कोभिड कहरकाबीच उदयपुरमा आर्थिकवर्ष ०७७/७८ मा सन्तोषजनक राजस्व संकलन भएको छ। ०७७ साउनदेखि ७८ असार मसान्तसम्म ६३ करोड ८१ लाख ४३ हजार ९ सय २ रुपैंया संकलन भएको गाईघाटस्थित करदाता सेवा कार्यालय उदयपुरले जनाएको छ ।
सबभन्दा बढी राजस्व आर्थिक वर्षको अन्तिम महिना असारमा संकलन भएको छ। असारमा १२ करोड ६६ लाख ५२ हजार ९ सय ६० रुपैंया संकलन भएको कार्यालय प्रमुख कर अधिकृत सरोज सिंहले बताए। उनका अनुसार सबभन्दा कम राजस्व गत भदौमा १ करोड ५० लाख ३१ हजार ७ सय ९४ संकलन भएको छ।
कोभिड संक्रमण सुरु हुन लाग्दा गएको चैतमा करको दोस्रो ठूलो हिस्सा संकलन भएको छ। चैतमा ७ करोड ५४ लाख ६२ हजार २ सय २८ रुपैंया जम्मा भएको छ भने त्यसपछिको अर्को ठूलो हिस्सा फागुनमा ७ करोड ३७ लाख २७ हजार २ य ४४ रुपैंया संकलन भएको छ। अन्य महिनामा २ करोड ५९ लाखदेखि सवा ७ करोडसम्म संकलन भएको अभिलेख कार्यालयसँग छ।
साउनमा ७ करोड ३५ लाख ७४ हजार २ सय ७५ रुपैंया उठेको छ भने पौषमा ६ करोड ८ लाख १४ हजार ७ सय ८६, माघमा ४ करोड ६१ लाख ९० हजार ८ सय ११ उठाएको कार्यालयले असोजमा ३ करोड ४२ लाख ७२ हजार ४ सय ३५ उठाएको छ। त्यस्तै वैशाखमा ३ करोड ९१ लाख ९५ हजार १ सय १७, जेठमा ३ करोड ८१ लाख ६७ हजार ३ सय १७, मंसिरमा २ करोड ९० लाख ८१ हजार १ सय ९३, कात्तिकमा २ करोड ५९ लाख ७३ हजार ८ सय ३६ उठाएको कर कार्यालयले संकलन गरेको छ।
सेवा कार्यालयले ०७७/७८ मा सब भन्दा बढी राजश्व मूल्य अभिबृद्धि कर (भ्याट) वापत संकलन गरेको छ । भ्याटवापत ३१ करोड ३० हजार ५ सय २ रुपैंया संकलन भएको अधिकृत सिंहले बताए। त्यस्तै कार्यालयले दोस्रो ठूलो हिस्सा राजश्व आयकरवापत उठाएको जनाएको छ । आयकरवापत कार्यालयले २९ करोड ३४ लाख ४८ हजार ५ सय ९१ उठाएको छ।विविधतर्फ १० हजार ४ सय ३८ उठाएको सिंहले बताए।
अघिल्लो आर्थिक वर्षभन्दा ०७७/७८ मा ८१ लाख ६८ हजार ८ सय ३५ ले बढी राजश्व संकलन भएको छ। प्रतिशतका आधारमा भन्ने हो भने ०७७/७८ मा अघिल्लो वर्षभन्दा १.३० प्रतिशतले मात्र बृद्धि भएको सिंहले बताए। आर्थिकवर्ष ०७६/७७ मा ६२ करोड ९९ लाख ७४ हजार ५ सय २९ संकलन भएको थियो । जसमा आयकर २३ करोड, ४९ लाख २९ हजार ३ सय ७९, भ्याट ३५ कमरोड ६१ लाख २२ हजार ४ सय ३३, अन्तशूल्क २ करोड २० लाख ४१ हजार ८ सय २०, घरबहाल कर १ करोड ६ लाख ७५ हजार ४ सय ८३, व्याज कर ५७ लाख ६८ हजार ३०, शिक्षा सेवा शूल्क ४ लाख २५ हजार २ सय ६६, स्वास्थ्य सेवा कर १२ हजार १ सय १४ संकलन भएको थियो। दुईवर्षयता कोभिड कहरका कारण साेचेजस्तो राजस्व संक्लन गर्न नसकिएको कार्यालयले जनाएको छ।