मेलम्चीको ५१ अर्ब लगानी जोखिममा
१९ साउन २०७८
•
३ मिनेट पाठ
मेलम्चीको ५१ अर्ब लगानी जोखिममा
मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो भेग बाढीपहिरोका कारण चिराचिरा परेको छ।




मेलम्ची जलाधार क्षेत्रको कमजोर संरचना भत्किने क्रम जारी छ। जलाधार क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन। यद्यपि जलाधार क्षेत्र नै भत्किन पुग्दा मेलम्चीको पानीको मुहान नै सुक्ने हो कि भन्ने आशंकासमेत उब्जिएको छ। सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनाको पहिलो र दोस्रो खण्डमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा खर्च भएको हो। यसबाहेक मेलम्चीको पानी सुन्दरीजलमा आएपछि उपत्यकाबासीको घरदैलोमा पुर्‍याउने संरचनामा निर्माणमा २१ अर्ब खर्च भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले बताए।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त मेलम्ची नदीमा बारम्बार अकल्पनीय बाढीपहिरो आउने क्रम नरोकिएकाले आयोजनाको लगानी जोखिमा पर्ने हो कि भन्ने आंशका उब्जिएको बताउँछन्। ‘मेलम्ची खानेपानी आयोजनामा राज्यको ठूलो धनराशि र समय खर्च भएको छ,’ उनले भने, ‘मेलम्ची आयोजनामा बाढीपहिरोले पारेको प्रभावबारे विस्तुत अध्ययन नगरेसम्म क्षतिबारे अनुमान गर्न पनि कठिन छ।’ समितिको प्रवक्तासमेत रहेका पन्त आयोजनाको मुख्य हेडवक्र्ससहितको पूर्वाधारमा अहिलेसम्म ठूलो क्षति नभएको बताउँछन् । ‘अहिले प्रारम्भिक रूपमा मेलम्ची आयोजनाको जलाधार क्षेत्र र पहुँचमार्गमा ठूलो क्षति भएको देखिन्छ,’ उनले भने, ‘जलाधार क्षेत्रमा भएको क्षतिको विस्तृत अध्ययन अनुसन्धान नगर्दासम्म भन्न सकिने अवस्था छैन। तर पनि बाढीपहिरोले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरेरै भए पनि मेलम्चीको पानी ल्याउनेछौं।’

निर्देशक श्रेष्ठले पनि ढिलोचाँडो मेलम्चीको पानी काठमाडौं आउने बताए। ‘जलाधार क्षेत्रमा भएको क्षतिले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने कार्य प्रत्यक्ष प्रभावित भएको छ,’ उनले भने, ‘मेलम्चीको पानी आउन केही समय लाग्ला तर निर्माण गरिएको पूर्वाधार कामै नलाग्ने भन्ने हुँदैन। राष्ट्रिय गौरवको आयोजना भएकाले पनि सरकारले प्राथमिकताका साथ निर्माण कार्य अघि बढाउनेछ।’

दातृ निकायलाई अध्ययन गर्न बोलाउने तयारी

समितिले मेलम्ची आयोजनाको जलाधार क्षेत्रमा आएको बाढीपहिरोको अध्ययन गर्न दातृ निकायसँग अनुरोध गर्ने भएको छ। प्रवक्ता पन्तले दातृ निकायलाई पठाउने पत्रको मस्यौदा बनाउने तयारी भइरहेको बताए। ‘मेलम्ची नदीमा निरन्तर भीषण बाढीपहिरो आएसँगै दातृ निकायले चासो देखाएका छन्। समितिले आधिकारिक निकायमार्फत विश्व बैंक, एसियाली विकास बैंक, इसिमोडलगायतका निकायलाई अनुसन्धानमा सहयोग गर्न पत्र पठाउने तयारी गरेको छ,’ उनले भने।

यसैबीच प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्चीको भौगर्भिक अवस्था अध्ययनका लागि विज्ञसहितको संयन्त्र तयार गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।  

‘मेलम्ची आयोजनामा आगामी दिनमा यस प्रकारको क्षति हुन नदिन स्थायी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतर्फ सम्बद्ध सबै निकायको ध्यान जानु जरुरी देखिएको छ,’ समितिकी सभापति कल्याणीकुमारी खड्काले भनिन्, ‘अहिले पनि सुक्खा पहाडसहितको गेगर झरिरहेको सो क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी विस्थापित नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनस्र्थापनाका साथै जोखिममा रहेका बासिन्दाको सुरक्षित व्यवस्थापन/स्थानान्तरणको व्यवस्था मिलाउन मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गरेका छौं।’

समितिले आयोजनामा भएको क्षतिको निक्योैल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विज्ञ टोलीले अनुगमन गर्नुपर्ने ठहर गरेको छ। दीर्घकालीन रूपमा समस्या समाधानका लागि पहल गर्न मन्त्रिपरिषद, अर्थ, भौतिक पूर्वाधार, खानेपानी, सहरी र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई समितिले निर्देशन दिएको छ। समितिले मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयको कार्य सञ्चालन प्रभावकारी बनाउन स्पष्ट नीतिगत व्यवस्था गरी आवश्यक बजेट सुनिश्चित गर्न अर्थ र खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ।
अर्को समाचार
मेलम्चीमा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष (सूचीसहित)
०६ फागुन २०८०
•
१ मिनेट पाठ
मेलम्चीमा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष (सूचीसहित)
मेलम्ची खानेपानी आयोजनामा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ।




आयोगले आयोजनामा  ७ अर्ब ७२ करोड भ्रष्टाचार भएको भन्दै आइतबार तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले आयोजनामा निर्माण व्यवसायीसँग काम नै नगरी भुक्तानी दिएको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्रीको भाडाबापतको रकम कट्टा नगरी भ्क्तान गरेकोलगायतका गुनासोउपर उजुरीमाथि छानबिन गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस