्गको ५२ किलोमिटर सडक धादिङ जिल्लामा पर्छ। नुवाकोट, गोरखा र लमजुङमा धमाधम काम भईरहेपनि धादिङ क्षेत्रको सडकका लागि टेण्डर नै भएको छैन।  ‘बूढीगण्डकी जलविद्युत आयोजनाका कारण डुबान क्षेत्रमा पर्ने भएकाले अहिलेसम्म धादिङमा अन्यौल भएको हो,’ चारवटा जिल्ला हेर्ने गरी गोरखामा रहेको आयोजना कार्यालयका सुचना अधिकारी गोविन्द श्रेष्ठले भने, ‘अहिले भने काम अगाडी बढाउने तयारी छ।’




धादिङको भर्‍याङभुरुङदेखि गुम्बाडाँडासम्मको १३ किलोमिटरका लागि छिट्टै टेण्डर आह्वान हुने उनले बताए। नुवाकोटमा ६७ दशमलब १७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का भएर काम भईरहेको छ। पातिभञ्ज्याङदेखि भर्‍याङभुरुङ सम्म मध्यपहाडी पर्छ। भर्‍याङभुरुङ देखि आरुघाट सम्म धादिङ र आरुघाटबाट चेपे नदीसम्म गोरखा खण्ड पर्छ। चेपे देखि मादी रोडसम्म लमजुङमा पर्छ।

उक्त सडक खण्डका लागि तीनअर्ब ३४ करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। गोरखामा ६३ दशमलव ३७ किलोमिटर सडकका लागि दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको छ। लमजुङमा ५१ दशमलव ३४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गको खण्डमा पर्छ। त्यसका लागि ७४ करोड ६८ लाख रुपैयाँमा टेण्डर भएर काम चलिरहेको छ। धादिङको भने टेण्डर नै आह्वान नभएकाले कति बिनियोजन भएको छ भन्ने यकिन भएको छैन।

यी चारवटा जिल्लाको दुईसय ३३ दशमलव ८८ किलोमिटर सडकको काम मध्यपहाडी लोकमार्गको काम पालुङटारस्थित कार्यालयले निगरानी गर्छ। २०७१ देखि काम सुरु गरिएको भएपनि अहिलेसम्म गोरखामा १० किलोमिटर, लमजुङमा १० र नुवाकोटमा ८ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। अहिलेसम्म गोरखाको ४५, लमजुङको ३० र नुवाकोटको ३६ प्रतिशत कामको प्रगती भएको छ । नुवाकोटमा ८, गोरखामा ६ र लमजुङमा चारवटा प्याकेजमा काम भईरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।  सडक चौडा गर्ने, नाला निर्माण र कालोपत्रे गर्ने गरी सडक निर्माण हुन लागेको हो। २०७१–७२ देखि गोरखामा सुरु भएको आरुघाट–ओख्ले सडक खण्डको काम अझै सकिएको छैन। २०७२ मा सुरु भएको ओख्लेदेखि निबेल खण्डको काम पनि बाँकी छ।

‘भूकम्प, कोभिड जस्ता कारण देखाएर म्याद थपिएको छ, काम समयमै हुन सकेन’ आयोजना कार्यालयका सुचना अधिकारी श्रेष्ठले भने। पहिल्यै ठेक्का लागेर पनि काम हुन नसकेको यी बाहेकका अन्य ठेक्का छैनन्।  निबेलदेखि पालुङटारसम्मको दुईवटा प्याकेजका लागि आउँदो असार मसान्तसम्म समय बाँकी छ । नुवाकोट र लमजुङको प्याकेजको पनि समय अन्तिम चरणमा छ । कामको गती ती दुवै जिल्लामा पनि सुस्त रहेको सुचना अधिकारी श्रेष्ठले बताए।  

१२ वटा पक्कि पुल बने, चारवटा बन्दै  

नुवाकोट–धादिङ–गोरखा हुँदै लमजुङ सम्मको मध्यपहाडी लोकमार्ग खण्डमा १६ वटा साना ठुला पक्की पुल पर्छ। ती मध्ये १२ वटा नुवाकोट, तीनवटा गोरखा र एउटा लमजुङमा पर्छ। नुवाकोटमा १० वटा, गोरखाको एक र लमजुङको एउटा निर्माण पुरा भएको मध्यपहाडी लोकमार्ग कार्यालय पालुङटारका सुचना अधिकारी श्रेष्ठले बताए । नुवाकोट र गोरखामा दुई/दुईवटा पुल भने निर्माण पुरा हुन बाँकी रहेको छ। १५ देखि २५ मिटर लम्बाईका पुल निर्माण भएका छन्। 
अर्को समाचार
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
१८ माघ २०८०
•
१ मिनेट पाठ
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो।  




बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए। बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेको उनको भनाइ छ। हिउँ नपन्छ्याएसम्म यात्रा गर्न नसकिने घर्ती मगरले बताए।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा आज सडक खुलाउन नसकिने बताए। शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ। उनका अनुसार सडकमा अलपत्र परेका यात्रुलाई होटलमा व्यवस्थापन गरिने छ।

उनले भने, 'हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै कठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडी चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, हामीहरुले हिमपात रोकियो भने खुलाउने प्रयास गर्ने छौँ।'

यता ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ। बिहानैदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ। वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन्। ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिए। रासस
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस