कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्र सुस्ताएको लामो समय भइसक्यो । कोरोनाको पहिलो लहर कमजोर भएपछि केही सहज बनेको पर्यटन क्षेत्र दोश्रो लहरसँगै पुनः सुस्ताएको थियो । दोश्रो लहर पनि केही कमजोर भएपछि यो बेला आन्तरिक पाहुना फाट्टफुट्ट घुम्न निस्कन थालेका छन् ।
पोखरामा आन्तरिक पाहुनाको केही चलहपहल देखिन थालेको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार पाहुना त देखिएका छन, तर, उनीहरु पोखरा क्षेत्रमा घुमघाममा भने निस्कन पाएका छैनन् । आएका पाहुना पनि होटलभित्रै सिमित हुनुपरेको छ । पोखरा आसपासका पर्यटकीय गन्तव्य अहिलेसम्म खुलेका छैनन । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्ता साहसिक गतिविधिका प्रडक्ट पनि बन्द छन । पहिचान कमाएका मठमन्दिर पनि खुलेका छैनन । घुम्ने गन्तव्य नखुल्दा आएका पाहुना पनि घुम्न नपाई फर्किने गरेको व्यवसायीको भनाई छ ।
व्यवसायीका अनुसार पोखरामा यो बेला आन्तरिक पाहुना आएको एउटा बलियो प्रमाण हो–आन्तरिक हवाई सेवामा यात्रुको भीडभाड । पोखरा–काठमाडौं रुटमा अहिले हवाई यात्रुको भीड छ । पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठसय छ । अहिले बुद्ध र यति एयरलाइन्सले ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारीमा पोखरा–काठमाडौं रुटमा उडान गरिरहेका छन् । त्यस्तै बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगञ्जसम्म उडान थप्दा यात्रु संख्या बढिरहेको विमानस्थलका सुचना अधिकारी देवराज सुवेदी बताउँछन् ।
लेकसाइडकै होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी पनि पछिल्लो समय आन्तरिक पाहुनाको चहलपहल बढ्न थालेको बताउँछन् । राजधानी काठमाडौंमा तीनदिन लगातार सार्वजनिक बिदा परेकोले पनि यो बेला पोखरामा आन्तरिक पाहुना आएका छन् । निजी गाडीमा परिवारै घुम्न आउने गरेको उनले बताए । ‘हामीसँग दिनमा २०÷२२ वटा कोठामा पाहुना छन् । बिदाले पनि केही आउजाउ बढाएको हो,’ केसीले भने, ‘कोरोनाका संक्रमण घट्ने हो भने आन्तरिक पाहुना घुम्न आउने संकेत पाइएको छ ।’
नका अनुुसार जसोतसो पोखरा आएका पाहुना घुम्न जान भने पाएका छैनन । होटलभित्रै बस्ने र खाने गरेका छन् । बेलुकी ८ बजेपछि लेकसाइडमा रेस्टुरेन्ट खोल्न स्थानीय प्रशासनले रोक लगाएकोले पनि पाहुनाले रमाइलो गर्न पाएका छैनन । ‘आसपासका क्षेत्र घुम्न पनि नपाउने र होटलभित्रै बस्नुपर्ने बाध्यताले पनि कतिपय पाहुनाको बसाई अवधि कम हुने गरेको छ,’ केसीले भने ।
लेकसाइडकै माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईका अनुसार केही होटलमा पाहुना आएका छन । सहरभित्रका मात्र नभई आसपासका डाँडाकाँडामा संचालित होटलमा अझ बढी पाहुना पुगेको उनले बताए । ‘हाम्रो होटलमा पनि केही पाहुना आएका छन् । तर, अहिले नै भनेजति त आएका होईनन,’ उनले भने । उनका अनुसार हवाई जहाजमा यात्रुको भीडभाडले पनि पोखरामा आन्तरिक पाहुना आएको पुष्टि हुन्छ । यात्रु अभावमा सस्तोमा हवाई यात्रा गर्न पाइने गरेकोमा पछिल्लो समय यात्रु बढेपछि हवाई टिकट समेत महंगो बनेको भट्टराईले बताए ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार चहलपहल केही बढेको छ । अलिअलि आन्तरिक पाहुना आउन थालेका छन । पछिल्लो समय स्थानीय प्रशासनले सवारीमा जोर विजोर प्रणालि लागु गरेको र निषेधाज्ञाको त्रासका कारण पनि पर्यटन क्षेत्र चाहेर पनि फराकिलो हुन नसकेको उनले बताए । ‘होटल खुलाउन पनि अन्योल नै छ । घुम्ने ठाउँ कतै खुलेका छैनन । पाहुना आएर मात्र होटलमा बस्ने हो, लेकसाइड डुल्ने हो,’ उनले भने, ‘आएका पाहुनालाई सुरक्षित तवरले घुम्ने माहोल बनाइदिने हो भने पर्यटनमा केही लाभ हुन्थ्यो ।’

‘योबेला आन्तरिक यात्रुको संख्या राम्रो छ । कोरोनाको यो अप्ठेरोमा पनि आएका आन्तरिक यात्रुको भीड देख्दा कोरोना नै बिर्साउँछ,’ सुवेदी भन्छन, ‘हवाई जहाजमा आएजति सबै आन्तरिक पाहुना नहुन पनि सक्छन । वर्षायामको स्थलयात्रा छल्न कतिपयले हवाई यात्रा रोज्दा हवाईजहाजमा केही भीड बढेको पनि हो । तर, आन्तरिक यात्रु नै नभएको भन्न पनि मिल्दैन ।’ ७२ सिट क्षमताका जहाजले क्षमता अनुुसार यात्रु बोक्नुले भीडभाडको संकेत गर्ने उनले बताए ।जहाजमा मात्र नभई पोखराभित्रका केही चल्तीका होटलमा पनि पाहुना छन् । पोखरा नजिकैको अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा आन्तरिक पाहुना नपुगेको दिन खालि हुँदैन । अन्नपूर्ण इको भिलेजका संचालक विश्वराज अधिकारीले पाहुनाविहीन हुनु नपरेको बताउँछन् । पोखराबाट करिब १५ किलोमिटर टाढाको यो रिसोर्टमा अहिले आन्तरिक पाहुना पुग्ने गरेका छन् । त्यस्तै पोखराका विभिन्न परियोजनामा कार्यरत विदेशी पाहुना पनि अन्नपूर्ण भिलेजमा बास बस्न पुग्ने गरेको अधिकारीले बताए । ‘धेरै नै पाहुना आएका होईनन, तर पाहुनाविहीन भएर कुनैपनि दिन बस्नु परेको छैन,’ उनले भने ।
लेकसाइडकै होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी पनि पछिल्लो समय आन्तरिक पाहुनाको चहलपहल बढ्न थालेको बताउँछन् । राजधानी काठमाडौंमा तीनदिन लगातार सार्वजनिक बिदा परेकोले पनि यो बेला पोखरामा आन्तरिक पाहुना आएका छन् । निजी गाडीमा परिवारै घुम्न आउने गरेको उनले बताए । ‘हामीसँग दिनमा २०÷२२ वटा कोठामा पाहुना छन् । बिदाले पनि केही आउजाउ बढाएको हो,’ केसीले भने, ‘कोरोनाका संक्रमण घट्ने हो भने आन्तरिक पाहुना घुम्न आउने संकेत पाइएको छ ।’
नका अनुुसार जसोतसो पोखरा आएका पाहुना घुम्न जान भने पाएका छैनन । होटलभित्रै बस्ने र खाने गरेका छन् । बेलुकी ८ बजेपछि लेकसाइडमा रेस्टुरेन्ट खोल्न स्थानीय प्रशासनले रोक लगाएकोले पनि पाहुनाले रमाइलो गर्न पाएका छैनन । ‘आसपासका क्षेत्र घुम्न पनि नपाउने र होटलभित्रै बस्नुपर्ने बाध्यताले पनि कतिपय पाहुनाको बसाई अवधि कम हुने गरेको छ,’ केसीले भने ।
लेकसाइडकै माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईका अनुसार केही होटलमा पाहुना आएका छन । सहरभित्रका मात्र नभई आसपासका डाँडाकाँडामा संचालित होटलमा अझ बढी पाहुना पुगेको उनले बताए । ‘हाम्रो होटलमा पनि केही पाहुना आएका छन् । तर, अहिले नै भनेजति त आएका होईनन,’ उनले भने । उनका अनुसार हवाई जहाजमा यात्रुको भीडभाडले पनि पोखरामा आन्तरिक पाहुना आएको पुष्टि हुन्छ । यात्रु अभावमा सस्तोमा हवाई यात्रा गर्न पाइने गरेकोमा पछिल्लो समय यात्रु बढेपछि हवाई टिकट समेत महंगो बनेको भट्टराईले बताए ।
‘पाहुना त आएका छन्, तर, घुमघामा भने जान पाएका छैनन । होटलभित्रै थुनिएर बस्नुपरेको छ,’ भट्टराइले भने, ‘पर्यटक घुमफिरमा जान पाएका छैनन । होटलमै बस्ने र भित्रकै रेस्टुरेन्टमा खाने बाहेकका गतिविधि हुन सकेनन ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय गन्तव्य खुलाउने र सहज बनाउने हो भने आन्तरिक पाहुना आउने उनको अनुमान छ । स्थानीय प्रशासनले होटल क्षमताको ५० प्रतिशत कोठामा मात्र पाहुना राख्न पाउने गरि स्वीकृति दिएको छ ।नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) पश्चिमाञ्चलका अध्यक्ष हरिराम अधिकारीका अनुसार पाहुना आएपनि घुमफिर गर्न नपाउँदा अन्योल थपिएको बताउँछन । ‘पाहुना आएका छन । तर, उनीहरु घुमफिरमा जान नपाउँदा होटलभित्रै थुनिएर बस्न बाध्य छन,’ अधिकारीले भने, ‘पाहुना घुम्ने गन्तव्य बन्द हुँदा अन्योल भएको छ । कम्तिमा पोखरा भित्रका पर्यटकीय गन्तव्य खुल्ने हो भने केही सहज हुन्थ्यो । खोप लगाएर पाहुना घुम्न आएका छन, तर, घुमफिर गर्न पाएका छैनन ।’