कपिलवस्तुका २ भन्सारबाट उठ्यो सवा ६ अर्ब बढी राजस्व
०५ साउन २०८२
•
२ मिनेट पाठ
कपिलवस्तुका २ भन्सारबाट उठ्यो सवा ६ अर्ब बढी राजस्व
कपिलवस्तुका २ भन्सारबाट एक वर्षमा सवा ६ अर्ब बढी राजस्व संकलन भएका छन् ।




गत आर्थिक बर्ष २०८१/०८२ मा कृष्णनगर र सुठौली भन्सारमा गरी ६ अर्ब २६  करोड ८५ लाख ८३ हजार राजस्व संकलन भएको हो ।

कृष्णनगर देशकै प्रमुख १०भन्सार मध्ये एक हो भने सुैठौली ७ बर्ष अघि ठुलो भन्सार कार्यालयका रुपमा स्थापना गरिएको थियो । गत आर्थिक वर्ष दुबै भन्सारमा गरी ६ अर्ब १३ करोड ३४ लाखको लक्ष्य दिइएको थियो । गत आर्थिक वर्ष कृष्णनगर भन्सारमा ५ अर्ब २३ करोड २० लाख २५ हजार राजस्व संकलन भएको कृष्णननगर भन्सारका सूचना अधिकृत लेखनाथ भट्टराईले बताए ।

गत आर्थिक वर्ष कृष्णनगर भन्सारलाई ५ अर्ब ३२ करोड ५६ लाख ९० हजारको लक्ष्य दिइएको थियो । जुन वार्षिक लक्ष्यको ९८ दशमलव २५ प्रतिशत हो । आर्थिक बर्ष २०८०/८१ मा असुल गरिएको भन्सार भन्दा १३ दशमलव ५ प्रतिशतले बढी रहेको भट्टराईले बताए ।  यस्तै गत आर्थिक बर्ष सुठौली भन्सारमा १ अर्ब ३ करोड ६५ लाख ५८ हजार राजस्व संकलन भएको भन्सार प्रमुख नारायण गैरले बताए । गत बर्ष भन्सार भन्सारलाई ८० करोड ७ लाख ७१ हजार लक्ष्य दिइएको थियो ।

सुठौली भन्सारमा लक्ष्यमा भन्दा १ सय २९ दशमलव ४५ प्रतिशत राजस्व संकलन भएको प्रमुख गैरले बताए । आर्थिक वर्ष २०८०/८१ मा भन्सारले तोकिएको भन्सार राजश्व लक्ष्यको ३२ प्रतिशत राजश्व मात्रै असुली गर्न सकेको थियो । गत आर्थिक बर्ष कृष्णगनर भन्सारले राजस्व संकलनमा लक्ष्य कै हाराहारीमा राजस्व संकलन गर्न सफल भएको गैरले बताए । कृष्णनगर नाकाबाट मुख्यरुपमा सिमेन्ट उद्योगका लागि कोईला, खरानी, जिप्सन,लेटराईट आइरन ओर, वियर उद्योगलाई आवश्यक पर्ने माल्ट बोतल तथा क्यानहरू स्टिल उद्योगको कच्चा पदार्थ स्पन्ज आइरन, पिग आइरन चामल फलफूल तथा तरकारी लगायत बस्तुहरू आयत हुने गर्छन् ।

यस्तै सिमेन्ट, प्लाईवुड, क्लिङकर, जडीबुटी तथा हस्तकला सामाग्रीहरू भारत निर्यात हुने गर्छन् । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबैधरुपम भित्राइएका मालबस्तु पक्राउ गरी भन्सारमा बुझाइएका बस्तुहरूको लिलाम गरी १ करोड १२ लाख राजस्व समेत संकलन गरिएको भट्टराईले बताए । सुठौली भन्सार प्रमुख नारायण प्रसाद गैरले क्वारेन्टाईनको स्थापना, फलफूल तरकारी सहित खाद्यान्न र औद्योगिक कच्चा पदार्थको सामाग्री आयातले राजश्व असुलीको लक्ष्य पार भएको बताए । चालु आर्थिक बर्ष देखि धर्मकाटा सञ्चालन गरिएको गैरले बताए । अन्तराष्ट्रियस्तरमा लोकेट गर्ने युएनएलओ कोड नभएकाले निर्यातजन्यवस्तु निर्यातमा समस्या भएको उनले बताए ।

सुठौली भन्सार सिमेन्टमा प्रयोग हुने खरानी, जिप्सम, कोईला, बिटमिन (अलकत्रा), धान तथा चामल, फलफूल र तरकारी सहितका खाद्यान्न र उपभोग्यवस्तुको आयात हुने गरेको सुठौली भन्सारका सूचना अधिकारी नायब सुब्बा भिम बहादुर लामाले बताए । भन्सारमा लक्ष्य भन्दा बढी राजस्व संकलन हुनुमा सुरक्षाकर्मीको निग्रानी र कडाइले गर्दा  पनि रहेको प्रजिअ दिल कुमार तामाङले बताए । उनले भन्सार राजस्व राम्रो उठ्नु पनि चोरी तस्करी नियन्त्रणमा कपिलवस्तुमा राम्रो प्रयास गरिएको भन्ने आफूलाई लागेको बताए । 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस